नेभिगेशन
सिमकोट

तीन वर्ष वित्दा पनि वलेन बत्ति

विधुतका पोल अलपत्र

हुम्ला,

तीन वर्ष विति सक्दा पनि हिल्दुम साना जलविधुत बाल्ने भनेर स्थानीयलाई ठेकेदारले आश्वासन दिएता पनि सिमकोट गाउँपालिका वडा नम्वर ८ स्याँडा गाउँममा हालसम्म बत्ति बाल्न सकेका छैनन । विगत लामो समयदेखि ठेकेदारको लापरवाहिका कारण हालसम्म पनि बत्ति नबलेपछि स्याँडा गाउँ अन्धकारमय बनेको छ ।

विधुत बाल्ने बाहानामा ठेकेदारहरुले स्थानीयलाई विजुलिका पोलहरु बोकाएर ज्याला भने हालसम्म नदिएको स्थानीयको गुनासो छ । २०७४ सालमा हिल्दुम साना जलविधुत पुराउने भन्ने प्रकृयामा लागेता पनि करीव तीन वर्ष विति सक्दा पनि सो विधुत नवलेको स्थानीयले गुनासो गरेका छन् । २०७४ सालमा पहल गरे अनुसार २०७५ मा पूर्व गाविस सचिवको पालोमा स्याँडा गाउँलाई बत्ति बाल्ने भनेर ८ लाख रकम र सरकारको लगानीमा ठेकेदार मार्फत ठेक्काको जिम्मा लिएका ठेकेदारले काम पुरा गर्न नसकेको स्थानीयले बताए ।

तर दुवै क्षेत्रबाट सो रकम उपल्व्ध नहुँदा सोही गाउँका ज्याला मज्दुरी गर्ने व्यक्तिले सो रकम नपाएको स्थानीयबासी किरण बुढाले गुनासो गरेका छन् । स्थानीय बुढाका अनुसार त्यतीवेला सिमकोटको लाक्नाबाट १२ जना स्थानीयले २० वटा पोलहरु बोेकेर गाउँ पुराएका थिए । तर ठेकेदारको लापरवाहीका कारण गाउँमा नत वत्ति बल्न सक्यो, नत काम गरेको ज्याला नै पाइयो ।

वेला वेलामा ठेकेदारलाई सम्र्पक गर्न खोज्दा ठेकेदारले फोन रिसिभ नगरेको उनको गुनासो छ । अहिले स्याँडा गाउँ बत्ति नवल्दा अन्धकारमय बनेको छ । पोल ओसारेका १२ जना कामदारहरुले करीव ५ लाख बरावरको रकम पाउँनु पर्ने हो तर त्यो रकम तीन वर्ष विति सक्दा पनि नपाएको स्थानीयको गुनासो छ । यतिखेर सो ठाउँका लागि छुट्याइएको तार र पोलहरु पनि विचैमा लथालिंग बनेका छन् ।

बिधुत बाल्ने भनेर ठेक्का लिएका ठेकेदारहरुले कुरा मात्रै गर्ने काम भने गर्न नसकेको जन गुनासो आउँन थालेको छ । सो कार्यका लागि ठेकेदारलाई पुनः पनि एक पटक अनुरोध गर्ने तर नमानेमा नाम समेत सार्वजनिक गरि अक्तियारमा समेत उजुरी गर्ने स्याँडा गाउँका स्थानीय किरण बुढाको भनाई छ ।

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप सिमकोट
सिमकोट गाउँपालिका पूर्ण खोप दिगोपना सुनिश्चित घोषणा

सिमकोट गाउँपालिका पूर्ण खोप दिगोपना सुनिश्चित घोषणा

हुम्लाको सिमकोट गाउँपालिकालाई पूर्ण खोप दिगोपना सुनिश्चित गाउँपालिका घोषणा गरिएको छ । गाउँपालिकाका आठ वटै वडालाई पूर्ण खोप घोषणा गरिसकेपछि एक औपचारिक कार्यक्रमका बीच सिमकोट गाउँपालिकालाई पूर्ण खोप...
सिमकोट गाउँपालिकाद्वारा २० वटा सामुदायिक विद्यालयलाई कम्प्युटर वितरण

सिमकोट गाउँपालिकाद्वारा २० वटा सामुदायिक विद्यालयलाई कम्प्युटर वितरण

हुम्लाको सिमकोट गाउँपालिकाले शिक्षामा सूचना प्रविधिको पहुँच विस्तार गर्ने उद्देश्यले २० वटा सामुदायिक विद्यालयलाई कम्प्युटर वितरण गरेको छ। करिब ४५ लाख रुपैयाँ बराबरको लागतमा कम्प्युटर वितरण गरिएको गाउँपालिकाले...
सिमकोट गाउँपालिकाको  ९ करोड भन्दा बढी बेरुजु

सिमकोट गाउँपालिकाको ९ करोड भन्दा बढी बेरुजु

हुम्लाको सिमकोट गाउँपालिकाको बेरुजु रकम ९ करोडभन्दा बढी पुगेको तथ्य सार्वजनिक भएको छ । महालेखा परीक्षकको कार्यालयले शुक्रबार राष्ट्रपतिलाई बुझाएको ६३ औँ वार्षिक प्रतिवेदन अनुसार गाउँपालिकाको हालसम्मको अध्यावधिक...
सिमकोट गाउँपालिकामा ९ करोड भन्दा बढी बेरुजु

सिमकोट गाउँपालिकामा ९ करोड भन्दा बढी बेरुजु

हुम्लाको सिमकोट गाउँपालिकाको बेरुजु रकम ९ करोडभन्दा बढी पुगेको तथ्य सार्वजनिक भएको छ । महालेखा परीक्षकको कार्यालयले शुक्रबार राष्ट्रपतिलाई बुझाएको ६३ औँ वार्षिक प्रतिवेदन अनुसार गाउँपालिकाको हालसम्मको अध्यावधिक...
भर्खरै