नेभिगेशन
समाज

चिसोबाट जोगाउन रोकायाद्वारा बालमन्दिर माविलाई ८१ मिटर प्रि–फोम सहयोग

सिमकोट ।           बालमन्दिर माध्यमिक विद्यालयका विद्यार्थीलाई चिसोबाट जोगाउन नेपाली कांग्रेस हुम्लाका पूर्व सभापति तथा कांग्रेस कर्णाली प्रदेश समिति सदस्य जयपति रोकायाले विद्यालयलाई ८१ मिटर प्रि–फोम सहयोग गरेका छन्।

विद्यालय भवन पुनर्निर्माणका क्रममा भत्काइएपछि कक्षा ४ देखि १० सम्मका विद्यार्थी अहिले काठ र जस्तापाताको अस्थायी कटेरामा अध्ययन गर्दै आएका छन्।

चिसो मौसममा हावा र चिसोका कारण विद्यार्थीहरूको अध्ययनमा कठिनाइ देखिएपछि रोकायाले व्यक्तिगत पहलमा प्रि–फोम सहयोग गरेका हुन्।

सहयोग हस्तान्तरण कार्यक्रममा बोल्दै रोकायाले भने मैले पनि यही विद्यालयमा आफ्ना बाल्यकालका दिन बिताएको हुँ। त्यो बेला पनि हिउँदमा कक्षाभित्र बस्दा हातले कलम समाउन गाह्रो हुने गरी चिसो हुन्थ्यो।

अहिले पनि बालबालिका त्यही अवस्थाबाट गुज्रिनु परिरहेको देख्दा पीडा भयो। विद्यार्थीहरूलाई केही सहज होस् भन्ने उद्देश्यले यो सहयोग गरेको हुँ।

रोकायाले आफ्नो सानो प्रयासले पनि विद्यालय र बालबालिकाको भविष्यमा सकारात्मक परिवर्तन ल्याउन सक्ने विश्वास व्यक्त गरे।
बालबालिकाको मुस्कान नै हाम्रो खुशी हो उनले थपे।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष धर्मराज बोहराले विद्यालय परिवारको तर्फबाट रोकायाप्रति आभार व्यक्त गर्दै भने उहाँको सहयोगले कक्षाभित्र हावा र चिसो रोक्न मद्दत पुग्नेछ। यसले विद्यार्थीहरूको अध्ययन वातावरण केही सहज बन्ने अपेक्षा गरिएको छ।

उनका अनुसार, रोकायाले गरेको यो सहयोग विद्यालयका लागि न्यानोपन र आशाको प्रतीक  बनेको छ।

सिमकोटको कठोर चिसो मौसममा काठ र जस्तापाताको अस्थायी कटेराभित्र अध्ययन गर्न बाध्य विद्यार्थीहरूका लागि यो सहयोग सहानुभूति, प्रेरणा र अर्थपूर्ण उपहार बनेको विद्यालयले जनाएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज
कर्मफ्लाइट्स फाउण्डेशनले सिमकोटका पन्ध्र सय बालबालिकालाई  न्यानो कपडा सहयोग गर्ने

कर्मफ्लाइट्स फाउण्डेशनले सिमकोटका पन्ध्र सय बालबालिकालाई न्यानो कपडा सहयोग गर्ने

वालवालिकाका क्षेत्रमा काम गर्दै आएको कर्मफ्लाइट्स फाउण्डेशन नेपालले सिमकोट गाउँपालिकाका १७ विद्यालयका १ हजार पाँच सय विद्यार्थीका लागि ज्याकेट, जुत्ता र मोजा उपलब्ध गराउने सम्झौता अनुसार उक्त सामाग्र...
 ‘कर्णालीको पत्रकारिता’ सार्वजनिक 

 ‘कर्णालीको पत्रकारिता’ सार्वजनिक 

प्रेस काउन्सिल नेपालको सभाकक्षमा आयोजित एक कार्यक्रमका बीच ‘कर्णालीको पत्रकारिता’ पुस्तक सार्वजनिक गरिएको छ। कर्णाली क्षेत्रका अग्रज पत्रकार, लेखक तथा अनुसन्धानकर्ताहरूको उपस्थितिमा उक्त पुस्तक सार्वजनिक गरिएको हो।
 मुचु नाम्खाको उत्कृष्ट स्वास्थ्य संस्था 

 मुचु नाम्खाको उत्कृष्ट स्वास्थ्य संस्था 

गाउँपालिकाको स्वास्थ्य शाखाले गरेको वार्षिक समिक्षा कार्यक्रममा गएको आर्थिक वर्ष मुचुले उत्कृष्ट कार्य सम्पादन गरेको भन्दै पुरस्कृत गरेको स्वास्थ्य शाखा संयोजक ग्याछो लामाले जानकारी दिए । 
त्रिशूलीमै अस्ताए ताँजकोटका  नवकुल

त्रिशूलीमै अस्ताए ताँजकोटका  नवकुल

गोरखा जिल्लाको गण्डकी गाउँपालिका–८ भर्खेघाटस्थित त्रिशूली नदी किनारमा भेटिएको शव शर्माकै भएको पुष्टी गरेर आफन्तले बुझेको गोरखाका सहायक प्रमुख जिल्ला अधिकारी नेत्र शर्माले पुष्टी गर्नुभयो ।