नेभिगेशन
समाज
   हुम्लाको जिल्ला कारागारमा रहेका कैदीबन्दीहरूको स्वास्थ्य परिक्षण 

   हुम्लाको जिल्ला कारागारमा रहेका कैदीबन्दीहरूको स्वास्थ्य परिक्षण 

 सिमकोट ।        हुम्लाको जिल्ला कारागारमा रहेका कैदीबन्दीहरूको स्वास्थ्य परिक्षण गरिएको छ । प्रदेश स्वास्थ्य सेवा निर्देशनालय सुर्खेतको आयोजना र स्वास्थ्य सेवा कार्यालय हुम्लाको समन्वयमा कात्तिक १७ गते जिल्ला कारागार हुम्लामा रहेका कैदीबन्दीहरूको स्वास्थ्य परिक्षण गरिएको हो । हुम्लामा जिल्ला कारागार नभए पनि प्रहरीको हिरासतमा बस्दै आएका १६ जना कैदीबन्दीहरूको स्वास्थ्य चेकजाँच गरिएको स्वास्थ्य सेवा कार्यालय हुम्लाका प्रमुख चिकित्सक उमाकान्त तिवारीले बताउनुभयो ।


चिकित्सक तिवारीका अनुसार प्रदेश स्वास्थ्य सेवा निर्देशनालय सुर्खेत र स्वास्थ्य सेवा कार्यालय हुम्लाको संयुक्त आयोजनामा मुख्यतय एचआइभि, हेपोटाइटिस, टिभि र कुष्ट रोगको परिक्षण गरिएको हो । उक्त रोग परिक्षण गर्दा १६ जनालाई नै नेगेटिभ देखिएको प्रमुख चिकित्सक तिवारीको भनाई छ । त्यस्तै समुहमा बस्दा सामुहिक रुपमा केही रोग फैलन सक्ने र संक्रमण हुन सक्ने भन्दै कैदीबन्दीहरूलाई चेकजाँच गर्दा १२ जनामा चिलाउने (ढुसी) रोग देखा परेको र एक जनामा टिभि रोग संकास्पद भएकोले उक्त टिभि संकास्पद व्यक्तिलाई मंगलबार जिल्ला अस्पतालमा पुनः परिक्षण गर्ने भएको छ ।


अधिकांस चिलाउने रोग देखा परेका विरामीहरूलाई भने औषधि उपलव्ध गरिएको थियो । तर विशेष गरि सर्ने रोगहरू मध्ये एचआइभि, चिलाउने लगायतका रोग सर्न नदिनका लागि उक्त शिविर सञ्चालन गरिएको थियो । उक्त कार्य कर्णाली प्रदेशका हरेक जिल्लामा लागु गरिएको एचआइभि, हेपोटाइटिस, टिभि र कुष्ट रोग फोकल पर्शन पदम केसीले बताउनुभयो । फोकल पर्शन केसीका अनुसार गत पाँच वर्षदेखि यता कर्णाली प्रदेशमा ७ सय ३२ जना एचआइभि संक्रमितहरूको उपचार भईरहेको छ ।


विशेष गरि असुरछित यौन सम्पर्कबाट संक्रमण भएको पाइएको छ । जसले गर्दा घरपरिवारलाई समेत सर्ने गरेको केसीको भनाई छ । जसमा सल्यान अस्पतालमा ३० जना, कालिकोट अस्पतालमा ४६ जना, रुकुम पश्चिम अस्पतालमा ५२ जना, सालकोट आधारभूत स्वास्थ्य सेवा केन्द्रमा ७५ जना, रुकुम कर्णाली अस्पताल ९२ जना, दैलेख अस्पतालमा ३६ जना, मेलकुना अस्पतालमा २८ जना र प्रदेश अस्पताल सुर्खेतमा २ सय ७२ जना संक्रमितहरू उपचाररत छन् । फोकल पर्शन केसी सहित ११ जनाको टोलि हुम्ला पुगेर उनिहरुको स्वास्थ्य परिक्षण गरिएको हो ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज
कर्मफ्लाइट्स फाउण्डेशनले सिमकोटका पन्ध्र सय बालबालिकालाई  न्यानो कपडा सहयोग गर्ने

कर्मफ्लाइट्स फाउण्डेशनले सिमकोटका पन्ध्र सय बालबालिकालाई न्यानो कपडा सहयोग गर्ने

वालवालिकाका क्षेत्रमा काम गर्दै आएको कर्मफ्लाइट्स फाउण्डेशन नेपालले सिमकोट गाउँपालिकाका १७ विद्यालयका १ हजार पाँच सय विद्यार्थीका लागि ज्याकेट, जुत्ता र मोजा उपलब्ध गराउने सम्झौता अनुसार उक्त सामाग्र...
 ‘कर्णालीको पत्रकारिता’ सार्वजनिक 

 ‘कर्णालीको पत्रकारिता’ सार्वजनिक 

प्रेस काउन्सिल नेपालको सभाकक्षमा आयोजित एक कार्यक्रमका बीच ‘कर्णालीको पत्रकारिता’ पुस्तक सार्वजनिक गरिएको छ। कर्णाली क्षेत्रका अग्रज पत्रकार, लेखक तथा अनुसन्धानकर्ताहरूको उपस्थितिमा उक्त पुस्तक सार्वजनिक गरिएको हो।
 मुचु नाम्खाको उत्कृष्ट स्वास्थ्य संस्था 

 मुचु नाम्खाको उत्कृष्ट स्वास्थ्य संस्था 

गाउँपालिकाको स्वास्थ्य शाखाले गरेको वार्षिक समिक्षा कार्यक्रममा गएको आर्थिक वर्ष मुचुले उत्कृष्ट कार्य सम्पादन गरेको भन्दै पुरस्कृत गरेको स्वास्थ्य शाखा संयोजक ग्याछो लामाले जानकारी दिए । 
त्रिशूलीमै अस्ताए ताँजकोटका  नवकुल

त्रिशूलीमै अस्ताए ताँजकोटका  नवकुल

गोरखा जिल्लाको गण्डकी गाउँपालिका–८ भर्खेघाटस्थित त्रिशूली नदी किनारमा भेटिएको शव शर्माकै भएको पुष्टी गरेर आफन्तले बुझेको गोरखाका सहायक प्रमुख जिल्ला अधिकारी नेत्र शर्माले पुष्टी गर्नुभयो ।