नेभिगेशन
ताँजकोट

पहिरो गएपछि २८ घरधुरीले वस्ती छोडे

आज बिहान गएको पहिरोले हुमलाको ताँजकोट वडा ४ को खर्राको दलित वस्तीका २२ घरधुरीले वस्ती छोडेका छन् ।

लगातारको वर्षाले खर्राको जिमकोइला खोलामा गएको पहिरो दलित वस्तीका सबै घर भत्कीने अवस्था भएपछि आज बिहानै देखि सबैले घर छोडेर अन्यत्र बसेको सम्बधिन्तस्थलबाट धनसुर दमाइले जानकारी दिनुभयो । पहिरोले २ घरमा क्षेती पुगेको छ भने अन्य सबै घरको नाजुक रहेको अवस्था आएपछि बिहानदेखि वस्तीका सबै घर परिवारले आफ्नो घर छोडेर देउला गैरामा पाल टाँगेर बसेको बताएका दमाइले राससँग भने, “पहिरोले हाम्रो त उठीवास गरायो ।”

खानापानी खाने अवस्था समेत नभएको उल्लेख गरेका तुथा परियारका अनुसार माथिबाट आएको सुख्खा पहिरोले घर झुण्डीएको अवस्थामा रहेपछि सबै घरका स्थानीयले घर खाली गरेर बारीमा सरेका छन् ।

हामीले लगाएको मकै, कोदो, धान बाली लगाएका बारी सबै पहिरोले छोपेर लगेपछि घर पहिरोमा झुण्डीका अवस्थामा रहेका छन् । तुथाले भनिन्, “झुण्डीएको अवस्थामा रहेका घरलाई कतिखेर पहिरोले बगाउने हो भन्ने डर भएपछि दलित वस्तीका सबै घरधुरीले आफ्ना घर खाली गरेका छन् ।”
पहिरोमा परेर मानविय र पशुचौपाएको क्षती नभएपनि प्रति घर ४ हल जग्गा बगाएर लगेको स्थानीय धनसुर परियारले बताउनुभयो । पहिरो स्थलबाट प्रहरी चौकी निकै टाढा भएपछि क्षतीको एकिन विवरण आउन बाँकी छ । पहिरो गएर दलित वस्ती जोखिममा रहेको खबर आएको बताएका प्रमूख जिल्ला अधिकारी चिरञ्जिवी गिरीले कवाडी सिमा प्रहरी चौकीको टोलीलाई स्थलगत रुपमा बुझ्न पठाएको जानकारी दिनुभयो ।

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप ताँजकोट
ताजाँकोटको मदनामा ६÷७ महिनादेखि टावर र फोजी सेवा अवरुद्ध, स्थानीयलाई सास्ती

ताजाँकोटको मदनामा ६÷७ महिनादेखि टावर र फोजी सेवा अवरुद्ध, स्थानीयलाई सास्ती

हुम्लाको दक्षिण क्षेत्रमा रहेको ताजाँको गाउँपालिकाको वडा नम्बर ५ को मदान गाउँमा विगत ६÷७ महिनादेखि मोबाइल टावर र फोजी इन्टरनेट सेवा नियमित रूपमा अवरुद्ध हुँदा स्थानीय बासिन्दा समस्यामा...
ताँजाकोट–२ को दलितवाडामा एकीकृत बस्ती विकास गरिने

ताँजाकोट–२ को दलितवाडामा एकीकृत बस्ती विकास गरिने

जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले ताँजाकोट गाउँपालिका वडा नम्बर २ स्थित मैला गाउँको दलितवाडा बस्तीमा एकीकृत बस्ती विकास कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको छ ।
पुर्वमुख्यमन्त्री शाहीलाई हुम्लाको ताँजकोटमा २५ किलोको माला

पुर्वमुख्यमन्त्री शाहीलाई हुम्लाको ताँजकोटमा २५ किलोको माला

कर्णाली प्रदेस सरकाको मुख्य मन्त्री हुँदै गर्दा ताजाँकोट गाउँपालिकाको विकासका लागि महत्वपुर्ण योगदान गरेको भन्दै उहाँलाई २५ किलोको माला सहित च्याँग्राको रौँ बाट बनेको राडी (पाखी)ले सम्मान गरेको...