नेभिगेशन
समाज
भालुको आक्रमणबाट तीन जना घाइते, एकको जिल्ल्ला बाहिर रेफर

भालुको आक्रमणबाट तीन जना घाइते, एकको जिल्ल्ला बाहिर रेफर

सिमकोट      ।   सिमकोट गाउँपालिका–५ सिम स्थित घाँस काटने क्रममा भालुको आक्रमणमा परि तीन जना घाइते भएका छन।
घाइते हुनेमा सिमकोट गाउँपालिका– ५ बस्ने ५९ वर्षका लक्ष्य रावत, उनकी श्रीमती वर्ष ५५ कि बाचु रावत र ३८ वर्षिया रजनि रावत घाइते भएका छन।


आइतबार विहान ६ः१० बजेको समयमा सिम क्षेत्रमा गएको बेला भालुको आक्रमणमा परि घाइते भएकारूलाई जिल्ला अस्पताल हुम्लामा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी नायव उपरीक्षक संकर पोखरेलले बताउनुभयो ।


लक्ष्य रावतको टाउकोमा, बाँचु रावतको दाइने हात, गालामा र रजनिको छातिमा चिथोरेको पोखरेलले बताउनुभयो । सदरमुकाम सिमकोट नजिकै भालुको आक्रमणमा परेर घाइते भएको  जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ । घाइतेका हाल जिल्ला अस्पतालमा उपचार भइरहेको छ । बाँचु रावतलाई भने  जिल्ला बाहिर रिफर गरिएको छ । हुम्ला अस्पतालमा उपचार हुन नसक्ने भन्दै रिफर गरिएकी घाईते सिमकोट गाउँपालिका–५ की बाँचु रावत रहेकी छन्


अस्पतालमा उपचार भई रहेको भएपनि रिफर गरिएकी रावतको दाँया गालाको मासु निकालिएको र छाला समेत निकालिएको कारण त्यसको उपचार हुम्लामा हुन नसक्ने भन्दै जिल्ला बाहिर रिफर गरिएको अस्पतालले जनाएको छ ।


रिफर गरिएकी घाईते सहित सदरमुकाम रहेको सिमकोट गाउँपाउँपालिका–५ मा भालुको आक्रमणबाट चार जना घाईते भएका थिए । उनी सिमकोट कै सिमसार क्षेत्रमा घास काट्न गएको बेला भालुको आक्रमणमा परि घाईते भएकी हुन ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज
कर्मफ्लाइट्स फाउण्डेशनले सिमकोटका पन्ध्र सय बालबालिकालाई  न्यानो कपडा सहयोग गर्ने

कर्मफ्लाइट्स फाउण्डेशनले सिमकोटका पन्ध्र सय बालबालिकालाई न्यानो कपडा सहयोग गर्ने

वालवालिकाका क्षेत्रमा काम गर्दै आएको कर्मफ्लाइट्स फाउण्डेशन नेपालले सिमकोट गाउँपालिकाका १७ विद्यालयका १ हजार पाँच सय विद्यार्थीका लागि ज्याकेट, जुत्ता र मोजा उपलब्ध गराउने सम्झौता अनुसार उक्त सामाग्र...
 ‘कर्णालीको पत्रकारिता’ सार्वजनिक 

 ‘कर्णालीको पत्रकारिता’ सार्वजनिक 

प्रेस काउन्सिल नेपालको सभाकक्षमा आयोजित एक कार्यक्रमका बीच ‘कर्णालीको पत्रकारिता’ पुस्तक सार्वजनिक गरिएको छ। कर्णाली क्षेत्रका अग्रज पत्रकार, लेखक तथा अनुसन्धानकर्ताहरूको उपस्थितिमा उक्त पुस्तक सार्वजनिक गरिएको हो।
 मुचु नाम्खाको उत्कृष्ट स्वास्थ्य संस्था 

 मुचु नाम्खाको उत्कृष्ट स्वास्थ्य संस्था 

गाउँपालिकाको स्वास्थ्य शाखाले गरेको वार्षिक समिक्षा कार्यक्रममा गएको आर्थिक वर्ष मुचुले उत्कृष्ट कार्य सम्पादन गरेको भन्दै पुरस्कृत गरेको स्वास्थ्य शाखा संयोजक ग्याछो लामाले जानकारी दिए । 
त्रिशूलीमै अस्ताए ताँजकोटका  नवकुल

त्रिशूलीमै अस्ताए ताँजकोटका  नवकुल

गोरखा जिल्लाको गण्डकी गाउँपालिका–८ भर्खेघाटस्थित त्रिशूली नदी किनारमा भेटिएको शव शर्माकै भएको पुष्टी गरेर आफन्तले बुझेको गोरखाका सहायक प्रमुख जिल्ला अधिकारी नेत्र शर्माले पुष्टी गर्नुभयो ।