नेभिगेशन
समाज

सिमकोट गाउँपालिकामा क वर्ग अपांगता भएकालाई घरमै अण्डा वितरण

सिमकोट ।                  सिमकोट गाउँपालिकाले ३४ औं अन्तर्राष्ट्रिय अपांग दिवस–२०८२ का अवसरमा क वर्गका पूर्ण अपांगता भएका व्यक्तिहरूप्रति सम्मानस्वरूप प्रति व्यक्ति १ क्यारेट अण्डा वितरण गर्दै सामाजिक सुरक्षा तथा पोषणमुखी कार्यक्रमको शुभारम्भ गरेको छ।

गाउँपालिकाभित्र रहेका जुनसुकै उमेर समूहका पूर्ण अपांगता भएका लक्षित वर्ग, साहारा समूहका बालबालिका तथा हेड नेपालको संरक्षणमा रहेका बालबालिकालाई समेत समेट्दै घरदैलोमै अण्डा वितरण कार्यक्रम सुरु गरिएको हो।

पहिलो दिन वडा नं. ६ का ९ जना लाभग्राहीलाई अण्डा वितरण गरिएको उपाध्यक्ष शुसिला रोकाया भामले जानकारी दिनुभयो।

भोलिदेखि गाउँपालिकाका बाँकी ८ वटै वडामा जनप्रतिनिधि तथा कर्मचारीहरूको टोलीसहित घरघरमै गएर वितरण गरिने बताइएको छ।

गाउँपालिका अध्यक्ष विजय भण्डारी ‘प्रतिरोध’ का अनुसार यस कार्यक्रममार्फत जम्मा ८२ जना लाभान्वित हुनेछन्। उहाँले विगतमा जस्तै र्‍याली र औपचारिक भाषणभन्दा फरक ढंगले, यस वर्ष राहतमुखी र सामाजिक सुरक्षा केन्द्रित कार्यक्रमलाई प्राथमिकता दिइएको बताउनु भयो।

यस किसिमका कार्यक्रमले अपांगता भएका व्यक्तिहरूको सामाजिक संरक्षण, सहअस्तित्व, जीवनयापनको हकको सुनिश्चितता तथा स्वास्थ्य–पोषण सुधारमा महत्वपूर्ण योगदान पुग्ने विश्वास गरेका छौँ,अध्यक्ष भण्डारीले भन्नुभयो।

आजको कार्यक्रममा गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, प्रवक्ता तथा वडा नं. ६ का अध्यक्ष नन्द रावत, विभिन्न शाखाका कर्मचारी तथा सुस्वाका सामाजिक परिचालकहरूको सहभागिता रहेको थियो।

जनप्रतिनिधिहरूले आगामी दिनमा पनि अपांगता भएका नागरिकका हितमा प्रभावकारी कार्यक्रम निरन्तर ल्याइने प्रतिबद्धता जनाएका छन्।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज
कर्मफ्लाइट्स फाउण्डेशनले सिमकोटका पन्ध्र सय बालबालिकालाई  न्यानो कपडा सहयोग गर्ने

कर्मफ्लाइट्स फाउण्डेशनले सिमकोटका पन्ध्र सय बालबालिकालाई न्यानो कपडा सहयोग गर्ने

वालवालिकाका क्षेत्रमा काम गर्दै आएको कर्मफ्लाइट्स फाउण्डेशन नेपालले सिमकोट गाउँपालिकाका १७ विद्यालयका १ हजार पाँच सय विद्यार्थीका लागि ज्याकेट, जुत्ता र मोजा उपलब्ध गराउने सम्झौता अनुसार उक्त सामाग्र...
 ‘कर्णालीको पत्रकारिता’ सार्वजनिक 

 ‘कर्णालीको पत्रकारिता’ सार्वजनिक 

प्रेस काउन्सिल नेपालको सभाकक्षमा आयोजित एक कार्यक्रमका बीच ‘कर्णालीको पत्रकारिता’ पुस्तक सार्वजनिक गरिएको छ। कर्णाली क्षेत्रका अग्रज पत्रकार, लेखक तथा अनुसन्धानकर्ताहरूको उपस्थितिमा उक्त पुस्तक सार्वजनिक गरिएको हो।
 मुचु नाम्खाको उत्कृष्ट स्वास्थ्य संस्था 

 मुचु नाम्खाको उत्कृष्ट स्वास्थ्य संस्था 

गाउँपालिकाको स्वास्थ्य शाखाले गरेको वार्षिक समिक्षा कार्यक्रममा गएको आर्थिक वर्ष मुचुले उत्कृष्ट कार्य सम्पादन गरेको भन्दै पुरस्कृत गरेको स्वास्थ्य शाखा संयोजक ग्याछो लामाले जानकारी दिए । 
त्रिशूलीमै अस्ताए ताँजकोटका  नवकुल

त्रिशूलीमै अस्ताए ताँजकोटका  नवकुल

गोरखा जिल्लाको गण्डकी गाउँपालिका–८ भर्खेघाटस्थित त्रिशूली नदी किनारमा भेटिएको शव शर्माकै भएको पुष्टी गरेर आफन्तले बुझेको गोरखाका सहायक प्रमुख जिल्ला अधिकारी नेत्र शर्माले पुष्टी गर्नुभयो ।