नेभिगेशन
समाज

सिमकोट राइजिङ क्लबद्वारा न्यानो कपडा वितरण


सिमकोट

सिमकोट राइजिङ क्लबद्वारा न्यानो कपडा वितरण गरिएको छ । ३४ औ अन्तराष्ट्रिय अपाङ्गता दिवसको अवसर पारी सिमकोट गाउँपालिका वडा नम्बर ५ का जेष्ठ नागरिक तथा अपाङ्ग भएका व्यक्तिलाई सिरक र सुइटर सहयोग गरिएको छ । सिमकोट राइजिङ क्लबले देउसी भैलो खेलेर उठाएको रुपैयाँबाट जेष्ठ नागरिकलाई ब्लाङ्केट र सुइटर वितरण गरिएको क्लबका अध्यक्ष शिवशत्ती रावतले जानकारी दिनुभएको छ । यो क्लबले पहिलो चरणको सहयोग गरिएको र अर्को चरणमा बिधालयका गरिब तथा बिपन्न वर्गका बिधार्थीलाई सहयोग गर्ने क्लबका अध्यक्ष रावतले जानकारी दिनुभयो ।

वडा नम्बर ५ का ९ जना गरिब, जेष्ठ नागरिक तथा अपाङ्ग भएका व्यत्तिलाई तिन जनालाई सिरक, चार चार जनालाई सुईटर र  एक जनालाई १५ केजी चामल सहयोग गरिएको बताइएको छ । जसु रावत, चाक्पी रोकाया, सौरी कामी, धनलाल कामी,  राजु बोहरा, शुक्राज परियार, रामे, रोकाया र किस्मती कामी गरी ९ जनालाई सहयोग गरिएको छ । आफुले देउसी भैली खेल्नुको मुख्य उदेश्य भनेको गरिब तथा विपन्न वर्गका नागरिकलाई सहयोग गर्ने रहेको थियो ।

यसैगरी सिमकोट गाउँपालिकाले ३४ औं अन्तर्राष्ट्रिय अपांगता दिवस–२०८२ का अवसरमा सिमकोट वडानम्बर ५ का क वर्गका पूर्ण अपांगता भएका व्यक्तिहरूलाई एक एक क्यारेट अण्डा वितरण गरेको छ । क वर्गका नौ जना व्यक्तिलाई अण्डा वितरण गरिएको हो । सिमकोट गाउँपालिका वडा नम्बर पाँचका वडा अध्यक्ष चिन रावतको अध्यक्षतामा यो कार्यक्रम गरिएको भियो । वडा अध्यक्ष रावतले सिमकोट राइजिङ क्लबलाई सानो भएपनि गरिब, विपन्न तथा अपाङ्ग भएका व्यक्तिलाई न्यानो कपडा सहयोग गरेकोमा धन्यवाद दिनुभएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

महताराले रेडियो कर्णाली आवाजको कार्यक्रम संयोजकका रुपमा कार्यरत हुनुहुन्छ । उहाँले साप्ताहिक रेडियो कार्यक्रम 'हाम्रो पालिका', 'वाल आावाज', 'महिला आवाज', 'कचहरी कार्यक्रम' र समाचारको संयोजन गर्नुहुन्छ । 

थप समाज
कर्मफ्लाइट्स फाउण्डेशनले सिमकोटका पन्ध्र सय बालबालिकालाई  न्यानो कपडा सहयोग गर्ने

कर्मफ्लाइट्स फाउण्डेशनले सिमकोटका पन्ध्र सय बालबालिकालाई न्यानो कपडा सहयोग गर्ने

वालवालिकाका क्षेत्रमा काम गर्दै आएको कर्मफ्लाइट्स फाउण्डेशन नेपालले सिमकोट गाउँपालिकाका १७ विद्यालयका १ हजार पाँच सय विद्यार्थीका लागि ज्याकेट, जुत्ता र मोजा उपलब्ध गराउने सम्झौता अनुसार उक्त सामाग्र...
 ‘कर्णालीको पत्रकारिता’ सार्वजनिक 

 ‘कर्णालीको पत्रकारिता’ सार्वजनिक 

प्रेस काउन्सिल नेपालको सभाकक्षमा आयोजित एक कार्यक्रमका बीच ‘कर्णालीको पत्रकारिता’ पुस्तक सार्वजनिक गरिएको छ। कर्णाली क्षेत्रका अग्रज पत्रकार, लेखक तथा अनुसन्धानकर्ताहरूको उपस्थितिमा उक्त पुस्तक सार्वजनिक गरिएको हो।
 मुचु नाम्खाको उत्कृष्ट स्वास्थ्य संस्था 

 मुचु नाम्खाको उत्कृष्ट स्वास्थ्य संस्था 

गाउँपालिकाको स्वास्थ्य शाखाले गरेको वार्षिक समिक्षा कार्यक्रममा गएको आर्थिक वर्ष मुचुले उत्कृष्ट कार्य सम्पादन गरेको भन्दै पुरस्कृत गरेको स्वास्थ्य शाखा संयोजक ग्याछो लामाले जानकारी दिए । 
त्रिशूलीमै अस्ताए ताँजकोटका  नवकुल

त्रिशूलीमै अस्ताए ताँजकोटका  नवकुल

गोरखा जिल्लाको गण्डकी गाउँपालिका–८ भर्खेघाटस्थित त्रिशूली नदी किनारमा भेटिएको शव शर्माकै भएको पुष्टी गरेर आफन्तले बुझेको गोरखाका सहायक प्रमुख जिल्ला अधिकारी नेत्र शर्माले पुष्टी गर्नुभयो ।