नेभिगेशन
वाल आवाज

कार्यक्रम वाल आवाजको सत्रौं अंक (17th Episode of Ball Awaj 2083-05-02)

आजका वालवालिका भोलिका प्रधानमन्त्री, साँसद वा सिंगो रष्ट्रका भविष्य हुन् । यही कुरालाई मात्रै आत्म साथ गर्ने हो भने पनि आजै देखि हामी वालवालिकाको शिक्षा, वृद्धि र विकासमा घर, समाज, स्थानीय तह, प्रदेश, संघ तथा नागरिक क्षेत्रबाट मनग्य लगानी सहितको उपयुक्त वातावरण तयार पार्नुपर्छ ।

यसै तत्थ्यलाई आधार मानेर हामीले रडियो कार्यक्रम वाल आवाज प्रसारण भैरहेको रेडियो कार्यक्रम वाल आवाजको सत्रौ अंकमा गएको साता हुम्ला जिल्लाभर सञ्चालन भएका वाल अधिकार र वाल सहभागितासँग सम्बन्धित गतिविधि, हरेक व्यक्ति, निकाय र क्षेत्रले उच्चारहण गर्दै आएको वाल अधिकार भनेको के हो ? यसको कार्यान्वयनका लागि जिल्लामा विभिन्न सरोकारवाला लामो समयदेखि कार्यरत छन् तर पनि यसमा अपेक्षित उपलब्धी किन हाँसिल हुन सकिरहेको छैन ? यो विषयमा बहुसरोकारवालाको एकिकृत कार्य योजना किन बन्न नसकेको होला ? र स्थानिय तहद्धारा सञ्चालित शिक्षा शाखाको भुमिका के रहन्छ ? भन्ने विषयमा विगत लामो समयदेखि सिमकोट शिक्षा शाखामा कार्यरत शिक्षा अधिकृत कृष्ण प्रसाद आचार्यसँग गरिएको वाल संवाद र वालवालिकाहरुका प्रतिभालाई समेट्न शुरु गरिएको वाल स्तम्भ अन्तरगत किसान शिर्षकको वाल कवितालगायतका सामाग्री प्रस्तुत गरेका छौं । 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
भर्खरै