नेभिगेशन
समाज

अवैध रूपमा भित्र्याइएको चिनियाँ मदिरा प्रहरीले बरामद

   सिमकोट ।      हुम्ला जिल्लाको उत्तरी नाका हिल्साबाट अवैध रूपमा भित्र्याइएको ठूलो परिमाणको चिनियाँ मदिरा प्रहरीले नियन्त्रणमा लिएको छ।

जिल्ला प्रहरी कार्यालय हुम्लाको टोलीले मंगलबार नाम्खा र सिमकोट गाउँपालिकाका विभिन्न स्थानमा लुकाइछिपाई राखिएको ३ सय ५१ कार्टुन चिनियाँ मदिरा बरामद गरेको हो।

जिल्ला प्रहरी प्रमुख डिएसपी शंकर पोखरेलको नेतृत्वमा गएको टोलीले खोजतलासी तथा निगरानीका क्रममा मदिरा फेला पारेको हो। बरामद मदिरा विभिन्न घर, गोठ र गोदाममा लुकाइराखिएको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार बरामद ३५१ कार्टुनमा ४ हजार २ सय १२ बोतल चिनियाँ मदिरा रहेका छन्, जसको बजार मूल्य करिब २१ लाख ६ हजार रुपैयाँ बराबर हुन्छ।

प्रारम्भिक अनुसन्धानबाट ती मदिरा हिल्सा नाकाबाट अवैध रूपमा भित्र्याइएका र स्थानीय व्यापारीहरूले नाम्खा तथा सिमकोट क्षेत्रका विभिन्न स्थानमा लुकाइराखी हुम्लाका अन्य बजारमा पठाउने तयारी गरेको जानकारी प्रहरीले पाएको छ।

सीमावर्ती क्षेत्रमा अवैध रूपमा मदिरा, सामान र उपभोग्य वस्तुहरू भित्र्याउने प्रवृत्ति रोक्न प्रहरीको निगरानी अझै कडा पारिएको जिल्ला प्रहरी प्रमुख पोखरेलले बताए।

बरामद गरिएको मदिरा हाल सिमकोट ल्याई आवश्यक कानूनी प्रक्रिया अगाडि बढाइएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज
रिप अगलागीमा घाइते लैबालाई जिल्ला बाहिर रिफर 

रिप अगलागीमा घाइते लैबालाई जिल्ला बाहिर रिफर 

अस्पतालमा ल्याउने बित्तिकै इमेरजन्सी उपचार गरिएको जानकारी दिनु भएका जिल्ला स्वास्थ्य सेवा कार्यालय हुम्लाका प्रमुख डा. उमाकान्त तिवारीले श्रीमान् लैबाको शरिर ५४ प्रतिशत जलेको जानकारी दिए । 
सर्केगाडको रिपमा आगालीः २ घाइते, ३ घरमा क्षती 

सर्केगाडको रिपमा आगालीः २ घाइते, ३ घरमा क्षती 

‘आगलागीबाट रिप गाउँका लैबा फडेरा, जयराम फडेरा, रमेश महतारा, मोहन महतारा, क्रान्ती फडेराको घर जलेको अवस्थामा छन्, घरको अधिकांश भाग जलेको छ । कति क्षती भएको भन्ने एकिन...
एकिकृत सामुदायिक विकास परियोजनाद्धारा विपन्न परिवारलाई वस्तुगत सहायता हस्तान्तरण (भिडियोसहित)

एकिकृत सामुदायिक विकास परियोजनाद्धारा विपन्न परिवारलाई वस्तुगत सहायता हस्तान्तरण (भिडियोसहित)

गुड नेवर्स इन्टरनेशनल नेपालको आर्थिक सहयोगमा किर्डाक नेपाल र स्नोल्याण्ड एकिकृत विकास केन्द्र हुम्लद्धारा सञ्चालित उक्त परियोजनाले सहयोग गरेका सामुदायिक विद्यालयमा अध्ययनरत एक हजार ६ सय ४५ जना...
एकिकृत सामुदायिक विकास परियोजनाको जिल्ला परियोजना सल्लाहकार समितिको बैठक सम्पन्न 

एकिकृत सामुदायिक विकास परियोजनाको जिल्ला परियोजना सल्लाहकार समितिको बैठक सम्पन्न 

जिल्लाका सिमकोट, खार्पुनाथ, सर्केगाड र चंखेली गरेर चार गाउँपालिकाका लागु भएको परियोजना अन्तरगत सामुदायिक विद्यालयमा अध्ययनरत एक हजार ६ सय ५४  जना विभिन्न वालवालिकाहरुलाई शैक्षिक सामाग्री, विद्यालयको पोसाक...
भर्खरै