नेभिगेशन
समाज

हुम्लामा सडक जोडिएपनि दैनिक उपभोग्यवस्तु चर्का मुल्यमै खान बाध्य

 सिमकोट   ।  औपचारिक रुपमा ७ महिना पहिले हुम्लाको खार्पुनाथ गाउँपालिका ५ स्थित च्वाखोला कर्णाली नदीमा निमित्त  बेलिबिज्र तत्कालिकन प्रधानमन्त्री केपी शर्मा ओलीले उद्धघटन गरेसँगै हुम्ला देशको ७७ औ जिल्लाका रुपमा सडक सञ्जालसँग जोडियो । राष्ट्रिय सडकसँग हुम्ला जोडिएपनि यहाँ नागरिकहरुलाई दैनिक उपभोग्य वस्तु चर्का मुल्यमै किनेर खान बाध्य छन । 

 सिमकोट गाउँपालिका २ ठेहे गाँउकी काली भण्डारी  सदरमुकाम सिमकोटमा गाडी  पुग्दा हर्ष गदगद भइन। तर घर आगनमै गाडी पुग्दा उनको भुइमै खुटटा थिएन । गाडी गुडन थालेपनि  सस्तो मुल्यमा पाइनुपर्ने दैनिक उपभोग्य वस्तु चर्का मुल्यमै किनेर खानुपर्दा  उनलाई खपिनसक्नु छ  । 

सिमकोट गाउँ २ की अर्की स्थानीय काली भण्डारी  बजार  सामानको दर एकरुपता नभएकाले मनपरी रुपमा सामान बिक्रि हुने गरेको दुखेसो छ । 


सर्केगाड गाउँपालिका ६ का हरिबहादुर ऐडीलाई पनि सुरु भन्दा केही कम भएपनि सडक बाट आउने दैनिक उपभोग्य वस्तु सस्तोमा नपाइने गरेको गुनासो उस्तै रहेको छ ।
सिमकोट गाउँपालिका २ ठेहेकी काली भण्डारी र सर्केगाड गाउँपालिका ६ का हरिबहादुर ऐडीको गुनासो जस्तै सिमकोट गाउँपालिका ७ का हंश सुनारको पनि  गुनासो उस्तै रहेको छ । 
यता सिमकोट गाउँपालिका ५ मा २५ वर्ष  वर्षदेखि हालसम्म व्यवसाय गदैँ आएका दर्मेली जनरल स्टोरका प्रोपाइल लक्ष्मण ऐडी विगतका वर्षमा जहाजमा आउने सामाग्री भन्दा आजभोली दोब्बरले मुल्य कम भएको बताउनुभयो ।


 ०५७ सालदेखि सडक सपना बोकेका हुम्ली जनताले ७ महिना पहिला  औपचारिक  रुपमा सडक सञ्जालसँग जोडिएपनि पुरानै मुल्य जस्तै चर्का दरमै किनेर खान बाध्य देखिएका छन । जिल्ला बाहिरबाट  मालबाहक टकमा भित्रिने दैनिक उपभोग्य वस्तुदेखि सम्पुर्ण सामान चर्का मुल्यमा   व्यवसायीहरुले बिकि गरेपनि यहाँका सरोकारवाला निकाया मौन देखिएका छन । कमजोर बजार अनुगमनले यहाँ नागरिकहरुलाई सडकसँग जोडिएको अनुभुति समेत गर्न पाएका छैन । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज
कर्मफ्लाइट्स फाउण्डेशनले सिमकोटका पन्ध्र सय बालबालिकालाई  न्यानो कपडा सहयोग गर्ने

कर्मफ्लाइट्स फाउण्डेशनले सिमकोटका पन्ध्र सय बालबालिकालाई न्यानो कपडा सहयोग गर्ने

वालवालिकाका क्षेत्रमा काम गर्दै आएको कर्मफ्लाइट्स फाउण्डेशन नेपालले सिमकोट गाउँपालिकाका १७ विद्यालयका १ हजार पाँच सय विद्यार्थीका लागि ज्याकेट, जुत्ता र मोजा उपलब्ध गराउने सम्झौता अनुसार उक्त सामाग्र...
 ‘कर्णालीको पत्रकारिता’ सार्वजनिक 

 ‘कर्णालीको पत्रकारिता’ सार्वजनिक 

प्रेस काउन्सिल नेपालको सभाकक्षमा आयोजित एक कार्यक्रमका बीच ‘कर्णालीको पत्रकारिता’ पुस्तक सार्वजनिक गरिएको छ। कर्णाली क्षेत्रका अग्रज पत्रकार, लेखक तथा अनुसन्धानकर्ताहरूको उपस्थितिमा उक्त पुस्तक सार्वजनिक गरिएको हो।
 मुचु नाम्खाको उत्कृष्ट स्वास्थ्य संस्था 

 मुचु नाम्खाको उत्कृष्ट स्वास्थ्य संस्था 

गाउँपालिकाको स्वास्थ्य शाखाले गरेको वार्षिक समिक्षा कार्यक्रममा गएको आर्थिक वर्ष मुचुले उत्कृष्ट कार्य सम्पादन गरेको भन्दै पुरस्कृत गरेको स्वास्थ्य शाखा संयोजक ग्याछो लामाले जानकारी दिए । 
त्रिशूलीमै अस्ताए ताँजकोटका  नवकुल

त्रिशूलीमै अस्ताए ताँजकोटका  नवकुल

गोरखा जिल्लाको गण्डकी गाउँपालिका–८ भर्खेघाटस्थित त्रिशूली नदी किनारमा भेटिएको शव शर्माकै भएको पुष्टी गरेर आफन्तले बुझेको गोरखाका सहायक प्रमुख जिल्ला अधिकारी नेत्र शर्माले पुष्टी गर्नुभयो ।