नेभिगेशन
वाल आवाज

साप्ताहिक रेडियो कार्यक्रम वाल आवाजको साह्रो अंक (16th Episode of Ball Awaj 2083-04-26)

आजका हामी वालवालिका भोलिका प्रधानमन्त्री, साँसद वा सिंगो राष्ट्रका भविष्य हुन् । यही कुरालाई मात्रै आत्म साथ गर्दै नेपालको संविधान २०७२ ले माध्यमिक तहको शिक्षाको सञ्चालन, व्यवस्थापन र नियमनको जिम्मा चुल्होको सरकाका रुपमा रहेका स्थानीय तहलाई दिइएको छ ।

स्थानीय तह मातहत सामुदायिक, संस्थागत र धार्मिक एवम् गुठीका रुपमा पनि विद्यालयहरु सञ्चालनमा रहेका हुन्छन् । तिनिहरुको प्रभावकारी सञ्चालन थता गुणस्तरि शिक्षाका विषयमा चर्चा गर्ने माध्यमका रुपमा हामीले यो कार्यक्रमलाई अघि सारेका छौं ।

कार्यक्रम वाल अवाजको १६ औं अंकमा हामीले जिल्लामा सञ्चालित एक मात्र धार्मिक विद्यालयको रुपमा रहेको नाम्खाको पालिका केन्द्र याल्वाङमा स्थित नाम्खा ख्याङजुङ गुम्बाद्धारा सन २००७ देखि सञ्चालित नाम्खा ख्याङजुङ महामाया आधारभूत विद्यालयका बारेमा जानकारी दिने अंकका रुपमा जानकारी दिन उक्त विद्यालयका प्रधानाध्यापक पेमा लामासँग गरिएको विद्यालय संवाद, गुणस्तरि शिक्षा तथा वाल वालिकासँग सम्बन्धमा रहेर गएको साता सञ्चालन रहेका विविध गतिविधिहरु समावेश भएको वाल गतिविधि र वालवालिकाहरुका प्रतिभालाई समेट्न शुरु गरिएको वाल स्तम्भ अन्तरगत नाम्खा पालिकाको वडा नम्बर ४ मा रहेको महावौद्ध माध्यमिक विद्यालयको कक्षा ९ मा अध्ययनरत छात्रा पेमा जाङमु लामाले गाउननु भएको गीत लगायतका सामाग्री समेटेका छौं ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप वाल आवाज
महाबौद्ध माध्यमिक विद्यालयको आधारभुत तहमा कक्षा बुक कर्नर सञ्चालन

महाबौद्ध माध्यमिक विद्यालयको आधारभुत तहमा कक्षा बुक कर्नर सञ्चालन

हुम्लाको नाम्खास्थित महाबौद्ध माध्यमिक विद्यालयमा विद्यार्थीको पढ्ने बानीको विकाससँगै अतिरिक्त ज्ञान अभिवृद्धि गर्ने उद्देश्यले कक्षा बुक कर्नर सञ्चालनमा ल्याइएको छ ।
भर्खरै