नेभिगेशन
समाज

सिमकोट गाउँपालिकाको पालिकास्तरीय प्रगति समीक्षा गोष्ठी सम्पन्न, स्याडा स्वास्थ्य चौकी प्रथम

सिमकोट ।  हुम्लाको सिमकोट गाउँपालिकाको पालिकास्तरीय वार्षिक प्रगति समीक्षा गोष्ठी सम्पन्न भएको छ । गाउँपालिकाको स्वास्थ्य शाखाको आयोजनामा सञ्चालन भएको दुईदिने समीक्षा गोष्ठी बुधबार सम्पन्न भएको हो । गोष्ठीमा सिमकोट गाउँपालिका अन्तर्गत सञ्चालित १२ वटा स्वास्थ्य संस्था मध्ये स्याडा स्वास्थ्य चौकी ८७ अंक ल्याएर प्रथम भएको छ भने साता सामुदायिक स्वास्थ्य ईकाइ उत्कृष्ट भएको स्वास्थ्य शाखा प्रमुख नर बहादुर भण्डारीले बताउनु भयो । आर्थिक वर्ष २०८२÷८३ मा स्वास्थ्य क्षेत्रमा सञ्चालन गरिएका कार्यक्रम, सेवा प्रवाह तथा हासिल भएका उपलब्धिको वार्षिक प्रगति विवरण प्रस्तुत गरेका थिए ।

समीक्षाका क्रममा स्वास्थ्य संस्थाहरूले वर्षभरि प्रदान गरेका स्वास्थ्य सेवा, कार्यक्रम कार्यान्वयनको अवस्था, लक्षित वर्गमा पुगेको सेवा, उपलब्धि तथा कार्यक्रम सञ्चालनका क्रममा देखिएका समस्या र चुनौतीका विषयमा जानकारी गराएका थिए । साथै आगामी दिनमा स्वास्थ्य सेवा अझ प्रभावकारी, गुणस्तरीय र नागरिकमैत्री बनाउन आवश्यक सुधारका विषयमा समेत छलफल गरिएको थियो ।

गोष्ठीले स्वास्थ्य संस्थाहरूबाट भएका कामको समीक्षा गर्दै आगामी वर्षका कार्यक्रमलाई थप व्यवस्थित र प्रभावकारी रूपमा सञ्चालन गर्न मार्गदर्शन गर्ने अपेक्षा गरिएको छ । स्वास्थ्य क्षेत्रमा देखिएका समस्या पहिचान गरी समाधानका लागि आवश्यक योजना निर्माण गर्न समीक्षा गोष्ठी महत्वपूर्ण रहेको सहभागीहरूले बताएका छन ।

सिमकोट गाउँपालिका स्वास्थ्य शाखा प्रमुख भण्डारीका अनुसार दुई दिनसम्म सञ्चालन भएको गोष्ठीमा १२ वटै स्वास्थ्य संस्थाले आफ्नो वार्षिक प्रगति विवरण प्रस्तुत गरेका थिए । उहाँले स्वास्थ्य संस्थाले गरेका कामको समीक्षा, समस्या पहिचान र आगामी कार्ययोजना निर्माणका लागि गोष्ठी उपलब्धिमूलक भएको बताउनुभयो। गोष्ठीमा स्वास्थ्य सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने, नागरिकलाई सहज रूपमा स्वास्थ्य सेवा उपलब्ध गराउने तथा आगामी दिनमा स्वास्थ्य कार्यक्रमको प्रभावकारी कार्यान्वयनमा जोड दिइएको थियो । 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

महताराले रेडियो कर्णाली आवाजको कार्यक्रम संयोजकका रुपमा कार्यरत हुनुहुन्छ । उहाँले साप्ताहिक रेडियो कार्यक्रम 'हाम्रो पालिका', 'वाल आावाज', 'महिला आवाज', 'कचहरी कार्यक्रम' र समाचारको संयोजन गर्नुहुन्छ । 

थप समाज
 चंखेलीमा वाल संरक्षणा कार्यशाला सम्पन्न 

 चंखेलीमा वाल संरक्षणा कार्यशाला सम्पन्न 

वाल संरक्षण, शिक्षा, स्वास्थ्य, कृषि तथा आयाआर्जन र विपत् व्यवस्थापन गरेर पाँच समुहमा गरिएको छलफलमा पालिकाका जनप्रतिनिधि र कर्मचारीले लिखित रुपमा आप्mना आवश्यकता उल्लेख गर्ने काम गरेको कार्यशालाका...
कर्मफ्लाइट्स फाउण्डेशनले सिमकोटका पन्ध्र सय बालबालिकालाई  न्यानो कपडा सहयोग गर्ने

कर्मफ्लाइट्स फाउण्डेशनले सिमकोटका पन्ध्र सय बालबालिकालाई न्यानो कपडा सहयोग गर्ने

वालवालिकाका क्षेत्रमा काम गर्दै आएको कर्मफ्लाइट्स फाउण्डेशन नेपालले सिमकोट गाउँपालिकाका १७ विद्यालयका १ हजार पाँच सय विद्यार्थीका लागि ज्याकेट, जुत्ता र मोजा उपलब्ध गराउने सम्झौता अनुसार उक्त सामाग्र...
 ‘कर्णालीको पत्रकारिता’ सार्वजनिक 

 ‘कर्णालीको पत्रकारिता’ सार्वजनिक 

प्रेस काउन्सिल नेपालको सभाकक्षमा आयोजित एक कार्यक्रमका बीच ‘कर्णालीको पत्रकारिता’ पुस्तक सार्वजनिक गरिएको छ। कर्णाली क्षेत्रका अग्रज पत्रकार, लेखक तथा अनुसन्धानकर्ताहरूको उपस्थितिमा उक्त पुस्तक सार्वजनिक गरिएको हो।
 मुचु नाम्खाको उत्कृष्ट स्वास्थ्य संस्था 

 मुचु नाम्खाको उत्कृष्ट स्वास्थ्य संस्था 

गाउँपालिकाको स्वास्थ्य शाखाले गरेको वार्षिक समिक्षा कार्यक्रममा गएको आर्थिक वर्ष मुचुले उत्कृष्ट कार्य सम्पादन गरेको भन्दै पुरस्कृत गरेको स्वास्थ्य शाखा संयोजक ग्याछो लामाले जानकारी दिए ।