नेभिगेशन
समाज

सिमकोट गाउँपालिकाको वार्षिक समिक्षा गोष्ठी सम्पन्न

सिमकोट 

सिमकोट गाउँपालिकाको वार्षिक समिक्षा गोष्ठी भएको छ । उच्च हिमाली, विविधतायुक्त, व्यापारिक र पर्यटकिय सहर, समृद्ध हाम्रो सिमकोट नहर भन्ने मुल नाराका साथ सिमकोट गाउँपालिकाको आर्थिक वर्ष २०८१÷८२ को वार्षिक समिक्षा गोष्ठी शुक्रबार गरिएको छ । आर्थिक वर्ष सम्पन्न भएको पाँच महिनापछि सिमकोट गाउँपालिकाले आफ्नो बार्षिक समिक्षा गोष्ठी गरेको हो ।

उक्त समिक्षा गोष्ठीमा सिमकोट गाउँपालिाका प्रमुख प्रसासकिय अधिकृत वर्ष बहादुर फडेरा कार्कीले यो आर्थिक वर्षको बार्षिक प्रतिवेदन पढेर सुनाउनु भएको थियो । सबै वडा भित्रको भौगोलिक, सामाजिक, आथिक, धामिक, प्राकिृतिक र मानविय जिवका हरेक पक्षहरुका बारेमा जानकारी प्राप्त हुने, गाउापालिकाको वास्तविक अवस्था तथा सुचना व्यवस्थापन गर्न मदत पुग्ने र कृषि क्षेत्रको सुचनालाई गाउँपालिका तथा जिल्ला, प्रदेश र केन्द्र तहको सुचना आवद्ध गरी जिल्ला, प्रदेश तथा केन्द्र तहको सुचना वयवस्थापनमा सहयोग पुग्ने, सिमकोट गाउँपालिकाको परिचय, एतिहासिक पृष्टभुमी, चाडपर्व,धर्म तथा संस्कृति, लुवाई, खुवाई, भेषभुषा लगाएतका कुरा वाषर््िाक प्रतिवेदनमा उल्लेख गरिएका थिए । यो वर्षको राजश्व ३४ लाख ९९ हजार तिन सय उठाएको प्रमुख फडेराले बताउनु भयो ।

यो आर्थिक वर्षमा जम्मा ११८ ओटा योजना गरेको र ७६ वटा योजना सम्झौता गरेको, ११७ योजना सम्पन्न भएको बताइएको छ । सिमकोट गाउँपापलकाको ९४.४१ प्रतिशत बजेट खर्च भएको पाइएको छ । यसैगरी हुम्ला उघोग वाण्ज्यि संघका अध्यक्ष राम बहादुर भण्डारीले जिल्लामा आउने आन्तरिक तथा बाह्रय पर्यटकको शुल्क उधारो किन भयो भन्ने प्रश्न गनुभएको थियो । राप्रपा नेपालका जिल्ला अध्यक्ष विकास महतले वाषर््िाक समिक्षा मात्र नभएर जनताको हितमा रहेर काम गर्न र प्रगती बाधा अड्कनमा मदत पुग्ने काम गनुपर्ने र कर्मचारी र जनप्रतिनिधीले अनुसासनमा रहेर काम गर्न पनि सुझाब दिनुभएको छ ।

नेकपा एमाले जिल्ला कमिटी हुम्लाका सचिव तिर्थराज बोहराले यो समिक्षा अगाडी हुनुपर्नेमा ढिलागरी समिक्षा गरेकोमा आपत्ति जनाउनु भयो । सिमकोटले विशेष गरी कृषी र पुर्वाधारमा रहेर काम गर्न आग्रह गनु भएको छ ।
बताउनु भयो । गाउँपालिकाका अध्यक्ष विजय भण्डारी र प्रमुख जिल्ला अधिकारी टेक कुमार रेग्मीको प्रमुख अतिथीमा सञ्चालन भएके समिक्षा गोष्ठी समन्वयका कावा प्रमुख सरीता रावतले पानसमा बत्ती बालेर रेग्मीले ब्यानर पढेर उद्धघाटन गनु भएको थियो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

महताराले रेडियो कर्णाली आवाजको कार्यक्रम संयोजकका रुपमा कार्यरत हुनुहुन्छ । उहाँले साप्ताहिक रेडियो कार्यक्रम 'हाम्रो पालिका', 'वाल आावाज', 'महिला आवाज', 'कचहरी कार्यक्रम' र समाचारको संयोजन गर्नुहुन्छ । 

थप समाज
कर्मफ्लाइट्स फाउण्डेशनले सिमकोटका पन्ध्र सय बालबालिकालाई  न्यानो कपडा सहयोग गर्ने

कर्मफ्लाइट्स फाउण्डेशनले सिमकोटका पन्ध्र सय बालबालिकालाई न्यानो कपडा सहयोग गर्ने

वालवालिकाका क्षेत्रमा काम गर्दै आएको कर्मफ्लाइट्स फाउण्डेशन नेपालले सिमकोट गाउँपालिकाका १७ विद्यालयका १ हजार पाँच सय विद्यार्थीका लागि ज्याकेट, जुत्ता र मोजा उपलब्ध गराउने सम्झौता अनुसार उक्त सामाग्र...
 ‘कर्णालीको पत्रकारिता’ सार्वजनिक 

 ‘कर्णालीको पत्रकारिता’ सार्वजनिक 

प्रेस काउन्सिल नेपालको सभाकक्षमा आयोजित एक कार्यक्रमका बीच ‘कर्णालीको पत्रकारिता’ पुस्तक सार्वजनिक गरिएको छ। कर्णाली क्षेत्रका अग्रज पत्रकार, लेखक तथा अनुसन्धानकर्ताहरूको उपस्थितिमा उक्त पुस्तक सार्वजनिक गरिएको हो।
 मुचु नाम्खाको उत्कृष्ट स्वास्थ्य संस्था 

 मुचु नाम्खाको उत्कृष्ट स्वास्थ्य संस्था 

गाउँपालिकाको स्वास्थ्य शाखाले गरेको वार्षिक समिक्षा कार्यक्रममा गएको आर्थिक वर्ष मुचुले उत्कृष्ट कार्य सम्पादन गरेको भन्दै पुरस्कृत गरेको स्वास्थ्य शाखा संयोजक ग्याछो लामाले जानकारी दिए । 
त्रिशूलीमै अस्ताए ताँजकोटका  नवकुल

त्रिशूलीमै अस्ताए ताँजकोटका  नवकुल

गोरखा जिल्लाको गण्डकी गाउँपालिका–८ भर्खेघाटस्थित त्रिशूली नदी किनारमा भेटिएको शव शर्माकै भएको पुष्टी गरेर आफन्तले बुझेको गोरखाका सहायक प्रमुख जिल्ला अधिकारी नेत्र शर्माले पुष्टी गर्नुभयो ।