नेभिगेशन
सिमकोट

सिमकोट गाउँपालिका वडा तीन नेकपा प्रचण्ड माधव पक्षको वडा कमिटी गठन

हुम्लाको सिमकोट गाउँपालिका वडा तीनमा नेकपा प्रचण्ड माधव समुहको वडा कमिटी गठन गरीएको छ । आइतबार वडा कमिटीका अध्यक्ष टुमजोक लामाको अध्यक्षतामा, नेपाल कम्युनिष्ट पार्टी नेकपाका जिल्ला अध्यक्ष लालकेश जैसिको प्रमुख आथित्यमा २९ सदस्यीय कमिटी गठन गरीएको जानकारी प्राप्त भएको छ । नेता तथा कार्यकर्ताको उपस्थितमा वडा तीनमा २९ सदस्यीय वडा कमिटी गठन गरीएको ताक्ला जिम्मेत लामाले जानकारी दिनुभयो ।

आजै भएको नेकपा प्रचण्ड माधवका नेता कार्चेन लामा, अविराम शाही, तिर्थराज रोकाया लगाएतका नेता तथा कार्यकर्ताको बाक्लो उपस्थित रहेको लामाले जानकारी दिनुभयो । करिव २ सय जना नेता तथा कार्यकर्ताको सहभागीमा वडा कमिटी गठन गरीएको हो । आजै भएको वडा कमिटी गठनमा बोल्ने क्रममा अधिकांस वक्ताहरुले प्रधानमन्त्री केपी शर्मा ओलील गरेको प्रतिनिधि सभा संसद विघटन संवैधानिक विपरित रहेको र चुनाव तोकिएकै समयमा नहुने र प्रतिनि सभा विगठन गरि देश र जनतालाई भ्रम फैलाएको बताएका थिए ।

त्यसै गरी सोही कार्यक्रममा २१ सदस्यिय सल्लाहकार समिति पनि गठन गरिएको जानकारी प्राप्त भएको छ । सल्लाहकार समितिको संयोजकमा रिक्जेन लामा चयन गरीएको हो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप सिमकोट
सिमकोट गाउँपालिका पूर्ण खोप दिगोपना सुनिश्चित घोषणा

सिमकोट गाउँपालिका पूर्ण खोप दिगोपना सुनिश्चित घोषणा

हुम्लाको सिमकोट गाउँपालिकालाई पूर्ण खोप दिगोपना सुनिश्चित गाउँपालिका घोषणा गरिएको छ । गाउँपालिकाका आठ वटै वडालाई पूर्ण खोप घोषणा गरिसकेपछि एक औपचारिक कार्यक्रमका बीच सिमकोट गाउँपालिकालाई पूर्ण खोप...
सिमकोट गाउँपालिकाद्वारा २० वटा सामुदायिक विद्यालयलाई कम्प्युटर वितरण

सिमकोट गाउँपालिकाद्वारा २० वटा सामुदायिक विद्यालयलाई कम्प्युटर वितरण

हुम्लाको सिमकोट गाउँपालिकाले शिक्षामा सूचना प्रविधिको पहुँच विस्तार गर्ने उद्देश्यले २० वटा सामुदायिक विद्यालयलाई कम्प्युटर वितरण गरेको छ। करिब ४५ लाख रुपैयाँ बराबरको लागतमा कम्प्युटर वितरण गरिएको गाउँपालिकाले...
सिमकोट गाउँपालिकाको  ९ करोड भन्दा बढी बेरुजु

सिमकोट गाउँपालिकाको ९ करोड भन्दा बढी बेरुजु

हुम्लाको सिमकोट गाउँपालिकाको बेरुजु रकम ९ करोडभन्दा बढी पुगेको तथ्य सार्वजनिक भएको छ । महालेखा परीक्षकको कार्यालयले शुक्रबार राष्ट्रपतिलाई बुझाएको ६३ औँ वार्षिक प्रतिवेदन अनुसार गाउँपालिकाको हालसम्मको अध्यावधिक...
सिमकोट गाउँपालिकामा ९ करोड भन्दा बढी बेरुजु

भर्खरै