नेभिगेशन
सिमकोट

चिनीया मदिरा बरामद

नेपाल प्रहरीले चीनबाट अवैध रुपमा ल्याएको तीन लाख मुल्य बराबरको चीनियाँ मदिरा बरामत गरेको छ । लकडाउन (बन्दाबन्दी) को समयमा गस्तीमा खटिएको दोजाम प्रहरी चौकीबाट खटिएको प्रहरी टोलीले सिमकोट गाउँपालिका १ दोजामबाट उक्त मदिरा बरामत गरेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरिक्षक सुर्यप्रसाद सुवेदीले जानकारीदिनुभयो । चीनसँग जोडिएको चुवाँखोला नाका हुदैं अवैध रुपमा भित्र्याइएको ५१ कार्टुन मदिरा आइतबार बरामत गरिएको प्रहरी नायव उपरिक्षक सुवेदीले जानकारी दिनुभयो ।

प्रहरीले छापा मार्नेक्रममा उक्त अवैध मदिरा फेला पारेको बताएका सुवेदीले भन्नुभयो, कस्ले ल्याएको हो भन्ने बारेमा अहिले दोजाम प्रहरीले अनुसन्धान गरिरहेको छ । नियन्त्रणमा लिएको उक्त मदिरा नष्ट गर्ने बारेमा वडाका जनप्रतिनिधि र अगुवासँग छलफल भैरहेको उल्लेख गरेका सुवेदीले अवैध रुपमा चीनसँग जोडिएका नाकाबाट आयात हुने चीनिया मदिरा रोक्न जिल्ला प्रहरीले सुन्य सहनसिलता अपनाएको छ ।
प्रति कार्टुन १२ बोतल हुने उक्त चीनियाँ मदिराको स्थानीय मुल्य ५ देखि ८ सयमा लुकिछिपी विक्रि वितरण हुने गरेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप सिमकोट
सिमकोट गाउँपालिका पूर्ण खोप दिगोपना सुनिश्चित घोषणा

सिमकोट गाउँपालिका पूर्ण खोप दिगोपना सुनिश्चित घोषणा

हुम्लाको सिमकोट गाउँपालिकालाई पूर्ण खोप दिगोपना सुनिश्चित गाउँपालिका घोषणा गरिएको छ । गाउँपालिकाका आठ वटै वडालाई पूर्ण खोप घोषणा गरिसकेपछि एक औपचारिक कार्यक्रमका बीच सिमकोट गाउँपालिकालाई पूर्ण खोप...
सिमकोट गाउँपालिकाद्वारा २० वटा सामुदायिक विद्यालयलाई कम्प्युटर वितरण

सिमकोट गाउँपालिकाद्वारा २० वटा सामुदायिक विद्यालयलाई कम्प्युटर वितरण

हुम्लाको सिमकोट गाउँपालिकाले शिक्षामा सूचना प्रविधिको पहुँच विस्तार गर्ने उद्देश्यले २० वटा सामुदायिक विद्यालयलाई कम्प्युटर वितरण गरेको छ। करिब ४५ लाख रुपैयाँ बराबरको लागतमा कम्प्युटर वितरण गरिएको गाउँपालिकाले...
सिमकोट गाउँपालिकाको  ९ करोड भन्दा बढी बेरुजु

सिमकोट गाउँपालिकाको ९ करोड भन्दा बढी बेरुजु

हुम्लाको सिमकोट गाउँपालिकाको बेरुजु रकम ९ करोडभन्दा बढी पुगेको तथ्य सार्वजनिक भएको छ । महालेखा परीक्षकको कार्यालयले शुक्रबार राष्ट्रपतिलाई बुझाएको ६३ औँ वार्षिक प्रतिवेदन अनुसार गाउँपालिकाको हालसम्मको अध्यावधिक...
सिमकोट गाउँपालिकामा ९ करोड भन्दा बढी बेरुजु

भर्खरै