नेभिगेशन
सिमकोट

विभिन्न चार वटा निर्णय गर्दै सिमकोटका विपद व्यवस्थापन समिति बैठक सम्पन्न

सिमकोट

सिमकोट गाउँपालिकाको विपद व्यवस्थापन समितिको बैठक बसेको छ । सिमकोट गाउापालिकाले अहिले सम्म विपदका घटनाका विवरण संकलनका बारेमा जानकारी गराएको थियो । आउने दिनमा कसरी विपदमा रहेर काम गर्ने भन्ने विषयमा पनि जिल्लाका राजनितिक निकाय, सरोकारवाला निकाय र जिल्ला विपद व्यवस्थापनमा काम गर्दै आएका निकाय र सुरक्षाकर्मीसँग छलफल गरिएको सिमकोट गाउँपालिका स्वास्थ्य शाखा प्रमुख नर बहादुर भण्डारीले जानकारी दिनुभएको छ । 
यो विपद व्यवस्थापन समितको बैठकको उदेश्य भनेको विपद सम्बन्धी क्रियाकलापको लेखाजोखा गर्ने, विपद व्यवस्थापन समितिको भुमिका बारे जानकारी गराउने, सिमकोट गाउँपालिकाको विपद व्यवस्थापन सम्बन्धी प्रतिकार्य पुर्व तयारी न्युनिकरण र विपद पश्चात राहत वितरण तथा व्यवस्थापन सम्बन्धी छलफल, विपद प्रतिकार्य योजना निर्माण गर्ने, विपद व्यवस्थापन सम्बन्धी आवश्यक राहत तथा पुर्व तयारीका सामाग्री व्यवस्थापन सम्बन्धी छलफल र गाउँपालिकाद्धारा वितरण भएका राहत तथा उद्धार सम्बन्धी कार्यहरुको प्रस्तुतीकरण रहेको थियो । सिमकोट गाउँपालिकाले आर्थिक वर्ष २०७८÷०७९ मा एक लाख, २०७९÷०८० तिन लाख २० हजार, २०८०÷०८१ म सात लाख ८९ हजार ५ सय, २०८१÷०८२ मा २ लाख १० हजार  र २०८२÷०८३ मा ११ लाख ८ हजार गरेर जम्मा २५ लाख २७ हजार ५ सय विपदमा परेकालाई राहत स्वरुप सहयोग गरेको बताइएको छ । 


बिरामीको हकमा मृगौला प्रत्यारोपण गरेका, डायलाइसिस गराइरहेका, क्यान्सर रोग भएका र मेरुदण्ड पक्षघात भएक बिरामीको लागी औषधी उपचार लामो समयसम्म गर्नुपर्ने र खर्चिलो हुने हुदा बिरामीलाई आर्थिक भार कम गर्नका लागी उपचार वापत खर्च उपलब्ध गराउने नेपाल सरकारको निती कार्यान्वयनका लागी जनस्वास्थ्य सेवा नियमावली २०७७ को नियम २६ (१) मा भएको व्यवस्था बमोजिम संक्षिप्त समुहका लागी दिईने स्वास्थ्य सेवा, सुविधा तथा प्रक्रियालाई सरल र सहज बनाउन यो कार्य विधि लागु गरेको सिमकोट गाउँपालिका अध्यक्ष विजय भण्डारीले बताउनु भएको छ । 


यसै गरी आगलागी ,बाढी पहिरो परेकालाई पनि राहत उपलब्ध गदै आएको छ । यसै गरी यो बैठकले सिमकोट गाउँपालिकाद्धारा हालसम्म विपद व्यवस्थापनसँग सम्बन्धीत कार्यहरुको जानकारी, विपद जोखिम प्रथामिकिकरण गरी आवश्यक सामाग्रीको खरिद गर्ने, आगो नियन्त्रण उपकरण र बजारमा भएका पेट्रोलियम प्रदार्थको व्यवस्थापन र आगो नियन्त्रणका लागी दमकलको माग तथा व्यवस्थापन गर्ने निर्णय गरेको छ । सिमकोट गाउँपालिकाका अध्यक्ष विजय भण्डारीको अध्यक्षतामा बसेको बसेको बैठकका प्रमुख जिल्ला अधिकारी टेक कुमार रेग्मी, राजनितिक दल, नागरिक समाज चार वटै सरक्षा निकायका प्रमुख र सञ्चार कर्मीको उपस्थित रहेको थियो । 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
भर्खरै