नेभिगेशन
समाज

सिमकोटमा गाउँपालिका स्तरीय अध्यक्ष कप प्रतियोगिता कात्तिक २२ गतेदेखि

सिमकाेट ।            गाउँपालिका स्तरीय अध्यक्ष कप खेलकुद प्रतियोगिता आगामी कात्तिक २२ गतेदेखि सुरु हुने भएको छ। राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता नहुने भएपछि सिमकोट गाउँपालिकाले यस वर्ष पहिलो पटक अध्यक्ष कप सञ्चालन गर्न लागेको हो।

सिमकोट गाउँपालिका शिक्षा, युवा तथा खेलकुद शाखाका प्रमुख कृष्ण प्रसाद आचार्यका अनुसार, प्रतियोगिताको तयारी पूरा भएको छ।

उनका अनुसार गाउँपालिकाभित्रका सातै माध्यमिक विद्यालयलाई परिपत्र गरिएको छ र सबै विद्यालयले सहभागिता जनाउने जानकारी प्राप्त भएको छ।

प्रतियोगितामा ट्र्याक, फिल्ड र भलिबल गरी तेह्र वटा खेलहरू समावेश छन्। ती सबै खेलहरूमा छात्र र छात्रा बीच छुट्टाछुट्टै प्रतियोगिता हुनेछन्।

प्रतियोगिता कात्तिक २२ गतेदेखि २९ गतेसम्म सञ्चालन हुने छ। खेल प्रतियोगिताका लागि गाउँपालिकाले आर्थिक सहयोग गर्नेछ भने रामदेव माध्यमिक विद्यालयले आयोजना गर्ने जिम्मेवारी लिएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज
रिप अगलागीमा घाइते लैबालाई जिल्ला बाहिर रिफर 

रिप अगलागीमा घाइते लैबालाई जिल्ला बाहिर रिफर 

अस्पतालमा ल्याउने बित्तिकै इमेरजन्सी उपचार गरिएको जानकारी दिनु भएका जिल्ला स्वास्थ्य सेवा कार्यालय हुम्लाका प्रमुख डा. उमाकान्त तिवारीले श्रीमान् लैबाको शरिर ५४ प्रतिशत जलेको जानकारी दिए । 
सर्केगाडको रिपमा आगालीः २ घाइते, ३ घरमा क्षती 

सर्केगाडको रिपमा आगालीः २ घाइते, ३ घरमा क्षती 

‘आगलागीबाट रिप गाउँका लैबा फडेरा, जयराम फडेरा, रमेश महतारा, मोहन महतारा, क्रान्ती फडेराको घर जलेको अवस्थामा छन्, घरको अधिकांश भाग जलेको छ । कति क्षती भएको भन्ने एकिन...
एकिकृत सामुदायिक विकास परियोजनाद्धारा विपन्न परिवारलाई वस्तुगत सहायता हस्तान्तरण (भिडियोसहित)

एकिकृत सामुदायिक विकास परियोजनाद्धारा विपन्न परिवारलाई वस्तुगत सहायता हस्तान्तरण (भिडियोसहित)

गुड नेवर्स इन्टरनेशनल नेपालको आर्थिक सहयोगमा किर्डाक नेपाल र स्नोल्याण्ड एकिकृत विकास केन्द्र हुम्लद्धारा सञ्चालित उक्त परियोजनाले सहयोग गरेका सामुदायिक विद्यालयमा अध्ययनरत एक हजार ६ सय ४५ जना...
एकिकृत सामुदायिक विकास परियोजनाको जिल्ला परियोजना सल्लाहकार समितिको बैठक सम्पन्न 

एकिकृत सामुदायिक विकास परियोजनाको जिल्ला परियोजना सल्लाहकार समितिको बैठक सम्पन्न 

जिल्लाका सिमकोट, खार्पुनाथ, सर्केगाड र चंखेली गरेर चार गाउँपालिकाका लागु भएको परियोजना अन्तरगत सामुदायिक विद्यालयमा अध्ययनरत एक हजार ६ सय ५४  जना विभिन्न वालवालिकाहरुलाई शैक्षिक सामाग्री, विद्यालयको पोसाक...
भर्खरै