नेभिगेशन
समाज

हुम्लामा सडक जोडिएपनि दैनिक उपभोग्यवस्तु चर्का मुल्यमै खान बाध्य

 सिमकोट   ।  औपचारिक रुपमा ७ महिना पहिले हुम्लाको खार्पुनाथ गाउँपालिका ५ स्थित च्वाखोला कर्णाली नदीमा निमित्त  बेलिबिज्र तत्कालिकन प्रधानमन्त्री केपी शर्मा ओलीले उद्धघटन गरेसँगै हुम्ला देशको ७७ औ जिल्लाका रुपमा सडक सञ्जालसँग जोडियो । राष्ट्रिय सडकसँग हुम्ला जोडिएपनि यहाँ नागरिकहरुलाई दैनिक उपभोग्य वस्तु चर्का मुल्यमै किनेर खान बाध्य छन । 

 सिमकोट गाउँपालिका २ ठेहे गाँउकी काली भण्डारी  सदरमुकाम सिमकोटमा गाडी  पुग्दा हर्ष गदगद भइन। तर घर आगनमै गाडी पुग्दा उनको भुइमै खुटटा थिएन । गाडी गुडन थालेपनि  सस्तो मुल्यमा पाइनुपर्ने दैनिक उपभोग्य वस्तु चर्का मुल्यमै किनेर खानुपर्दा  उनलाई खपिनसक्नु छ  । 

सिमकोट गाउँ २ की अर्की स्थानीय काली भण्डारी  बजार  सामानको दर एकरुपता नभएकाले मनपरी रुपमा सामान बिक्रि हुने गरेको दुखेसो छ । 


सर्केगाड गाउँपालिका ६ का हरिबहादुर ऐडीलाई पनि सुरु भन्दा केही कम भएपनि सडक बाट आउने दैनिक उपभोग्य वस्तु सस्तोमा नपाइने गरेको गुनासो उस्तै रहेको छ ।
सिमकोट गाउँपालिका २ ठेहेकी काली भण्डारी र सर्केगाड गाउँपालिका ६ का हरिबहादुर ऐडीको गुनासो जस्तै सिमकोट गाउँपालिका ७ का हंश सुनारको पनि  गुनासो उस्तै रहेको छ । 
यता सिमकोट गाउँपालिका ५ मा २५ वर्ष  वर्षदेखि हालसम्म व्यवसाय गदैँ आएका दर्मेली जनरल स्टोरका प्रोपाइल लक्ष्मण ऐडी विगतका वर्षमा जहाजमा आउने सामाग्री भन्दा आजभोली दोब्बरले मुल्य कम भएको बताउनुभयो ।


 ०५७ सालदेखि सडक सपना बोकेका हुम्ली जनताले ७ महिना पहिला  औपचारिक  रुपमा सडक सञ्जालसँग जोडिएपनि पुरानै मुल्य जस्तै चर्का दरमै किनेर खान बाध्य देखिएका छन । जिल्ला बाहिरबाट  मालबाहक टकमा भित्रिने दैनिक उपभोग्य वस्तुदेखि सम्पुर्ण सामान चर्का मुल्यमा   व्यवसायीहरुले बिकि गरेपनि यहाँका सरोकारवाला निकाया मौन देखिएका छन । कमजोर बजार अनुगमनले यहाँ नागरिकहरुलाई सडकसँग जोडिएको अनुभुति समेत गर्न पाएका छैन । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज
सात वर्षमा हुम्ला भित्र ७३ वटा सवारी दुर्घटनाः३६ जनाको मृत्यु

सात वर्षमा हुम्ला भित्र ७३ वटा सवारी दुर्घटनाः३६ जनाको मृत्यु

हुम्लामा आन्तरिक रुपमा सडक सञ्चालनमा आए लगत्तै हेलिकोप्टरमार्फत गाडी ढुवानी गरेर आन्तरिक रुपमा चल्न थालेको आर्थिक वर्ष ०७६/७७ देखि हालसम्म ७३ वटा सवारी साधन दुर्घटनामा ३६ जनाको मृत्यु...
सहुलियत नुनमा ७० प्रतिशत अतिरित्त मूल्य असुल्दै वडा कार्यालय (भिडियो रिर्पोटसहित)

सहुलियत नुनमा ७० प्रतिशत अतिरित्त मूल्य असुल्दै वडा कार्यालय (भिडियो रिर्पोटसहित)

नुन ढुवानीका नाममा सर्केगाड–१ का पाँच सय १२ घरधुरीबाट प्रति केजि ६ रुपैयाँका दरले ६४ हजार २ सय रकम असुल्ने काम भएको छ । नागरिकको कमजोर आर्थिक अवस्थालाई...
भर्खरै