नेभिगेशन
समाज

अवैध रूपमा भित्र्याइएको चिनियाँ मदिरा प्रहरीले बरामद

   सिमकोट ।      हुम्ला जिल्लाको उत्तरी नाका हिल्साबाट अवैध रूपमा भित्र्याइएको ठूलो परिमाणको चिनियाँ मदिरा प्रहरीले नियन्त्रणमा लिएको छ।

जिल्ला प्रहरी कार्यालय हुम्लाको टोलीले मंगलबार नाम्खा र सिमकोट गाउँपालिकाका विभिन्न स्थानमा लुकाइछिपाई राखिएको ३ सय ५१ कार्टुन चिनियाँ मदिरा बरामद गरेको हो।

जिल्ला प्रहरी प्रमुख डिएसपी शंकर पोखरेलको नेतृत्वमा गएको टोलीले खोजतलासी तथा निगरानीका क्रममा मदिरा फेला पारेको हो। बरामद मदिरा विभिन्न घर, गोठ र गोदाममा लुकाइराखिएको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार बरामद ३५१ कार्टुनमा ४ हजार २ सय १२ बोतल चिनियाँ मदिरा रहेका छन्, जसको बजार मूल्य करिब २१ लाख ६ हजार रुपैयाँ बराबर हुन्छ।

प्रारम्भिक अनुसन्धानबाट ती मदिरा हिल्सा नाकाबाट अवैध रूपमा भित्र्याइएका र स्थानीय व्यापारीहरूले नाम्खा तथा सिमकोट क्षेत्रका विभिन्न स्थानमा लुकाइराखी हुम्लाका अन्य बजारमा पठाउने तयारी गरेको जानकारी प्रहरीले पाएको छ।

सीमावर्ती क्षेत्रमा अवैध रूपमा मदिरा, सामान र उपभोग्य वस्तुहरू भित्र्याउने प्रवृत्ति रोक्न प्रहरीको निगरानी अझै कडा पारिएको जिल्ला प्रहरी प्रमुख पोखरेलले बताए।

बरामद गरिएको मदिरा हाल सिमकोट ल्याई आवश्यक कानूनी प्रक्रिया अगाडि बढाइएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज
कर्मफ्लाइट्स फाउण्डेशनले सिमकोटका पन्ध्र सय बालबालिकालाई  न्यानो कपडा सहयोग गर्ने

कर्मफ्लाइट्स फाउण्डेशनले सिमकोटका पन्ध्र सय बालबालिकालाई न्यानो कपडा सहयोग गर्ने

वालवालिकाका क्षेत्रमा काम गर्दै आएको कर्मफ्लाइट्स फाउण्डेशन नेपालले सिमकोट गाउँपालिकाका १७ विद्यालयका १ हजार पाँच सय विद्यार्थीका लागि ज्याकेट, जुत्ता र मोजा उपलब्ध गराउने सम्झौता अनुसार उक्त सामाग्र...
 ‘कर्णालीको पत्रकारिता’ सार्वजनिक 

 ‘कर्णालीको पत्रकारिता’ सार्वजनिक 

प्रेस काउन्सिल नेपालको सभाकक्षमा आयोजित एक कार्यक्रमका बीच ‘कर्णालीको पत्रकारिता’ पुस्तक सार्वजनिक गरिएको छ। कर्णाली क्षेत्रका अग्रज पत्रकार, लेखक तथा अनुसन्धानकर्ताहरूको उपस्थितिमा उक्त पुस्तक सार्वजनिक गरिएको हो।
 मुचु नाम्खाको उत्कृष्ट स्वास्थ्य संस्था 

 मुचु नाम्खाको उत्कृष्ट स्वास्थ्य संस्था 

गाउँपालिकाको स्वास्थ्य शाखाले गरेको वार्षिक समिक्षा कार्यक्रममा गएको आर्थिक वर्ष मुचुले उत्कृष्ट कार्य सम्पादन गरेको भन्दै पुरस्कृत गरेको स्वास्थ्य शाखा संयोजक ग्याछो लामाले जानकारी दिए । 
त्रिशूलीमै अस्ताए ताँजकोटका  नवकुल

त्रिशूलीमै अस्ताए ताँजकोटका  नवकुल

गोरखा जिल्लाको गण्डकी गाउँपालिका–८ भर्खेघाटस्थित त्रिशूली नदी किनारमा भेटिएको शव शर्माकै भएको पुष्टी गरेर आफन्तले बुझेको गोरखाका सहायक प्रमुख जिल्ला अधिकारी नेत्र शर्माले पुष्टी गर्नुभयो ।