नेभिगेशन
समाज

    छत्रपाल आधारभुत बिद्यालयमा आगालागी २ करोड बढिको क्षती


हुम्लाको अदानचुली गाउपालिका स्थित छत्रपाल आधारभुत बिद्यालयमा आगालागी भएको छ । अदानचुली गाउपालिकाको वडा नम्बर ३ मा रहेको सो बिद्यालयमा बुधाबार राती ८ बजेबाट माथिल्लो तलाको तल पट्टीको झ्यालबाट आगालागी सुरु भएको हो । 


अगालागी भएको बिद्यालयको २ तले दुई कोठे भवन पुर्ण रुपमा जलेर नष्ट भएको छ । बिद्यालयको मुल गेटमा रहेको भवनमा अफिस कोठा समेत माथिल्लो तलामा रहेको थियो । 


अफिस कोठामा रहेको भवनमा आगालागी हुदा बिद्यायमा रहेका सम्पुर्ण दस्तावेज जलेर नष्ट भएका छन । अफिस कोठामा भएको सोलार १ सेट, २ थान ल्यापटप, २ प्रिन्टर, २ डेसटप, ४ दराज, ४ वटा सोफासेट, २० वटा पलास्टिक कुर्चि, १ रिङ कुर्चि, ३ वटा मादल, हार्माेनियम, क्यासियो, ड्रम सेट, १२ सेट डेस्क बेन्च, २ वटा प्रिन्टर बुक कर्नर, २०५२ साल देखीका डकुमेन्ट, कलाकारका २० सेट ड्रेस, ३ वटा सिल्ड, २५० कचौरा, कार्पेट, पर्दा, ह्वाइट बोर्ड,  समेत नष्ट भएको  शिक्षक नन्द फडेराले बताउनुभयो । उहाले बिद्यालयको अफिस कोठामा आगालागी भएकाले २ करोड बढिको क्षती भएको बताउनु भएको छ ।


आगो बाल्ने घर समेत बिद्यालय नजिक नरहेकाले अग्यात समुहले नियोजित तवरले आगालागी गरेको हुनसक्ने आसंका गरिएको छ । आगालागी भएको समयमा अफिस कोठाको ढोकाको ताल्चा समेत नलगाइ ह्याण्डिल मात्र लागेको बिद्यालयक शिक्षक जमानसिह परियारले बताउनुभयो । बिद्यालयमा कक्षा १ देखि ८ सम्म अध्ययन हुने गरेको छ ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज
रिप अगलागीमा घाइते लैबालाई जिल्ला बाहिर रिफर 

रिप अगलागीमा घाइते लैबालाई जिल्ला बाहिर रिफर 

अस्पतालमा ल्याउने बित्तिकै इमेरजन्सी उपचार गरिएको जानकारी दिनु भएका जिल्ला स्वास्थ्य सेवा कार्यालय हुम्लाका प्रमुख डा. उमाकान्त तिवारीले श्रीमान् लैबाको शरिर ५४ प्रतिशत जलेको जानकारी दिए । 
सर्केगाडको रिपमा आगालीः २ घाइते, ३ घरमा क्षती 

सर्केगाडको रिपमा आगालीः २ घाइते, ३ घरमा क्षती 

‘आगलागीबाट रिप गाउँका लैबा फडेरा, जयराम फडेरा, रमेश महतारा, मोहन महतारा, क्रान्ती फडेराको घर जलेको अवस्थामा छन्, घरको अधिकांश भाग जलेको छ । कति क्षती भएको भन्ने एकिन...
एकिकृत सामुदायिक विकास परियोजनाद्धारा विपन्न परिवारलाई वस्तुगत सहायता हस्तान्तरण (भिडियोसहित)

एकिकृत सामुदायिक विकास परियोजनाद्धारा विपन्न परिवारलाई वस्तुगत सहायता हस्तान्तरण (भिडियोसहित)

गुड नेवर्स इन्टरनेशनल नेपालको आर्थिक सहयोगमा किर्डाक नेपाल र स्नोल्याण्ड एकिकृत विकास केन्द्र हुम्लद्धारा सञ्चालित उक्त परियोजनाले सहयोग गरेका सामुदायिक विद्यालयमा अध्ययनरत एक हजार ६ सय ४५ जना...
एकिकृत सामुदायिक विकास परियोजनाको जिल्ला परियोजना सल्लाहकार समितिको बैठक सम्पन्न 

एकिकृत सामुदायिक विकास परियोजनाको जिल्ला परियोजना सल्लाहकार समितिको बैठक सम्पन्न 

जिल्लाका सिमकोट, खार्पुनाथ, सर्केगाड र चंखेली गरेर चार गाउँपालिकाका लागु भएको परियोजना अन्तरगत सामुदायिक विद्यालयमा अध्ययनरत एक हजार ६ सय ५४  जना विभिन्न वालवालिकाहरुलाई शैक्षिक सामाग्री, विद्यालयको पोसाक...
भर्खरै