नेभिगेशन
सिमकोट

दलित तथा विपन्न वर्गका विद्यार्थीलाई शैक्षिक सामग्रि हस्तान्त्रण

हुम्ला,
सिमकोट गाउँपालिका वडा नम्वर ५ को कार्यालायबाट दलित तथा विपन्न वर्गका विद्यार्थीहरुलाई शैक्षिक सामग्रिहरु हस्तान्त्रण गरिएको छ । ०७६।७७ को लक्षित कार्यक्रम अनुसार सिमकोट गाउँपालिका भित्र रहेका तीनवटा विद्यालयका दलित तथा विपन्न वर्गका विद्यार्थीहरुलाई असोज २ गते सो सामग्रि वितरण गरिएको हो ।

कक्षा ४ देखि माथिका दलित तथा विपन्न वर्गका विद्याथीहरुलाई प्रतिव्यक्ति चारवटा कापी, एक वटा ज्यामीटि बक्स र झोला समेत वितरण गरिएको थियो भने ४ कक्षा भन्दा तलका विद्यार्थीहरुलाई दुई वटा कापि मात्र वितरण गरिएको वडा नम्वर ५ का वडाअध्यक्ष कृण व. वोहराले बताए ।

जस्मा बालमन्दिर मावि, भिमसेन आधारभूत र हिमाली बहिरा तथा बौद्धिक अपंगता विद्यालयलाई सो सामग्रि हस्तान्त्रण गरिएको हो । हुम्लाका केही गरिव, दलित, विपनन वर्गका घरपरिवारका वालबालिकाहरुलाई केही राहत होस् भन्ने उदेश्यका साथ सो सामग्रि हस्तान्त्रण गरिएको थियो । ५ नम्वर वडा कार्यालयकै भवनमा सोही दिन तीन वटै विद्यालयका प्रधानध्यापकको रोहवरमा शैक्षिक सामग्रि हस्तान्त्रण गरिएको हो ।

कोभिड १९ का कारण विद्यालय सञ्चालनमा आउन नसके पनि अवको केही दिन भित्र विद्यालयहरु सञ्चालन हुने भएकाले गरिव, निमुखा, जेहान्दार, दलित र विपन्न वर्गका विद्यार्थीहरुलाई सो सामग्रि हस्तान्त्रण गरिएको अध्यक्ष बोहराले बताए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप सिमकोट
सिमकोट गाउँपालिका पूर्ण खोप दिगोपना सुनिश्चित घोषणा

सिमकोट गाउँपालिका पूर्ण खोप दिगोपना सुनिश्चित घोषणा

हुम्लाको सिमकोट गाउँपालिकालाई पूर्ण खोप दिगोपना सुनिश्चित गाउँपालिका घोषणा गरिएको छ । गाउँपालिकाका आठ वटै वडालाई पूर्ण खोप घोषणा गरिसकेपछि एक औपचारिक कार्यक्रमका बीच सिमकोट गाउँपालिकालाई पूर्ण खोप...
सिमकोट गाउँपालिकाद्वारा २० वटा सामुदायिक विद्यालयलाई कम्प्युटर वितरण

सिमकोट गाउँपालिकाद्वारा २० वटा सामुदायिक विद्यालयलाई कम्प्युटर वितरण

हुम्लाको सिमकोट गाउँपालिकाले शिक्षामा सूचना प्रविधिको पहुँच विस्तार गर्ने उद्देश्यले २० वटा सामुदायिक विद्यालयलाई कम्प्युटर वितरण गरेको छ। करिब ४५ लाख रुपैयाँ बराबरको लागतमा कम्प्युटर वितरण गरिएको गाउँपालिकाले...
सिमकोट गाउँपालिकाको  ९ करोड भन्दा बढी बेरुजु

सिमकोट गाउँपालिकाको ९ करोड भन्दा बढी बेरुजु

हुम्लाको सिमकोट गाउँपालिकाको बेरुजु रकम ९ करोडभन्दा बढी पुगेको तथ्य सार्वजनिक भएको छ । महालेखा परीक्षकको कार्यालयले शुक्रबार राष्ट्रपतिलाई बुझाएको ६३ औँ वार्षिक प्रतिवेदन अनुसार गाउँपालिकाको हालसम्मको अध्यावधिक...
सिमकोट गाउँपालिकामा ९ करोड भन्दा बढी बेरुजु

भर्खरै