नेभिगेशन
समाज

कैलास आधारभुत बिधालयमा कक्षा कोठाको अभाव, पठनपाठनमा समस्या


खार्पुनाथ गाउँपालिका वडा नं १ को पिडामा रहेको कैलास आधारभुत बिधालयका कक्षा कोठाको अभाब भएको छ । कक्षा कोठाको अभाव हुदा पठनपाठनमा समस्या भएको प्रध्यानाध्यापक लाल बहादुर शाहीले बताउनु भएको छ । हाल बालबिकासमा ५३ जना विद्यार्थी रहेको र बाल बिकासको लागी चार वटा कोठाको हुनुपर्नेमा कोठा नहुदा एउटै कोठामा पठनपाठन गनु परेको अवस्था रहेको प्रअ शाहीले बताउनु भएको छ । 

सबै विद्यार्थी एउटै कोठामा कोचिएर बस्दा बिभिन्न किसिमका रोगहरु लाग्ेन सम्भाबना धेरै भएको उहाँले बताउनु भयो । अहिले चिसोको समयमा त तेती समस्या नभएको र बर्षाको समयमा बिभिन्न किसिमका रोग लाग्ने समस्या भएको बताउनु भएको छ । 

बालबिकास देखी कक्षा आठ सम्म पढाई हुने उक्त बिद्यालयमा जम्मा एक सय पचास जना बिद्यार्थी पठनपाठन गर्दै आएका छन । सो बिद्यालयमा घेरबारको समस्या पनि उस्तै छ । प्रअ शाहीले भन्नुभयो भएका कक्षा कोठाको पनि राम्रोसँग व्यवस्थापन छैन, सिलिङ छैन, धुलो धुवोले पठनपाठनमा समस्या गर्छ, हाल चार वटा शौचालय भएपनि जिण अवस्थामा छन । खेल मैदानको समस्या तेस्तै रहेको छ । उक्त बिद्यालयमा शिक्षकको दरबन्दी राम्रो भएपनि भौतिक संरचनाको आवश्यक देखिएको छ । 
विद्यार्थीलाई दिवा खाजा बनाउने भान्साको पनि आवश्यक रहेको छ । प्रअ शाहीले भन्नुभयो आफुले खार्पुनाथ गाउँपालिकामा चार, पाँच चोटी निवेदन दिएपनि कुनै सुनुवाई नभएको गुनासो गर्नुभएको छ । यो विषयमा खार्पुनाथ गाउँपालिकाका उपाध्यक्ष ज्ञान बहादुर शाहीलाई सोध्दा आवश्यक भौतिक तथा शैक्षिक सामाग्रीको समस्याको समाधान गरिने बताउनु भएको छ । 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

महताराले रेडियो कर्णाली आवाजको कार्यक्रम संयोजकका रुपमा कार्यरत हुनुहुन्छ । उहाँले साप्ताहिक रेडियो कार्यक्रम 'हाम्रो पालिका', 'वाल आावाज', 'महिला आवाज', 'कचहरी कार्यक्रम' र समाचारको संयोजन गर्नुहुन्छ । 

थप समाज
कर्मफ्लाइट्स फाउण्डेशनले सिमकोटका पन्ध्र सय बालबालिकालाई  न्यानो कपडा सहयोग गर्ने

कर्मफ्लाइट्स फाउण्डेशनले सिमकोटका पन्ध्र सय बालबालिकालाई न्यानो कपडा सहयोग गर्ने

वालवालिकाका क्षेत्रमा काम गर्दै आएको कर्मफ्लाइट्स फाउण्डेशन नेपालले सिमकोट गाउँपालिकाका १७ विद्यालयका १ हजार पाँच सय विद्यार्थीका लागि ज्याकेट, जुत्ता र मोजा उपलब्ध गराउने सम्झौता अनुसार उक्त सामाग्र...
 ‘कर्णालीको पत्रकारिता’ सार्वजनिक 

 ‘कर्णालीको पत्रकारिता’ सार्वजनिक 

प्रेस काउन्सिल नेपालको सभाकक्षमा आयोजित एक कार्यक्रमका बीच ‘कर्णालीको पत्रकारिता’ पुस्तक सार्वजनिक गरिएको छ। कर्णाली क्षेत्रका अग्रज पत्रकार, लेखक तथा अनुसन्धानकर्ताहरूको उपस्थितिमा उक्त पुस्तक सार्वजनिक गरिएको हो।
 मुचु नाम्खाको उत्कृष्ट स्वास्थ्य संस्था 

 मुचु नाम्खाको उत्कृष्ट स्वास्थ्य संस्था 

गाउँपालिकाको स्वास्थ्य शाखाले गरेको वार्षिक समिक्षा कार्यक्रममा गएको आर्थिक वर्ष मुचुले उत्कृष्ट कार्य सम्पादन गरेको भन्दै पुरस्कृत गरेको स्वास्थ्य शाखा संयोजक ग्याछो लामाले जानकारी दिए । 
त्रिशूलीमै अस्ताए ताँजकोटका  नवकुल

त्रिशूलीमै अस्ताए ताँजकोटका  नवकुल

गोरखा जिल्लाको गण्डकी गाउँपालिका–८ भर्खेघाटस्थित त्रिशूली नदी किनारमा भेटिएको शव शर्माकै भएको पुष्टी गरेर आफन्तले बुझेको गोरखाका सहायक प्रमुख जिल्ला अधिकारी नेत्र शर्माले पुष्टी गर्नुभयो ।