नेभिगेशन
समाज

हिल्दुम विद्युत वितरण केन्द्र पाँच दिनका लागि बन्द

सिमकोट ।      सदरमुकाम सिमकोट र खार्पुनाथ गाउँपालिकामा विद्युत आपूर्ति गर्दै आएको हिल्दुम विद्युत वितरण केन्द्रले पाँच दिनका लागि आफ्नो सेवा बन्द गर्ने भएको छ।

केन्द्रका प्रमुख इन्जिनियर जितेन्द्र शाहका अनुसार, पावर हाउससहितका संरचनामा मर्मत आवश्यक भएकाले अस्थायी रूपमा विद्युत आपूर्ति बन्द गर्न लागिएको हो।

उनका अनुसार, पावर हाउसको इन्टेक, फर्बे र ओभरफ्लो भागको मर्मत कार्यका लागि कात्तिक २३ गतेदेखि २७ गतेसम्म विद्युत आपूर्ति पूर्ण रूपमा बन्द गरिनेछ।

मर्मत सम्पन्न भएपछि नियमित रूपमा पुनः विद्युत आपूर्ति सुचारु गरिने जानकारी पनि उनले दिएका छन्।

मर्मतका कारण उपभोक्ताहरूलाई पर्ने असुविधाप्रति केन्द्रले क्षमायाचना गरेको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज
रिप अगलागीमा घाइते लैबालाई जिल्ला बाहिर रिफर 

रिप अगलागीमा घाइते लैबालाई जिल्ला बाहिर रिफर 

अस्पतालमा ल्याउने बित्तिकै इमेरजन्सी उपचार गरिएको जानकारी दिनु भएका जिल्ला स्वास्थ्य सेवा कार्यालय हुम्लाका प्रमुख डा. उमाकान्त तिवारीले श्रीमान् लैबाको शरिर ५४ प्रतिशत जलेको जानकारी दिए । 
सर्केगाडको रिपमा आगालीः २ घाइते, ३ घरमा क्षती 

सर्केगाडको रिपमा आगालीः २ घाइते, ३ घरमा क्षती 

‘आगलागीबाट रिप गाउँका लैबा फडेरा, जयराम फडेरा, रमेश महतारा, मोहन महतारा, क्रान्ती फडेराको घर जलेको अवस्थामा छन्, घरको अधिकांश भाग जलेको छ । कति क्षती भएको भन्ने एकिन...
एकिकृत सामुदायिक विकास परियोजनाद्धारा विपन्न परिवारलाई वस्तुगत सहायता हस्तान्तरण (भिडियोसहित)

एकिकृत सामुदायिक विकास परियोजनाद्धारा विपन्न परिवारलाई वस्तुगत सहायता हस्तान्तरण (भिडियोसहित)

गुड नेवर्स इन्टरनेशनल नेपालको आर्थिक सहयोगमा किर्डाक नेपाल र स्नोल्याण्ड एकिकृत विकास केन्द्र हुम्लद्धारा सञ्चालित उक्त परियोजनाले सहयोग गरेका सामुदायिक विद्यालयमा अध्ययनरत एक हजार ६ सय ४५ जना...
एकिकृत सामुदायिक विकास परियोजनाको जिल्ला परियोजना सल्लाहकार समितिको बैठक सम्पन्न 

एकिकृत सामुदायिक विकास परियोजनाको जिल्ला परियोजना सल्लाहकार समितिको बैठक सम्पन्न 

जिल्लाका सिमकोट, खार्पुनाथ, सर्केगाड र चंखेली गरेर चार गाउँपालिकाका लागु भएको परियोजना अन्तरगत सामुदायिक विद्यालयमा अध्ययनरत एक हजार ६ सय ५४  जना विभिन्न वालवालिकाहरुलाई शैक्षिक सामाग्री, विद्यालयको पोसाक...
भर्खरै