नेभिगेशन
सिमकोट

प्रहरी जवानले रगत दिदा ३५ वर्षिया महिलाको ज्यान बच्न सफल

हुम्लाको सिमकोट गाउँपालिका वडा नम्वर १ ठेहेकी ३५ वर्षिया कलदरी बोहरालाई जिल्ला प्रहरी कार्यालय हुम्लाका एक जना प्रहरी जवान गणेश प्रसाद ढुंगेलले आज रगत दिंदा महिलाको ज्यान बच्न सफल भएको छ ।

मंसिर २ गते आफ्नै घरबाट अचेत अवस्थामा सदरमुकाम सिमकोट सम्म गाडीमा आएकी महिलाको विचबाटोमा बच्चाको आधा भाग झुण्डिएपछि ठूलो मात्रामा व्लड बगेको जिल्ला स्वास्थ्य सेवा कार्यालयकी सिनियर अनमी सरिता बोहराले बताइन् । साेही दिन जिल्ला स्वास्थ्य सेवा कार्यालय हुम्लामा भर्ना भएकी महिलाको अत्याधिक व्लड बगेपछि गर्भ पतन समेत भएको थियो ।

अत्याधिक व्लड बेगर अचेत अवस्थामा रहेकी महिलाको आज प्रहरी जवान ढुंगेलले एक पोइन्ट रगत दिएपछि मात्रै पहिला भन्दा केही सुधारमा आएको अनमी बोहराको भनाई छ । यतिखेर सो महिलाको ज्यान जोखिमबाट मुक्त भएको छ । अझै ति महिलाका लागि थप व्लड आवश्यक परेको अनमी बोहराको भनाई छ ।

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप सिमकोट
सिमकोट गाउँपालिकाको आर्थिक वर्ष २०८२÷८३ को वार्षिक प्रगति समीक्षा कार्यक्रम सम्पन्न

सिमकोट गाउँपालिकाको आर्थिक वर्ष २०८२÷८३ को वार्षिक प्रगति समीक्षा कार्यक्रम सम्पन्न

सिमकोट गाउँपालिकाले आर्थिक वर्ष २०८२÷८३ मा सम्पादन गरेका विकास निर्माण, सेवा प्रवाह तथा विभिन्न क्षेत्रका उपलब्धिहरूको समीक्षा गर्दै वार्षिक प्रगति समीक्षा कार्यक्रम सम्पन्न गरेको छ । गाउँपालिकाका अध्यक्ष...
सिमकोट गाउँपालिका पूर्ण खोप दिगोपना सुनिश्चित घोषणा

सिमकोट गाउँपालिका पूर्ण खोप दिगोपना सुनिश्चित घोषणा

हुम्लाको सिमकोट गाउँपालिकालाई पूर्ण खोप दिगोपना सुनिश्चित गाउँपालिका घोषणा गरिएको छ । गाउँपालिकाका आठ वटै वडालाई पूर्ण खोप घोषणा गरिसकेपछि एक औपचारिक कार्यक्रमका बीच सिमकोट गाउँपालिकालाई पूर्ण खोप...
सिमकोट गाउँपालिकाद्वारा २० वटा सामुदायिक विद्यालयलाई कम्प्युटर वितरण

सिमकोट गाउँपालिकाद्वारा २० वटा सामुदायिक विद्यालयलाई कम्प्युटर वितरण

हुम्लाको सिमकोट गाउँपालिकाले शिक्षामा सूचना प्रविधिको पहुँच विस्तार गर्ने उद्देश्यले २० वटा सामुदायिक विद्यालयलाई कम्प्युटर वितरण गरेको छ। करिब ४५ लाख रुपैयाँ बराबरको लागतमा कम्प्युटर वितरण गरिएको गाउँपालिकाले...
सिमकोट गाउँपालिकाको  ९ करोड भन्दा बढी बेरुजु

सिमकोट गाउँपालिकाको ९ करोड भन्दा बढी बेरुजु

हुम्लाको सिमकोट गाउँपालिकाको बेरुजु रकम ९ करोडभन्दा बढी पुगेको तथ्य सार्वजनिक भएको छ । महालेखा परीक्षकको कार्यालयले शुक्रबार राष्ट्रपतिलाई बुझाएको ६३ औँ वार्षिक प्रतिवेदन अनुसार गाउँपालिकाको हालसम्मको अध्यावधिक...
भर्खरै