नेभिगेशन
सिमकोट

सिमकोट गाउँपालिकाले नयाँ प्रमुख प्रशासकीय अधिकृत पायो


हुम्ला
हुम्लाको सदरमुकाम सिमकोटमा रहेको सिमकोट गाउँपालिकाले नयाँ प्रमुख प्रशासकीय अधिकृत पाएको छ । संघीय सरकारले गरेको कर्मचारी सरुवा अनुसार गाउँपालिकामा नयाँ प्रमुख प्रशासकीय अधिकृतको रुपमा भलाराम पंगाली हाजिर हुनुभएको हो ।


२०८२ साल चैत १९ गते बिहीबार बसेको बैठकले नेपाल प्रशासन सेवा, सामान्य प्रशासन समूह, राजपत्रांकित तृतीय श्रेणी, शाखा अधिकृत वा सो सरहका कर्मचारीलाई देशका विभिन्न स्थानीय तहका रिक्त स्थानमा खटाउने निर्णय गरेको थियो । सोही निर्णय अनुसार हुम्लाका तीन वटा गाउँपालिकामा नयाँ प्रमुख प्रशासकीय अधिकृत खटाइएको हो ।


निर्णय कार्यान्वयन भएको करिब साढे एक महिनापछि भलाराम पंगालीले जेठ ४ गते सोमबार सिमकोट गाउँपालिकामा हाजिर गर्नुभएको गाउँपालिका अध्यक्ष बिजय भण्डारीले जानकारी दिनुभएको छ । यसअघि पंगाली चामुण्डा बिन्द्रासैनी नगरपालिका दैलेखमा कार्यरत हुनुहुन्थ्यो ।
यसैगरी खार्पुनाथ गाउँपालिकामा खड्क बहादुर परियारलाई प्रमुख प्रशासकीय अधिकृतका रूपमा खटाइएको छ । उहाँ जेठ ११ वा १२ गतेसम्म हाजिर हुने गाउँपालिका अध्यक्ष कर्ण बहादुर रावलले जानकारी दिनुभएको छ ।


त्यस्तै जिल्लाको दक्षिण क्षेत्रमा रहेको अदानचुली गाउँपालिकाका लागी चन्द्रवीर शाहीलाई प्रमुख प्रशासकीय अधिकृतको रूपमा खटाइएको छ । उहाँ पनि एक–दुई दिनभित्र हाजिर हुने गाउँपालिका अध्यक्ष मोहन बिक्रम सिंहले जानकारी दिनुभएके छ ।


यसअघि हुम्ला जस्ता दुर्गम जिल्लामा खटाइएका धेरै कर्मचारी कार्यस्थलमा नजाने समस्या रहने गरेको थियो । तर अहिले संघीय सरकारले खटाइएको स्थानमा जान अटेरी गर्ने कर्मचारीमाथि कारबाही गर्ने निर्णय गरेपछि तोकिएको ठाउँमा अनिवार्य रूपमा हाजिर हुनुपर्ने व्यवस्था कार्यान्वयनमा आएको छ । 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

महताराले रेडियो कर्णाली आवाजको कार्यक्रम संयोजकका रुपमा कार्यरत हुनुहुन्छ । उहाँले साप्ताहिक रेडियो कार्यक्रम 'हाम्रो पालिका', 'वाल आावाज', 'महिला आवाज', 'कचहरी कार्यक्रम' र समाचारको संयोजन गर्नुहुन्छ । 

थप सिमकोट
सिमकोट गाउँपालिकाको आर्थिक वर्ष २०८२÷८३ को वार्षिक प्रगति समीक्षा कार्यक्रम सम्पन्न

सिमकोट गाउँपालिकाको आर्थिक वर्ष २०८२÷८३ को वार्षिक प्रगति समीक्षा कार्यक्रम सम्पन्न

सिमकोट गाउँपालिकाले आर्थिक वर्ष २०८२÷८३ मा सम्पादन गरेका विकास निर्माण, सेवा प्रवाह तथा विभिन्न क्षेत्रका उपलब्धिहरूको समीक्षा गर्दै वार्षिक प्रगति समीक्षा कार्यक्रम सम्पन्न गरेको छ । गाउँपालिकाका अध्यक्ष...
सिमकोट गाउँपालिका पूर्ण खोप दिगोपना सुनिश्चित घोषणा

सिमकोट गाउँपालिका पूर्ण खोप दिगोपना सुनिश्चित घोषणा

हुम्लाको सिमकोट गाउँपालिकालाई पूर्ण खोप दिगोपना सुनिश्चित गाउँपालिका घोषणा गरिएको छ । गाउँपालिकाका आठ वटै वडालाई पूर्ण खोप घोषणा गरिसकेपछि एक औपचारिक कार्यक्रमका बीच सिमकोट गाउँपालिकालाई पूर्ण खोप...
सिमकोट गाउँपालिकाद्वारा २० वटा सामुदायिक विद्यालयलाई कम्प्युटर वितरण

सिमकोट गाउँपालिकाद्वारा २० वटा सामुदायिक विद्यालयलाई कम्प्युटर वितरण

हुम्लाको सिमकोट गाउँपालिकाले शिक्षामा सूचना प्रविधिको पहुँच विस्तार गर्ने उद्देश्यले २० वटा सामुदायिक विद्यालयलाई कम्प्युटर वितरण गरेको छ। करिब ४५ लाख रुपैयाँ बराबरको लागतमा कम्प्युटर वितरण गरिएको गाउँपालिकाले...
सिमकोट गाउँपालिकाको  ९ करोड भन्दा बढी बेरुजु

सिमकोट गाउँपालिकाको ९ करोड भन्दा बढी बेरुजु

हुम्लाको सिमकोट गाउँपालिकाको बेरुजु रकम ९ करोडभन्दा बढी पुगेको तथ्य सार्वजनिक भएको छ । महालेखा परीक्षकको कार्यालयले शुक्रबार राष्ट्रपतिलाई बुझाएको ६३ औँ वार्षिक प्रतिवेदन अनुसार गाउँपालिकाको हालसम्मको अध्यावधिक...