नेभिगेशन
समाज

हुम्लामा निशुल्क लोकसेवा तयारी कक्षा सञ्चालन गरिने


हुम्लामा  निशुल्क लोकसेवा तयारी कक्षा सञ्चालन गरिने  भएको छ । हुम्ला जिल्लाका तिन वटा गाउँपालिका नाम्खा, सिमकोट, खार्पुनाथ, सामाजिक बिकास कार्यालय र आधार बिकास नेपालको पहलमा  यहि पौष महिनाको एक गतेबाट निशुल्क लोकसेवा तयारी कक्षा सञ्चालन हुने भएको सामाजिक बिकास कार्यालय हुम्लाका प्रमुख  ईश्वर   बहादुर सिहले बताउनु भएको छ । सिमकोट, नाम्खा, खार्पुनाथ गाउँपालिकाका अध्यक्ष, सामाजिक बिकास कार्यालयका प्रमुख, आधार बिकास कार्यालयका प्रमुखहरुको बसेको बैठकले यस्तो निर्णय गरेको छ । बुधबार सिमकोट गाउँपालिकाका अध्यक्ष विजय भण्डारीको अध्यक्षतामा बसेको उक्त बैठकले यहि पौष महिनाको एक गतेबाट  निशुल्क लोकसेवा तयारी कक्षा सञ्चालनका लागी जिल्लामा प्रचार प्रसारलाई तिव्र पार्ने, लोक सेवा तयारी कक्षा सञ्चालनको लागी सामाजिक बिकास कार्यालयका प्रमुख ईश्वर बहादुर सिंहको अध्यक्षतामा सात सदस्यीय सञ्चालक समिति बनाइएको छ । हुम्ला जिल्लामा लोक सेवा तथा अन्य आयोग तयारीका लागी उपयुक्त वातावरण निमार्ण गरी लोक सेवा तयारीको क्षेत्रमा हुम्ला जिल्लालाई एक अब्बल जिललाको रुपमा स्थागित गर्ने उदेश्यका साथ यो तयारी कक्षा सञ्चालन गरिने भएको प्रमुख सिंहले बताउनु भएको छ । योग्यता पुगेका तथा इच्छुक व्यक्ती सिमान्तकृत, दलितर गरिब युवा युवतीहरूलाई लोकसेवा आयोगमा प्रवेश गराउन सहयोग पु¥याउने उद्धेश्यले निःशुल्क लोकसेवा आयोगको तयारी कक्षा सञ्चालन गर्न लागिएको हो । जिल्लाका अरु गाउँपालिकालाई पनि सहभागीता जनाउन आग्रह गरिएको छ । हुम्ला जिल्लास्थित सम्पुर्ण क्याम्पस र कक्षा बाह्रमा अध्ययनरत बिधार्थी तथा अन्य ईच्छुक व्यक्तिलाई कार्यक्रममा अनिवार्य उपस्थितीका लागि पनि आह्रवान गरिएको छ । लोक सेवा तयारी कक्षा जिल्लामा सञ्चालन हुने भएपछि गरिब, तथा दलित समुदायका विद्यार्थीलाई राहत हुने भएको छ । सुरुमा यो तयारी कक्षा ६ महिना हुने त्यसपछि निरन्तर सञ्चालन हुने भएको प्रमुख सिंहले बताउनुभयो ।  खरिदार, सुब्वा, लगायत चौथो र पाचौ तहका सबै कक्षा सञ्चालन हुने भएको छन । भोली बिहान ११ बजे मानसरोवर नमुना माविमा कार्यक्रम सञ्चालन गरिने भएको छ । जिल्लाका सिडियो लगायतले तयारी कक्षा सञ्चालन गर्ने भएका छन । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

महताराले रेडियो कर्णाली आवाजको कार्यक्रम संयोजकका रुपमा कार्यरत हुनुहुन्छ । उहाँले साप्ताहिक रेडियो कार्यक्रम 'हाम्रो पालिका', 'वाल आावाज', 'महिला आवाज', 'कचहरी कार्यक्रम' र समाचारको संयोजन गर्नुहुन्छ । 

थप समाज
कर्मफ्लाइट्स फाउण्डेशनले सिमकोटका पन्ध्र सय बालबालिकालाई  न्यानो कपडा सहयोग गर्ने

कर्मफ्लाइट्स फाउण्डेशनले सिमकोटका पन्ध्र सय बालबालिकालाई न्यानो कपडा सहयोग गर्ने

वालवालिकाका क्षेत्रमा काम गर्दै आएको कर्मफ्लाइट्स फाउण्डेशन नेपालले सिमकोट गाउँपालिकाका १७ विद्यालयका १ हजार पाँच सय विद्यार्थीका लागि ज्याकेट, जुत्ता र मोजा उपलब्ध गराउने सम्झौता अनुसार उक्त सामाग्र...
 ‘कर्णालीको पत्रकारिता’ सार्वजनिक 

 ‘कर्णालीको पत्रकारिता’ सार्वजनिक 

प्रेस काउन्सिल नेपालको सभाकक्षमा आयोजित एक कार्यक्रमका बीच ‘कर्णालीको पत्रकारिता’ पुस्तक सार्वजनिक गरिएको छ। कर्णाली क्षेत्रका अग्रज पत्रकार, लेखक तथा अनुसन्धानकर्ताहरूको उपस्थितिमा उक्त पुस्तक सार्वजनिक गरिएको हो।
 मुचु नाम्खाको उत्कृष्ट स्वास्थ्य संस्था 

 मुचु नाम्खाको उत्कृष्ट स्वास्थ्य संस्था 

गाउँपालिकाको स्वास्थ्य शाखाले गरेको वार्षिक समिक्षा कार्यक्रममा गएको आर्थिक वर्ष मुचुले उत्कृष्ट कार्य सम्पादन गरेको भन्दै पुरस्कृत गरेको स्वास्थ्य शाखा संयोजक ग्याछो लामाले जानकारी दिए । 
त्रिशूलीमै अस्ताए ताँजकोटका  नवकुल

त्रिशूलीमै अस्ताए ताँजकोटका  नवकुल

गोरखा जिल्लाको गण्डकी गाउँपालिका–८ भर्खेघाटस्थित त्रिशूली नदी किनारमा भेटिएको शव शर्माकै भएको पुष्टी गरेर आफन्तले बुझेको गोरखाका सहायक प्रमुख जिल्ला अधिकारी नेत्र शर्माले पुष्टी गर्नुभयो ।