नेभिगेशन
समाज

सिमकोट राइजिङ क्लबद्वारा न्यानो कपडा वितरण


सिमकोट

सिमकोट राइजिङ क्लबद्वारा न्यानो कपडा वितरण गरिएको छ । ३४ औ अन्तराष्ट्रिय अपाङ्गता दिवसको अवसर पारी सिमकोट गाउँपालिका वडा नम्बर ५ का जेष्ठ नागरिक तथा अपाङ्ग भएका व्यक्तिलाई सिरक र सुइटर सहयोग गरिएको छ । सिमकोट राइजिङ क्लबले देउसी भैलो खेलेर उठाएको रुपैयाँबाट जेष्ठ नागरिकलाई ब्लाङ्केट र सुइटर वितरण गरिएको क्लबका अध्यक्ष शिवशत्ती रावतले जानकारी दिनुभएको छ । यो क्लबले पहिलो चरणको सहयोग गरिएको र अर्को चरणमा बिधालयका गरिब तथा बिपन्न वर्गका बिधार्थीलाई सहयोग गर्ने क्लबका अध्यक्ष रावतले जानकारी दिनुभयो ।

वडा नम्बर ५ का ९ जना गरिब, जेष्ठ नागरिक तथा अपाङ्ग भएका व्यत्तिलाई तिन जनालाई सिरक, चार चार जनालाई सुईटर र  एक जनालाई १५ केजी चामल सहयोग गरिएको बताइएको छ । जसु रावत, चाक्पी रोकाया, सौरी कामी, धनलाल कामी,  राजु बोहरा, शुक्राज परियार, रामे, रोकाया र किस्मती कामी गरी ९ जनालाई सहयोग गरिएको छ । आफुले देउसी भैली खेल्नुको मुख्य उदेश्य भनेको गरिब तथा विपन्न वर्गका नागरिकलाई सहयोग गर्ने रहेको थियो ।

यसैगरी सिमकोट गाउँपालिकाले ३४ औं अन्तर्राष्ट्रिय अपांगता दिवस–२०८२ का अवसरमा सिमकोट वडानम्बर ५ का क वर्गका पूर्ण अपांगता भएका व्यक्तिहरूलाई एक एक क्यारेट अण्डा वितरण गरेको छ । क वर्गका नौ जना व्यक्तिलाई अण्डा वितरण गरिएको हो । सिमकोट गाउँपालिका वडा नम्बर पाँचका वडा अध्यक्ष चिन रावतको अध्यक्षतामा यो कार्यक्रम गरिएको भियो । वडा अध्यक्ष रावतले सिमकोट राइजिङ क्लबलाई सानो भएपनि गरिब, विपन्न तथा अपाङ्ग भएका व्यक्तिलाई न्यानो कपडा सहयोग गरेकोमा धन्यवाद दिनुभएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज
हुम्लामा निशुल्क लोकसेवा तयारी कक्षा सञ्चालन गरिने

हुम्लामा निशुल्क लोकसेवा तयारी कक्षा सञ्चालन गरिने

सिमकोट, नाम्खा, खार्पुनाथ गाउँपालिकाका अध्यक्ष, सामाजिक बिकास कार्यालयका प्रमुख, आधार बिकास कार्यालयका प्रमुखहरुको बसेको बैठकले यस्तो निर्णय गरेको छ ।
कैलास आधारभुत बिधालयमा कक्षा कोठाको अभाव, पठनपाठनमा समस्या

कैलास आधारभुत बिधालयमा कक्षा कोठाको अभाव, पठनपाठनमा समस्या

खार्पुनाथ गाउँपालिका वडा नं १ को पिडामा रहेको कैलास आधारभुत बिधालयका कक्षा कोठाको अभाब भएको छ । कक्षा कोठाको अभाव हुदा पठनपाठनमा समस्या भएको प्रध्यानाध्यापक लाल बहादुर शाहीले...
सिमकोट गाउँपालिकाको वार्षिक समिक्षा गोष्ठी सम्पन्न

सिमकोट गाउँपालिकाको वार्षिक समिक्षा गोष्ठी सम्पन्न

सिमकोट गाउँपालिकाको वार्षिक समिक्षा गोष्ठी भएको छ । उच्च हिमाली, विविधतायुक्त, व्यापारिक र पर्यटकिय सहर, समृद्ध हाम्रो सिमकोट नहर भन्ने मुल नाराका साथ सिमकोट गाउँपालिकाको आर्थिक वर्ष २०८१÷८२...