नेभिगेशन
ताँजकोट

पार्टी कार्यक्रममा सरकारी गाडी प्रयोग

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समुहले पार्टीको कार्यक्रममा हुम्लाको ताँजाकोट गाउँपालिकाको सरकारी गाडी प्रयोग गरेका छन् ।

गाउँपालिका अध्यक्ष बाग्दल मल्लको नेतृत्वमा जिल्लास्थित प्रचण्ड–नेपाल समुहका नेता तथा कार्यकर्ताले गाउँपालिकाको सरकारी गाडीको मनपरी तवरमा प्रयोग गरेका हुन् ।

आइतबार गाउँपालिकाको सरकारी सेतो पिलेट भएको सवारी ताँजाकोट हुँदै कार्यकर्ता तथा नेता बोकेर अदानचुली गाउँपालिकामा पुर्याइएको रेडियो श्रीनगरका मोहन बुढाले जानकारी दिनुभयो । 

गाउँपालिकाको सरकारी गाडीमा गाउँपालिका अध्यक्ष मल्ल बाहेक अन्य सबै प्रचण्ड–नेपाल समुहका जिल्ला स्थित नेता तथा कार्यकर्ता गोपाल बुढा, एट्म परियार र शिभराज शर्मा लगायतका अरु सामान्य पार्टीका कार्यकर्ता समेत सवार भएको श्रीनगरका स्थानीयले बताएका छन् ।

ताँजाकोट गाउँपालिकाको सरकारी गाडी कार्यालयको काम भन्दा पनि नेता कार्यकर्ता ओसारपसार गर्ने भाडो बनेको छ ।

ताँजकोट गाउँपालिकाको गाडी छ भनेर सबैलाई थाहा भएपनि प्रचण्ड नेपाल समुहको कार्यक्रममा सरकारी गाडीको मनपरी दुरुपयोग गरीएको हो ।

यस्तै प्रत्येक वडामा वितरण गरीएका मोटरसाइकल कता छन् र कुन हालतमा छन् भन्ने कोही कसैलाई नभएको थाहा नभएको यहाँका स्थानीयले बताएका छन् ।

ताँजकोट गाउँपालिकाका जनप्रतिनिधिहरुले नियम विपरीत पालिकाको सरकारी सवारीको अनियमितता गर्दै आएका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप ताँजकोट
ताँजाकोट गाउँपालिकाको कार्यालयमा आगलागी,महत्वपुर्ण कागजात सबै जलेर नष्ट

ताँजाकोट गाउँपालिकाको कार्यालयमा आगलागी,महत्वपुर्ण कागजात सबै जलेर नष्ट

ताँजाकोट गाउँपालिकाको कार्यालयमा आज राती करिब पौने २ बजेको समयमा आगलागि भएको छ । आगलागिको कारणका बारेमा अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ । आगलागि हुँने वित्तिकै त्यहाँका स्थानीय...
ताजाँकोटको मदनामा ६÷७ महिनादेखि टावर र फोजी सेवा अवरुद्ध, स्थानीयलाई सास्ती

ताजाँकोटको मदनामा ६÷७ महिनादेखि टावर र फोजी सेवा अवरुद्ध, स्थानीयलाई सास्ती

हुम्लाको दक्षिण क्षेत्रमा रहेको ताजाँको गाउँपालिकाको वडा नम्बर ५ को मदान गाउँमा विगत ६÷७ महिनादेखि मोबाइल टावर र फोजी इन्टरनेट सेवा नियमित रूपमा अवरुद्ध हुँदा स्थानीय बासिन्दा समस्यामा...
ताँजाकोट–२ को दलितवाडामा एकीकृत बस्ती विकास गरिने

ताँजाकोट–२ को दलितवाडामा एकीकृत बस्ती विकास गरिने

जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले ताँजाकोट गाउँपालिका वडा नम्बर २ स्थित मैला गाउँको दलितवाडा बस्तीमा एकीकृत बस्ती विकास कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको छ ।
पुर्वमुख्यमन्त्री शाहीलाई हुम्लाको ताँजकोटमा २५ किलोको माला

पुर्वमुख्यमन्त्री शाहीलाई हुम्लाको ताँजकोटमा २५ किलोको माला

कर्णाली प्रदेस सरकाको मुख्य मन्त्री हुँदै गर्दा ताजाँकोट गाउँपालिकाको विकासका लागि महत्वपुर्ण योगदान गरेको भन्दै उहाँलाई २५ किलोको माला सहित च्याँग्राको रौँ बाट बनेको राडी (पाखी)ले सम्मान गरेको...
भर्खरै