नेभिगेशन
समाज

हिल्दुम विद्युत वितरण केन्द्र पाँच दिनका लागि बन्द

सिमकोट ।      सदरमुकाम सिमकोट र खार्पुनाथ गाउँपालिकामा विद्युत आपूर्ति गर्दै आएको हिल्दुम विद्युत वितरण केन्द्रले पाँच दिनका लागि आफ्नो सेवा बन्द गर्ने भएको छ।

केन्द्रका प्रमुख इन्जिनियर जितेन्द्र शाहका अनुसार, पावर हाउससहितका संरचनामा मर्मत आवश्यक भएकाले अस्थायी रूपमा विद्युत आपूर्ति बन्द गर्न लागिएको हो।

उनका अनुसार, पावर हाउसको इन्टेक, फर्बे र ओभरफ्लो भागको मर्मत कार्यका लागि कात्तिक २३ गतेदेखि २७ गतेसम्म विद्युत आपूर्ति पूर्ण रूपमा बन्द गरिनेछ।

मर्मत सम्पन्न भएपछि नियमित रूपमा पुनः विद्युत आपूर्ति सुचारु गरिने जानकारी पनि उनले दिएका छन्।

मर्मतका कारण उपभोक्ताहरूलाई पर्ने असुविधाप्रति केन्द्रले क्षमायाचना गरेको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज
कर्मफ्लाइट्स फाउण्डेशनले सिमकोटका पन्ध्र सय बालबालिकालाई  न्यानो कपडा सहयोग गर्ने

कर्मफ्लाइट्स फाउण्डेशनले सिमकोटका पन्ध्र सय बालबालिकालाई न्यानो कपडा सहयोग गर्ने

वालवालिकाका क्षेत्रमा काम गर्दै आएको कर्मफ्लाइट्स फाउण्डेशन नेपालले सिमकोट गाउँपालिकाका १७ विद्यालयका १ हजार पाँच सय विद्यार्थीका लागि ज्याकेट, जुत्ता र मोजा उपलब्ध गराउने सम्झौता अनुसार उक्त सामाग्र...
 ‘कर्णालीको पत्रकारिता’ सार्वजनिक 

 ‘कर्णालीको पत्रकारिता’ सार्वजनिक 

प्रेस काउन्सिल नेपालको सभाकक्षमा आयोजित एक कार्यक्रमका बीच ‘कर्णालीको पत्रकारिता’ पुस्तक सार्वजनिक गरिएको छ। कर्णाली क्षेत्रका अग्रज पत्रकार, लेखक तथा अनुसन्धानकर्ताहरूको उपस्थितिमा उक्त पुस्तक सार्वजनिक गरिएको हो।
 मुचु नाम्खाको उत्कृष्ट स्वास्थ्य संस्था 

 मुचु नाम्खाको उत्कृष्ट स्वास्थ्य संस्था 

गाउँपालिकाको स्वास्थ्य शाखाले गरेको वार्षिक समिक्षा कार्यक्रममा गएको आर्थिक वर्ष मुचुले उत्कृष्ट कार्य सम्पादन गरेको भन्दै पुरस्कृत गरेको स्वास्थ्य शाखा संयोजक ग्याछो लामाले जानकारी दिए । 
त्रिशूलीमै अस्ताए ताँजकोटका  नवकुल

त्रिशूलीमै अस्ताए ताँजकोटका  नवकुल

गोरखा जिल्लाको गण्डकी गाउँपालिका–८ भर्खेघाटस्थित त्रिशूली नदी किनारमा भेटिएको शव शर्माकै भएको पुष्टी गरेर आफन्तले बुझेको गोरखाका सहायक प्रमुख जिल्ला अधिकारी नेत्र शर्माले पुष्टी गर्नुभयो ।