नेभिगेशन
समाज

सिमकोटमा गाउँपालिका स्तरीय अध्यक्ष कप प्रतियोगिता कात्तिक २२ गतेदेखि

सिमकाेट ।            गाउँपालिका स्तरीय अध्यक्ष कप खेलकुद प्रतियोगिता आगामी कात्तिक २२ गतेदेखि सुरु हुने भएको छ। राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता नहुने भएपछि सिमकोट गाउँपालिकाले यस वर्ष पहिलो पटक अध्यक्ष कप सञ्चालन गर्न लागेको हो।

सिमकोट गाउँपालिका शिक्षा, युवा तथा खेलकुद शाखाका प्रमुख कृष्ण प्रसाद आचार्यका अनुसार, प्रतियोगिताको तयारी पूरा भएको छ।

उनका अनुसार गाउँपालिकाभित्रका सातै माध्यमिक विद्यालयलाई परिपत्र गरिएको छ र सबै विद्यालयले सहभागिता जनाउने जानकारी प्राप्त भएको छ।

प्रतियोगितामा ट्र्याक, फिल्ड र भलिबल गरी तेह्र वटा खेलहरू समावेश छन्। ती सबै खेलहरूमा छात्र र छात्रा बीच छुट्टाछुट्टै प्रतियोगिता हुनेछन्।

प्रतियोगिता कात्तिक २२ गतेदेखि २९ गतेसम्म सञ्चालन हुने छ। खेल प्रतियोगिताका लागि गाउँपालिकाले आर्थिक सहयोग गर्नेछ भने रामदेव माध्यमिक विद्यालयले आयोजना गर्ने जिम्मेवारी लिएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज
कर्मफ्लाइट्स फाउण्डेशनले सिमकोटका पन्ध्र सय बालबालिकालाई  न्यानो कपडा सहयोग गर्ने

कर्मफ्लाइट्स फाउण्डेशनले सिमकोटका पन्ध्र सय बालबालिकालाई न्यानो कपडा सहयोग गर्ने

वालवालिकाका क्षेत्रमा काम गर्दै आएको कर्मफ्लाइट्स फाउण्डेशन नेपालले सिमकोट गाउँपालिकाका १७ विद्यालयका १ हजार पाँच सय विद्यार्थीका लागि ज्याकेट, जुत्ता र मोजा उपलब्ध गराउने सम्झौता अनुसार उक्त सामाग्र...
 ‘कर्णालीको पत्रकारिता’ सार्वजनिक 

 ‘कर्णालीको पत्रकारिता’ सार्वजनिक 

प्रेस काउन्सिल नेपालको सभाकक्षमा आयोजित एक कार्यक्रमका बीच ‘कर्णालीको पत्रकारिता’ पुस्तक सार्वजनिक गरिएको छ। कर्णाली क्षेत्रका अग्रज पत्रकार, लेखक तथा अनुसन्धानकर्ताहरूको उपस्थितिमा उक्त पुस्तक सार्वजनिक गरिएको हो।
 मुचु नाम्खाको उत्कृष्ट स्वास्थ्य संस्था 

 मुचु नाम्खाको उत्कृष्ट स्वास्थ्य संस्था 

गाउँपालिकाको स्वास्थ्य शाखाले गरेको वार्षिक समिक्षा कार्यक्रममा गएको आर्थिक वर्ष मुचुले उत्कृष्ट कार्य सम्पादन गरेको भन्दै पुरस्कृत गरेको स्वास्थ्य शाखा संयोजक ग्याछो लामाले जानकारी दिए । 
त्रिशूलीमै अस्ताए ताँजकोटका  नवकुल

त्रिशूलीमै अस्ताए ताँजकोटका  नवकुल

गोरखा जिल्लाको गण्डकी गाउँपालिका–८ भर्खेघाटस्थित त्रिशूली नदी किनारमा भेटिएको शव शर्माकै भएको पुष्टी गरेर आफन्तले बुझेको गोरखाका सहायक प्रमुख जिल्ला अधिकारी नेत्र शर्माले पुष्टी गर्नुभयो ।