नेभिगेशन
समाज

फोरजी सेवा प्रभावकारी नहुदाँ गाउँपालिका स्थानीयलाई सास्ती

 सिमकोट   ।   हुम्लाको दुई गाउँपालिकामा फोरजी सेवा प्रभावकारी नुहदाँ स्थानीयबासीहरुलाई सास्ती खेप्नु  परेको छ । खार्पुनाथ गाउँपालिका‐ ५ को खर्पेल गाउँमा राखिएको फोजी टावर र सिमकोट गाउँपालिका‐३ को बरगाउँमा राखिएको नेपाल टेलिकमको फोरजी टावर प्रभावकारी नहुदाँ दुई पालिकाका स्थानीयबासीहरुले सास्ती खेप्ने बाध्य छन ।

 फोरजी सेवा प्रभावकारी नभएपछि अनलाइनबाट गर्नुपर्ने अधिकाश कामकाज ठप्प भएको ठेहे स्वास्थ्यचौकीका इन्चार्ज दानबहादुर बोहराले जानकारी दिनुभयो । 


 सिमकोट गाउँपालिका वडा नम्बर १,२, ३  स्थानीयबासीहरु फोरजी सेवा प्रभावकारी नहुदाँ दोजाम, बैजीबाडा,ग्यागरु, ठेहे, निमाटाङ, टल्की, बरगाउँ,तोर्पा,हुटिक, लगायतका नागरिकहरुले सास्ती खेप्न बाध्य छन । 

यस्तै गरि खार्पुनाथ गाउँपालिकाको खर्पेल गाउँमा राखिएको फोरजी टावरले काम नगर्दा यहाँका नागरिकहरुलाई सास्ती खेप्न बाध्य भएको खार्पुनाथ गाउँपालिका ५ का माधब ऐडीले जानकारी दिनुभयो । 

खार्पुनाथ ५ को खर्पेल गाउँमा राखिएका फोरजीको टावर प्रभावकारी नहुदाँ  खार्पनाथ गाउँपालिका  १ को लाली प्युस,गोप्का,देउखुडी र २ नम्बरको थाली, र खार्पुनाथ गाउँपालिका  ५ को दुर्पा गाउँमा फोरजी सेवा प्रभावकारी नभएको स्थानीयबासीहरुको गुनासो आएको छ । 


 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज
कर्मफ्लाइट्स फाउण्डेशनले सिमकोटका पन्ध्र सय बालबालिकालाई  न्यानो कपडा सहयोग गर्ने

कर्मफ्लाइट्स फाउण्डेशनले सिमकोटका पन्ध्र सय बालबालिकालाई न्यानो कपडा सहयोग गर्ने

वालवालिकाका क्षेत्रमा काम गर्दै आएको कर्मफ्लाइट्स फाउण्डेशन नेपालले सिमकोट गाउँपालिकाका १७ विद्यालयका १ हजार पाँच सय विद्यार्थीका लागि ज्याकेट, जुत्ता र मोजा उपलब्ध गराउने सम्झौता अनुसार उक्त सामाग्र...
 ‘कर्णालीको पत्रकारिता’ सार्वजनिक 

 ‘कर्णालीको पत्रकारिता’ सार्वजनिक 

प्रेस काउन्सिल नेपालको सभाकक्षमा आयोजित एक कार्यक्रमका बीच ‘कर्णालीको पत्रकारिता’ पुस्तक सार्वजनिक गरिएको छ। कर्णाली क्षेत्रका अग्रज पत्रकार, लेखक तथा अनुसन्धानकर्ताहरूको उपस्थितिमा उक्त पुस्तक सार्वजनिक गरिएको हो।
 मुचु नाम्खाको उत्कृष्ट स्वास्थ्य संस्था 

 मुचु नाम्खाको उत्कृष्ट स्वास्थ्य संस्था 

गाउँपालिकाको स्वास्थ्य शाखाले गरेको वार्षिक समिक्षा कार्यक्रममा गएको आर्थिक वर्ष मुचुले उत्कृष्ट कार्य सम्पादन गरेको भन्दै पुरस्कृत गरेको स्वास्थ्य शाखा संयोजक ग्याछो लामाले जानकारी दिए । 
त्रिशूलीमै अस्ताए ताँजकोटका  नवकुल

त्रिशूलीमै अस्ताए ताँजकोटका  नवकुल

गोरखा जिल्लाको गण्डकी गाउँपालिका–८ भर्खेघाटस्थित त्रिशूली नदी किनारमा भेटिएको शव शर्माकै भएको पुष्टी गरेर आफन्तले बुझेको गोरखाका सहायक प्रमुख जिल्ला अधिकारी नेत्र शर्माले पुष्टी गर्नुभयो ।