नेभिगेशन
समाज

सिमकोट गाउँपालिकामा क वर्ग अपांगता भएकालाई घरमै अण्डा वितरण

सिमकोट ।                  सिमकोट गाउँपालिकाले ३४ औं अन्तर्राष्ट्रिय अपांग दिवस–२०८२ का अवसरमा क वर्गका पूर्ण अपांगता भएका व्यक्तिहरूप्रति सम्मानस्वरूप प्रति व्यक्ति १ क्यारेट अण्डा वितरण गर्दै सामाजिक सुरक्षा तथा पोषणमुखी कार्यक्रमको शुभारम्भ गरेको छ।

गाउँपालिकाभित्र रहेका जुनसुकै उमेर समूहका पूर्ण अपांगता भएका लक्षित वर्ग, साहारा समूहका बालबालिका तथा हेड नेपालको संरक्षणमा रहेका बालबालिकालाई समेत समेट्दै घरदैलोमै अण्डा वितरण कार्यक्रम सुरु गरिएको हो।

पहिलो दिन वडा नं. ६ का ९ जना लाभग्राहीलाई अण्डा वितरण गरिएको उपाध्यक्ष शुसिला रोकाया भामले जानकारी दिनुभयो।

भोलिदेखि गाउँपालिकाका बाँकी ८ वटै वडामा जनप्रतिनिधि तथा कर्मचारीहरूको टोलीसहित घरघरमै गएर वितरण गरिने बताइएको छ।

गाउँपालिका अध्यक्ष विजय भण्डारी ‘प्रतिरोध’ का अनुसार यस कार्यक्रममार्फत जम्मा ८२ जना लाभान्वित हुनेछन्। उहाँले विगतमा जस्तै र्‍याली र औपचारिक भाषणभन्दा फरक ढंगले, यस वर्ष राहतमुखी र सामाजिक सुरक्षा केन्द्रित कार्यक्रमलाई प्राथमिकता दिइएको बताउनु भयो।

यस किसिमका कार्यक्रमले अपांगता भएका व्यक्तिहरूको सामाजिक संरक्षण, सहअस्तित्व, जीवनयापनको हकको सुनिश्चितता तथा स्वास्थ्य–पोषण सुधारमा महत्वपूर्ण योगदान पुग्ने विश्वास गरेका छौँ,अध्यक्ष भण्डारीले भन्नुभयो।

आजको कार्यक्रममा गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, प्रवक्ता तथा वडा नं. ६ का अध्यक्ष नन्द रावत, विभिन्न शाखाका कर्मचारी तथा सुस्वाका सामाजिक परिचालकहरूको सहभागिता रहेको थियो।

जनप्रतिनिधिहरूले आगामी दिनमा पनि अपांगता भएका नागरिकका हितमा प्रभावकारी कार्यक्रम निरन्तर ल्याइने प्रतिबद्धता जनाएका छन्।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज
हुम्लामा दोस्रो पटक हिमपात

हुम्लामा दोस्रो पटक हिमपात

गएको वर्ष कार्तिक,मंसिर, पुष महिनाबाट सुरु हुने हिमपात यस वर्ष माघ महिनाबाट हिमपात हुन थालेका हो । गत माघ ९ गते पहिलो पटक हुम्लामा हिमपात भएको थियो भने...
निर्वाचनमा आचार संहिता उंलघनको अनुगमन गर्ने जिम्मा सहायक प्रमुख जिल्ला अधिकारीलाई

निर्वाचनमा आचार संहिता उंलघनको अनुगमन गर्ने जिम्मा सहायक प्रमुख जिल्ला अधिकारीलाई

निर्वाचन आयोगले निर्वाचनका क्रममा दलहरुबाट हुनसक्ने निर्वाचन आचारसंहिता उल्लंघनका विषयमा अनुगमन गर्न सहायक प्रमुख जिल्ला अधिकारीलाई आचारसंहिता अनुगमन अधिकृतका रुपमा तोक्ने निर्णय गरेको छ ।
हुम्लामा यो वर्षको पहिलो हिमपात, किसान खुसी

हुम्लामा यो वर्षको पहिलो हिमपात, किसान खुसी

शुक्रबार राती देखी हुम्लामा हिमपात भएको छ । गएको असोज महिना यतादेखी हुम्लामा पानी परेको थिएन । लामो समयको हिमपातले हुम्लाका किसानहरू खुसी भएका छन् । हिमपातले खडेरीले...
मानव अधिकार एलाइन्स हुम्लाको जिल्ला भेला तथा अन्तक्रिया सम्पन्न

मानव अधिकार एलाइन्स हुम्लाको जिल्ला भेला तथा अन्तक्रिया सम्पन्न

नेकपा एमालेको भातृ संगठन मानव अधिकार एलाइन्स हुम्लाको दोस्रो जिल्ला भेला तथा प्रतिनिधि सभाको चुनाव र नागरिक समाजको भुमिकाका बारेमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
भर्खरै