नेभिगेशन
सिमकोट

दलित तथा विपन्न वर्गका व्यक्तिलाई खाद्यान्न सहयोग

सिमकोट गाउँपालिका वडा नम्वर ३ बरगाउँका अति विपन्न तथा दलित समूदायका घरपरिवारलाई खाद्यान्न सहयोग गरिएको छ । खाद्यान्न सहयोग सोही गाउँपालिका वडा नम्वर ३ तोर्पा गाउँका प्रेम दोर्जे लामाको व्यक्तिगत सहयोग तथा छिरिन पाल्देन लामाको सहकार्यमा मङ्सिर १४ गते सो खाद्यान्न वितरण गरिएको हो ।

विश्वव्यपी रुपमा फैलिएको कोभिड १९ का कारण केही राहत होस् भन्ने उदेश्यका साथ बरगाउँका ४३ दलित तथा अति विपन्न वर्ग, पिछडीएका व्यक्तिहरुलाई सो खाद्यान्न सहयोग गरेको छिरिन पाल्देन लामाले बताए । उक्त गाउँका प्रति घरपरिवारलाई २५ किलाको दरले ४३ कठ्ठा बासमति चामल वितरण गरिएको लामाले बताए ।

हुम्लादेखि पहिलो सगरमाथा आरोही गर्ने प्रेम दोर्जे लामाले मङ्सिर १४ गते नेपालगंजबाट हवाई मार्फत ढुवानी गरि सोही दिन ट्याक्टरद्धारा गाउँमा पुगाउँने लक्ष्य गरेको भए पनि हिल्दुम खोलाको पानीमा ट्याक्टर तर्न नसक्दा विपन्न वर्गका व्यक्तिहरुलाई सोही खोलामा बोलाएर विचबाटो मै वितरण गर्न बाध्य भएका थिए ।

देशभर कोभिड १९ शुरु भएदेखि नै बरगाउँका दलितबासीलाई खानाको समस्या हुने भएपछि आफुले उनिहरुको गासका लागि केही सोच गरिसकेको लामाले बताए । लामो पर्यासमा सोही दिन उनिहरुकै निवाससम्म सो खाद्यान्न पुगाउन सफल भएको लामाको भनाई छ । खाद्यान्न विचबाटो मै वितरण गर्नु परेको भए पनि त्याहाँका स्थानीयले भने अवत केहीदिनसम्म सो खाद्यान्नले भोकमारी हड्ने भएको दलित समुदायका स्थानीयले बताएका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप सिमकोट
सिमकोट गाउँपालिका पूर्ण खोप दिगोपना सुनिश्चित घोषणा

सिमकोट गाउँपालिका पूर्ण खोप दिगोपना सुनिश्चित घोषणा

हुम्लाको सिमकोट गाउँपालिकालाई पूर्ण खोप दिगोपना सुनिश्चित गाउँपालिका घोषणा गरिएको छ । गाउँपालिकाका आठ वटै वडालाई पूर्ण खोप घोषणा गरिसकेपछि एक औपचारिक कार्यक्रमका बीच सिमकोट गाउँपालिकालाई पूर्ण खोप...
सिमकोट गाउँपालिकाद्वारा २० वटा सामुदायिक विद्यालयलाई कम्प्युटर वितरण

सिमकोट गाउँपालिकाद्वारा २० वटा सामुदायिक विद्यालयलाई कम्प्युटर वितरण

हुम्लाको सिमकोट गाउँपालिकाले शिक्षामा सूचना प्रविधिको पहुँच विस्तार गर्ने उद्देश्यले २० वटा सामुदायिक विद्यालयलाई कम्प्युटर वितरण गरेको छ। करिब ४५ लाख रुपैयाँ बराबरको लागतमा कम्प्युटर वितरण गरिएको गाउँपालिकाले...
सिमकोट गाउँपालिकाको  ९ करोड भन्दा बढी बेरुजु

सिमकोट गाउँपालिकाको ९ करोड भन्दा बढी बेरुजु

हुम्लाको सिमकोट गाउँपालिकाको बेरुजु रकम ९ करोडभन्दा बढी पुगेको तथ्य सार्वजनिक भएको छ । महालेखा परीक्षकको कार्यालयले शुक्रबार राष्ट्रपतिलाई बुझाएको ६३ औँ वार्षिक प्रतिवेदन अनुसार गाउँपालिकाको हालसम्मको अध्यावधिक...
सिमकोट गाउँपालिकामा ९ करोड भन्दा बढी बेरुजु

भर्खरै