नेभिगेशन
समाज

सिमकोट गाउँपालिकाको वार्षिक समिक्षा गोष्ठी सम्पन्न

सिमकोट 

सिमकोट गाउँपालिकाको वार्षिक समिक्षा गोष्ठी भएको छ । उच्च हिमाली, विविधतायुक्त, व्यापारिक र पर्यटकिय सहर, समृद्ध हाम्रो सिमकोट नहर भन्ने मुल नाराका साथ सिमकोट गाउँपालिकाको आर्थिक वर्ष २०८१÷८२ को वार्षिक समिक्षा गोष्ठी शुक्रबार गरिएको छ । आर्थिक वर्ष सम्पन्न भएको पाँच महिनापछि सिमकोट गाउँपालिकाले आफ्नो बार्षिक समिक्षा गोष्ठी गरेको हो ।

उक्त समिक्षा गोष्ठीमा सिमकोट गाउँपालिाका प्रमुख प्रसासकिय अधिकृत वर्ष बहादुर फडेरा कार्कीले यो आर्थिक वर्षको बार्षिक प्रतिवेदन पढेर सुनाउनु भएको थियो । सबै वडा भित्रको भौगोलिक, सामाजिक, आथिक, धामिक, प्राकिृतिक र मानविय जिवका हरेक पक्षहरुका बारेमा जानकारी प्राप्त हुने, गाउापालिकाको वास्तविक अवस्था तथा सुचना व्यवस्थापन गर्न मदत पुग्ने र कृषि क्षेत्रको सुचनालाई गाउँपालिका तथा जिल्ला, प्रदेश र केन्द्र तहको सुचना आवद्ध गरी जिल्ला, प्रदेश तथा केन्द्र तहको सुचना वयवस्थापनमा सहयोग पुग्ने, सिमकोट गाउँपालिकाको परिचय, एतिहासिक पृष्टभुमी, चाडपर्व,धर्म तथा संस्कृति, लुवाई, खुवाई, भेषभुषा लगाएतका कुरा वाषर््िाक प्रतिवेदनमा उल्लेख गरिएका थिए । यो वर्षको राजश्व ३४ लाख ९९ हजार तिन सय उठाएको प्रमुख फडेराले बताउनु भयो ।

यो आर्थिक वर्षमा जम्मा ११८ ओटा योजना गरेको र ७६ वटा योजना सम्झौता गरेको, ११७ योजना सम्पन्न भएको बताइएको छ । सिमकोट गाउँपापलकाको ९४.४१ प्रतिशत बजेट खर्च भएको पाइएको छ । यसैगरी हुम्ला उघोग वाण्ज्यि संघका अध्यक्ष राम बहादुर भण्डारीले जिल्लामा आउने आन्तरिक तथा बाह्रय पर्यटकको शुल्क उधारो किन भयो भन्ने प्रश्न गनुभएको थियो । राप्रपा नेपालका जिल्ला अध्यक्ष विकास महतले वाषर््िाक समिक्षा मात्र नभएर जनताको हितमा रहेर काम गर्न र प्रगती बाधा अड्कनमा मदत पुग्ने काम गनुपर्ने र कर्मचारी र जनप्रतिनिधीले अनुसासनमा रहेर काम गर्न पनि सुझाब दिनुभएको छ ।

नेकपा एमाले जिल्ला कमिटी हुम्लाका सचिव तिर्थराज बोहराले यो समिक्षा अगाडी हुनुपर्नेमा ढिलागरी समिक्षा गरेकोमा आपत्ति जनाउनु भयो । सिमकोटले विशेष गरी कृषी र पुर्वाधारमा रहेर काम गर्न आग्रह गनु भएको छ ।
बताउनु भयो । गाउँपालिकाका अध्यक्ष विजय भण्डारी र प्रमुख जिल्ला अधिकारी टेक कुमार रेग्मीको प्रमुख अतिथीमा सञ्चालन भएके समिक्षा गोष्ठी समन्वयका कावा प्रमुख सरीता रावतले पानसमा बत्ती बालेर रेग्मीले ब्यानर पढेर उद्धघाटन गनु भएको थियो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज
हिमाली जडीबुटीहरुको स्रोत सर्वेक्षण सम्बन्धी दुई दिने अन्तरक्रिया कार्यक्रम सञ्चालन

हिमाली जडीबुटीहरुको स्रोत सर्वेक्षण सम्बन्धी दुई दिने अन्तरक्रिया कार्यक्रम सञ्चालन

हिमाली जिल्लामा जडीबुटीको सा्रेत सर्वेक्षण कसरी जोगाउन सकिन्छ, यसको दिगोपन कसरी गरिन्छ भन्ने विषयमा पनि छलफल भएको छ । हुम्लामा सामुदायिक वन जडीबुटीका कारण आम्दानीको लागी महत्वपुर्ण स्रोत...
हुम्लामा मनाइयो ११ औँ उद्योग दिवस

हुम्लामा मनाइयो ११ औँ उद्योग दिवस

औघोगिक वातावरण सुधार, दिगो अर्थतन्त्रको आधार भन्ने मूल नाराका साथ उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय हुम्लाले मगंलबार एक कार्यक्रमको आयोजना गरी ११ औँ उद्योग दिवस मनाइएको छ...
भर्खरै