नेभिगेशन
समाज
 खार्पुनाथ–याङ्चु बजारमा हेल्थ अस मेडिकल सेन्टरको तेस्रो निःशुल्क स्वास्थ्य शिबिर हुँदै

 खार्पुनाथ–याङ्चु बजारमा हेल्थ अस मेडिकल सेन्टरको तेस्रो निःशुल्क स्वास्थ्य शिबिर हुँदै

  हुम्ला   ।           सदरमुकाम सिमकोटमा स्थापना भएको हेल्थ अस मेडिकल सेन्टरले यस वर्षको तेस्रो निःशुल्क स्वास्थ्य शिबिर आयोजना गर्ने भएको छ। व्यवसायसँगै सामाजिक उत्तरदायित्व वहन गर्दै आएको सेन्टरले नियमित रूपमा निःशुल्क उपचार कार्यक्रमलाई निरन्तरता दिँदै आइरहेको छ । 


तीन दिनअघि बसेको सेन्टरको सञ्चालक समितिको बैठकले खार्पुनाथ गाउँपालिका–केन्द्र याङ्चु बजारमा मंसिर २६ र २७ गते दुई दिने स्वास्थ्य शिबिर सञ्चालन गर्ने निर्णय गरेको सेन्टरका प्रमुख नारायण फडेराले जानकारी दिए।  शिबिर खार्पुनाथ गाउँपालिका स्तरीय हुनेछ। उपचारका लागि जिल्ला अस्पतालबाट दुई जनामा चिकित्सक, खार्पुनाथ सामुदायिक अस्पतालका एक जनामा चिकित्सक, तथा अन्य स्वास्थ्यकर्मी सहभागी हुने व्यवस्था मिलाइएको छ।

 

शिबिरमा सामान्य स्वास्थ्य जाँच, स्त्रीरोग, बालरोग, भिडियाडो एक्स–रे लगायतका सेवासहित आवश्यक औषधि निःशुल्क वितरण गरिने सेन्टरले जनाएको छ । यसअघि सेन्टरले सिमकोट गाउँपालिका–१ र २ तथा खार्पुनाथ–५ को ताक्लाबाम्टा क्षेत्रमा लक्षित गरी गत जेठमा दुई दिने शिबिर सञ्चालन गरेको थियो।

 

त्यस्तै सिमकोट गाउँपालिका–७ र ८ का लागि गत भदौमा दुई दिने शिबिर सम्पन्न भएको थियो। 
यी सबै शिबिरका लागि सेन्टरका फाउण्डर, खार्पुनाथ–५ ताक्ला गाउँ निवासी ग्वामसिंह भण्डारीका छोरा तथा चिकित्सक हर्कसिंह भण्डारीले निरन्तर आर्थिक सहयोग प्रदान गर्दै आएका छन्।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज
कर्मफ्लाइट्स फाउण्डेशनले सिमकोटका पन्ध्र सय बालबालिकालाई  न्यानो कपडा सहयोग गर्ने

कर्मफ्लाइट्स फाउण्डेशनले सिमकोटका पन्ध्र सय बालबालिकालाई न्यानो कपडा सहयोग गर्ने

वालवालिकाका क्षेत्रमा काम गर्दै आएको कर्मफ्लाइट्स फाउण्डेशन नेपालले सिमकोट गाउँपालिकाका १७ विद्यालयका १ हजार पाँच सय विद्यार्थीका लागि ज्याकेट, जुत्ता र मोजा उपलब्ध गराउने सम्झौता अनुसार उक्त सामाग्र...
 ‘कर्णालीको पत्रकारिता’ सार्वजनिक 

 ‘कर्णालीको पत्रकारिता’ सार्वजनिक 

प्रेस काउन्सिल नेपालको सभाकक्षमा आयोजित एक कार्यक्रमका बीच ‘कर्णालीको पत्रकारिता’ पुस्तक सार्वजनिक गरिएको छ। कर्णाली क्षेत्रका अग्रज पत्रकार, लेखक तथा अनुसन्धानकर्ताहरूको उपस्थितिमा उक्त पुस्तक सार्वजनिक गरिएको हो।
 मुचु नाम्खाको उत्कृष्ट स्वास्थ्य संस्था 

 मुचु नाम्खाको उत्कृष्ट स्वास्थ्य संस्था 

गाउँपालिकाको स्वास्थ्य शाखाले गरेको वार्षिक समिक्षा कार्यक्रममा गएको आर्थिक वर्ष मुचुले उत्कृष्ट कार्य सम्पादन गरेको भन्दै पुरस्कृत गरेको स्वास्थ्य शाखा संयोजक ग्याछो लामाले जानकारी दिए । 
त्रिशूलीमै अस्ताए ताँजकोटका  नवकुल

त्रिशूलीमै अस्ताए ताँजकोटका  नवकुल

गोरखा जिल्लाको गण्डकी गाउँपालिका–८ भर्खेघाटस्थित त्रिशूली नदी किनारमा भेटिएको शव शर्माकै भएको पुष्टी गरेर आफन्तले बुझेको गोरखाका सहायक प्रमुख जिल्ला अधिकारी नेत्र शर्माले पुष्टी गर्नुभयो ।