नेभिगेशन
समाज

हुम्लामा निशुल्क लोकसेवा तयारी कक्षा सञ्चालन गरिने


हुम्लामा  निशुल्क लोकसेवा तयारी कक्षा सञ्चालन गरिने  भएको छ । हुम्ला जिल्लाका तिन वटा गाउँपालिका नाम्खा, सिमकोट, खार्पुनाथ, सामाजिक बिकास कार्यालय र आधार बिकास नेपालको पहलमा  यहि पौष महिनाको एक गतेबाट निशुल्क लोकसेवा तयारी कक्षा सञ्चालन हुने भएको सामाजिक बिकास कार्यालय हुम्लाका प्रमुख  ईश्वर   बहादुर सिहले बताउनु भएको छ । सिमकोट, नाम्खा, खार्पुनाथ गाउँपालिकाका अध्यक्ष, सामाजिक बिकास कार्यालयका प्रमुख, आधार बिकास कार्यालयका प्रमुखहरुको बसेको बैठकले यस्तो निर्णय गरेको छ । बुधबार सिमकोट गाउँपालिकाका अध्यक्ष विजय भण्डारीको अध्यक्षतामा बसेको उक्त बैठकले यहि पौष महिनाको एक गतेबाट  निशुल्क लोकसेवा तयारी कक्षा सञ्चालनका लागी जिल्लामा प्रचार प्रसारलाई तिव्र पार्ने, लोक सेवा तयारी कक्षा सञ्चालनको लागी सामाजिक बिकास कार्यालयका प्रमुख ईश्वर बहादुर सिंहको अध्यक्षतामा सात सदस्यीय सञ्चालक समिति बनाइएको छ । हुम्ला जिल्लामा लोक सेवा तथा अन्य आयोग तयारीका लागी उपयुक्त वातावरण निमार्ण गरी लोक सेवा तयारीको क्षेत्रमा हुम्ला जिल्लालाई एक अब्बल जिललाको रुपमा स्थागित गर्ने उदेश्यका साथ यो तयारी कक्षा सञ्चालन गरिने भएको प्रमुख सिंहले बताउनु भएको छ । योग्यता पुगेका तथा इच्छुक व्यक्ती सिमान्तकृत, दलितर गरिब युवा युवतीहरूलाई लोकसेवा आयोगमा प्रवेश गराउन सहयोग पु¥याउने उद्धेश्यले निःशुल्क लोकसेवा आयोगको तयारी कक्षा सञ्चालन गर्न लागिएको हो । जिल्लाका अरु गाउँपालिकालाई पनि सहभागीता जनाउन आग्रह गरिएको छ । हुम्ला जिल्लास्थित सम्पुर्ण क्याम्पस र कक्षा बाह्रमा अध्ययनरत बिधार्थी तथा अन्य ईच्छुक व्यक्तिलाई कार्यक्रममा अनिवार्य उपस्थितीका लागि पनि आह्रवान गरिएको छ । लोक सेवा तयारी कक्षा जिल्लामा सञ्चालन हुने भएपछि गरिब, तथा दलित समुदायका विद्यार्थीलाई राहत हुने भएको छ । सुरुमा यो तयारी कक्षा ६ महिना हुने त्यसपछि निरन्तर सञ्चालन हुने भएको प्रमुख सिंहले बताउनुभयो ।  खरिदार, सुब्वा, लगायत चौथो र पाचौ तहका सबै कक्षा सञ्चालन हुने भएको छन । भोली बिहान ११ बजे मानसरोवर नमुना माविमा कार्यक्रम सञ्चालन गरिने भएको छ । जिल्लाका सिडियो लगायतले तयारी कक्षा सञ्चालन गर्ने भएका छन । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज
कैलास आधारभुत बिधालयमा कक्षा कोठाको अभाव, पठनपाठनमा समस्या

कैलास आधारभुत बिधालयमा कक्षा कोठाको अभाव, पठनपाठनमा समस्या

खार्पुनाथ गाउँपालिका वडा नं १ को पिडामा रहेको कैलास आधारभुत बिधालयका कक्षा कोठाको अभाब भएको छ । कक्षा कोठाको अभाव हुदा पठनपाठनमा समस्या भएको प्रध्यानाध्यापक लाल बहादुर शाहीले...
सिमकोट गाउँपालिकाको वार्षिक समिक्षा गोष्ठी सम्पन्न

सिमकोट गाउँपालिकाको वार्षिक समिक्षा गोष्ठी सम्पन्न

सिमकोट गाउँपालिकाको वार्षिक समिक्षा गोष्ठी भएको छ । उच्च हिमाली, विविधतायुक्त, व्यापारिक र पर्यटकिय सहर, समृद्ध हाम्रो सिमकोट नहर भन्ने मुल नाराका साथ सिमकोट गाउँपालिकाको आर्थिक वर्ष २०८१÷८२...
हिमाली जडीबुटीहरुको स्रोत सर्वेक्षण सम्बन्धी दुई दिने अन्तरक्रिया कार्यक्रम सञ्चालन

हिमाली जडीबुटीहरुको स्रोत सर्वेक्षण सम्बन्धी दुई दिने अन्तरक्रिया कार्यक्रम सञ्चालन

हिमाली जिल्लामा जडीबुटीको सा्रेत सर्वेक्षण कसरी जोगाउन सकिन्छ, यसको दिगोपन कसरी गरिन्छ भन्ने विषयमा पनि छलफल भएको छ । हुम्लामा सामुदायिक वन जडीबुटीका कारण आम्दानीको लागी महत्वपुर्ण स्रोत...
भर्खरै