नेभिगेशन
समाज

    छत्रपाल आधारभुत बिद्यालयमा आगालागी २ करोड बढिको क्षती


हुम्लाको अदानचुली गाउपालिका स्थित छत्रपाल आधारभुत बिद्यालयमा आगालागी भएको छ । अदानचुली गाउपालिकाको वडा नम्बर ३ मा रहेको सो बिद्यालयमा बुधाबार राती ८ बजेबाट माथिल्लो तलाको तल पट्टीको झ्यालबाट आगालागी सुरु भएको हो । 


अगालागी भएको बिद्यालयको २ तले दुई कोठे भवन पुर्ण रुपमा जलेर नष्ट भएको छ । बिद्यालयको मुल गेटमा रहेको भवनमा अफिस कोठा समेत माथिल्लो तलामा रहेको थियो । 


अफिस कोठामा रहेको भवनमा आगालागी हुदा बिद्यायमा रहेका सम्पुर्ण दस्तावेज जलेर नष्ट भएका छन । अफिस कोठामा भएको सोलार १ सेट, २ थान ल्यापटप, २ प्रिन्टर, २ डेसटप, ४ दराज, ४ वटा सोफासेट, २० वटा पलास्टिक कुर्चि, १ रिङ कुर्चि, ३ वटा मादल, हार्माेनियम, क्यासियो, ड्रम सेट, १२ सेट डेस्क बेन्च, २ वटा प्रिन्टर बुक कर्नर, २०५२ साल देखीका डकुमेन्ट, कलाकारका २० सेट ड्रेस, ३ वटा सिल्ड, २५० कचौरा, कार्पेट, पर्दा, ह्वाइट बोर्ड,  समेत नष्ट भएको  शिक्षक नन्द फडेराले बताउनुभयो । उहाले बिद्यालयको अफिस कोठामा आगालागी भएकाले २ करोड बढिको क्षती भएको बताउनु भएको छ ।


आगो बाल्ने घर समेत बिद्यालय नजिक नरहेकाले अग्यात समुहले नियोजित तवरले आगालागी गरेको हुनसक्ने आसंका गरिएको छ । आगालागी भएको समयमा अफिस कोठाको ढोकाको ताल्चा समेत नलगाइ ह्याण्डिल मात्र लागेको बिद्यालयक शिक्षक जमानसिह परियारले बताउनुभयो । बिद्यालयमा कक्षा १ देखि ८ सम्म अध्ययन हुने गरेको छ ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज
कर्मफ्लाइट्स फाउण्डेशनले सिमकोटका पन्ध्र सय बालबालिकालाई  न्यानो कपडा सहयोग गर्ने

कर्मफ्लाइट्स फाउण्डेशनले सिमकोटका पन्ध्र सय बालबालिकालाई न्यानो कपडा सहयोग गर्ने

वालवालिकाका क्षेत्रमा काम गर्दै आएको कर्मफ्लाइट्स फाउण्डेशन नेपालले सिमकोट गाउँपालिकाका १७ विद्यालयका १ हजार पाँच सय विद्यार्थीका लागि ज्याकेट, जुत्ता र मोजा उपलब्ध गराउने सम्झौता अनुसार उक्त सामाग्र...
 ‘कर्णालीको पत्रकारिता’ सार्वजनिक 

 ‘कर्णालीको पत्रकारिता’ सार्वजनिक 

प्रेस काउन्सिल नेपालको सभाकक्षमा आयोजित एक कार्यक्रमका बीच ‘कर्णालीको पत्रकारिता’ पुस्तक सार्वजनिक गरिएको छ। कर्णाली क्षेत्रका अग्रज पत्रकार, लेखक तथा अनुसन्धानकर्ताहरूको उपस्थितिमा उक्त पुस्तक सार्वजनिक गरिएको हो।
 मुचु नाम्खाको उत्कृष्ट स्वास्थ्य संस्था 

 मुचु नाम्खाको उत्कृष्ट स्वास्थ्य संस्था 

गाउँपालिकाको स्वास्थ्य शाखाले गरेको वार्षिक समिक्षा कार्यक्रममा गएको आर्थिक वर्ष मुचुले उत्कृष्ट कार्य सम्पादन गरेको भन्दै पुरस्कृत गरेको स्वास्थ्य शाखा संयोजक ग्याछो लामाले जानकारी दिए । 
त्रिशूलीमै अस्ताए ताँजकोटका  नवकुल

त्रिशूलीमै अस्ताए ताँजकोटका  नवकुल

गोरखा जिल्लाको गण्डकी गाउँपालिका–८ भर्खेघाटस्थित त्रिशूली नदी किनारमा भेटिएको शव शर्माकै भएको पुष्टी गरेर आफन्तले बुझेको गोरखाका सहायक प्रमुख जिल्ला अधिकारी नेत्र शर्माले पुष्टी गर्नुभयो ।