नेभिगेशन
समाज

नेपाल नेत्र ज्योति संघ जिल्ला आँखा उपचार केन्द्रको भवन उद्घाटन

नेपाल नेत्र ज्योति संघ अन्तर्गत सञ्चालित हुम्ला जिल्ला आँखा उपचार केन्द्रको नवनिर्मित भवन आज एक विशेष समारोह बीच उद्घाटन गरिएको छ । आधुनिक सुविधा सहितको दुई तले संरचना निर्माण सम्पन्न भएपछि जिल्लावासीले गुणस्तरीय आँखा उपचार सेवा सहज रूपमा पाउने भएका छन् ।

 

करीब ९४ लाख ९१ हजार १ सय ४४ रुपैयाँ लागतमा बनेको भवन निर्माणका लागि आई केयर फाउन्डेसनले ६४ लाख ६८ हजार ८ सय ६३ रुपैयाँ, कर्णाली प्रदेश सरकारको शर्तबद्ध अनुदानमार्फत सिमकोट गाउँपालिकाले ३० लाख रुपैयाँ, र नेत्र ज्योति संघ चितवन शाखाले १ लाख रुपैयाँ सहयोग गरेका थिए । नयाँ भवनको तल्लो तलामा सेवा कक्ष, शल्यकक्ष, परामर्श कक्ष, प्रतीक्षा कक्ष तथा अत्याधुनिक उपकरणहरू स्थापना गरिएको छ ।

माथिल्लो तल्लामा स्टाफका लागि आवश्यक कोठाहरू रहेको उपचार केन्द्रले जानकारी दिएको छ। अब मोतियाविन्दु शल्यक्रिया, दृष्टि परीक्षण, बाल आँखासम्बन्धी सेवा, आँखा संक्रमण उपचार लगायतका सेवाहरू अझ व्यवस्थित र प्रभावकारी रूपमा सञ्चालन गरिने छ ।

उपचार केन्द्रका प्रमुख बुम बोहराका अनुसार हरेक वर्ष विभिन्न सहयोगी संस्थाको समन्वयमा सञ्चालन हुँदै आएको निःशुल्क आँखा शिविर तथा शल्यक्रियाहरू अब आधुनिक भवनले झनै सुगम बनाउनेछन ।नेपाल नेत्र ज्योति संघ कर्णाली प्रदेशका सभापति तथा केन्द्रीय उपाध्यक्ष तिलक बहादुर मल्लले सामान्य अवस्थाबाट सुरु भएको आँखा उपचार सेवा आज आधुनिक संरचना र उपकरण सहितको सेवामा रूपान्तरण हुनु हुम्लावासीको भरोसा तथा संस्थाको निरन्तर प्रतिबद्धताको परिणाम भएको बताएका छनको छ ।संघका केन्द्रीय महासचिव भरतबहादुर चन्दले कर्णालीका दुर्गम बस्तीमा मोबाइल एप्समार्फत आँखाको प्रारम्भिक परीक्षण सेवा विस्तार गरिनेसमेत जानकारी दिएका छन ।

आई केयर फाउन्डेसन नेपालका केन्द्रीय डाइरेक्टर तथा कार्यक्रम प्रवद्र्धक अनिल गोरखालीले आधुनिक भवन सञ्चालनमा आएपछि हुम्लेलीहरू आधारभूत आँखाउपचारमा सहज पहुँच प्राप्त गर्ने बताएका छनका छन ।

 

सिमकोट गाउँपालिकाका अध्यक्ष विजय भण्डारीले अब गुणस्तरीय आँखा उपचारका लागि बाहिरी जिल्लामा धाउनुपर्ने बाध्यता अन्त्य हुने विश्वास व्यक्त गर्दै गाउँपालिकाबाट आवश्यक सहयोग निरन्तर रहने बताएका छन।उद्घाटन कार्यक्रममा प्रमुख जिल्ला अधिकारी टेककुमार रेग्मी, हिमालय आँखा अस्पतालका प्राध्यापक डा. ज्ञानबहादुर काकी, र राजनीतिक दल तथा विभिन्न संघ–संस्थाका प्रतिनिधिहरू— राप्रपा नेपालका जिल्ला अध्यक्ष विकास महत, नेपाल रेडक्रस सोसाइटी हुम्लाका सभापति गणेश महत, नेपाल पत्रकार महासंघ हुम्लाका उपसभापति छपाल लामा लगायतले नयाँ भवन सञ्चालनमा आएपछि आँखा उपचारका लागि अन्य जिल्लातिर धाउनुपर्ने समस्या अन्त्य हुने धारणा राखेका थिए  ।नेत्र ज्योति संघ हुम्लाका सभापति नर बहादुर रोकायाले लामो प्रयास, विभिन्न निकायको सहकार्य तथा स्थानीयको साथले भवन निर्माण सम्पन्न भएको उल्लेख गर्दै बाँकी आवश्यक उपकरण र पूर्वाधारका लागि अझै सहयोग अपेक्षित रहेको बताएका छन । उनले नै उद्घाटन समारोहको समापन गरेका थिए । 
ब्रेकर 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज
हुम्लामा दोस्रो पटक हिमपात

हुम्लामा दोस्रो पटक हिमपात

गएको वर्ष कार्तिक,मंसिर, पुष महिनाबाट सुरु हुने हिमपात यस वर्ष माघ महिनाबाट हिमपात हुन थालेका हो । गत माघ ९ गते पहिलो पटक हुम्लामा हिमपात भएको थियो भने...
निर्वाचनमा आचार संहिता उंलघनको अनुगमन गर्ने जिम्मा सहायक प्रमुख जिल्ला अधिकारीलाई

निर्वाचनमा आचार संहिता उंलघनको अनुगमन गर्ने जिम्मा सहायक प्रमुख जिल्ला अधिकारीलाई

निर्वाचन आयोगले निर्वाचनका क्रममा दलहरुबाट हुनसक्ने निर्वाचन आचारसंहिता उल्लंघनका विषयमा अनुगमन गर्न सहायक प्रमुख जिल्ला अधिकारीलाई आचारसंहिता अनुगमन अधिकृतका रुपमा तोक्ने निर्णय गरेको छ ।
हुम्लामा यो वर्षको पहिलो हिमपात, किसान खुसी

हुम्लामा यो वर्षको पहिलो हिमपात, किसान खुसी

शुक्रबार राती देखी हुम्लामा हिमपात भएको छ । गएको असोज महिना यतादेखी हुम्लामा पानी परेको थिएन । लामो समयको हिमपातले हुम्लाका किसानहरू खुसी भएका छन् । हिमपातले खडेरीले...
मानव अधिकार एलाइन्स हुम्लाको जिल्ला भेला तथा अन्तक्रिया सम्पन्न

मानव अधिकार एलाइन्स हुम्लाको जिल्ला भेला तथा अन्तक्रिया सम्पन्न

नेकपा एमालेको भातृ संगठन मानव अधिकार एलाइन्स हुम्लाको दोस्रो जिल्ला भेला तथा प्रतिनिधि सभाको चुनाव र नागरिक समाजको भुमिकाका बारेमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
भर्खरै