नेभिगेशन
सिमकोट

प्रतिनिधि सभा विघटनविरुद्ध नेपाली कांग्रेस हुम्लाद्धारा मौन प्रदर्शन

नेपाली कांग्रेस हुम्लाले जमिनमा जमेको बाक्लो हिउँमा प्रतिनिधि सभा विघटन विरुद्ध नबोलेर बजार परिक्रम गरी प्रदर्शन गरेको छ ।कांग्रेसको केन्द्रीय कार्यक्रम अनुसार प्रधानमन्त्री केपि शर्मा ओली सरकारले संसद विघटन असंवैधानिक कदम चालेको भन्दै शनिबार विरोध प्रदर्शन गरिएको हो । 

प्रधामन्त्री ओलीले गत पुस ५ गते गरेको प्रतिनिधि सभा विघटनको विरुदमा प्रर्दशन गरीएको नेपाली कांग्रेस हुम्लाले जानकारी दिएको छ । सरकार बिरुद्धको राष्ट्रिय कार्यक्रमलाई नेपाली काँग्रेस हुम्लाका शुभेक्छुक संस्थाहरुले संयुक्त रुपमा विरोध कार्यक्रम गरेका हुन ।

बिहान साढे ११ वजे पुरानो पार्टी कार्यालय काली चोकबाट कागजमा लेखिएको नारा छाती टाँसेर प्रर्दशन गरेका थिए । प्रर्दशनमा सहभागीहरुले हात र टाउकोमा कालो पट्टी समेत बाँधनु थिए । नारा भने लगाइएको थिएन । जुलुशले मौन रुपमा बजारको परिक्रम गरेको थियो । प्रर्दशनकारीले कालीन चोकबाट, बालमन्दिर चोक, काठेचुली हुँदै धुपी रुख, खेल मैदान, रानी वन, सनभ्याली एपोर्ट चोक हुँदै पून कालीन चोकमै आएर टे«ड युनियनका अध्यक्ष राजन रावतले जुलुशलाई समापन गरका थिए ।

प्रर्दशनमा ट्रेड युनियन काँग्रेस, नेपाल शिक्षक संघ, नेपाल निजामति कर्मचारी युनियन संघ, प्रेश युनियन, लोकतान्त्रिक होटेल संघ, लोकतान्त्रिक निर्माण व्यवसायी संघ, वित्तिय संस्था, स्कुल अफ डेमोक्रेसी लगाएत संस्थाका नेता तथा कार्यकर्ता प्रर्दशनमा सहभागि भएका थिए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप सिमकोट
सिमकोट गाउँपालिका पूर्ण खोप दिगोपना सुनिश्चित घोषणा

सिमकोट गाउँपालिका पूर्ण खोप दिगोपना सुनिश्चित घोषणा

हुम्लाको सिमकोट गाउँपालिकालाई पूर्ण खोप दिगोपना सुनिश्चित गाउँपालिका घोषणा गरिएको छ । गाउँपालिकाका आठ वटै वडालाई पूर्ण खोप घोषणा गरिसकेपछि एक औपचारिक कार्यक्रमका बीच सिमकोट गाउँपालिकालाई पूर्ण खोप...
सिमकोट गाउँपालिकाद्वारा २० वटा सामुदायिक विद्यालयलाई कम्प्युटर वितरण

सिमकोट गाउँपालिकाद्वारा २० वटा सामुदायिक विद्यालयलाई कम्प्युटर वितरण

हुम्लाको सिमकोट गाउँपालिकाले शिक्षामा सूचना प्रविधिको पहुँच विस्तार गर्ने उद्देश्यले २० वटा सामुदायिक विद्यालयलाई कम्प्युटर वितरण गरेको छ। करिब ४५ लाख रुपैयाँ बराबरको लागतमा कम्प्युटर वितरण गरिएको गाउँपालिकाले...
सिमकोट गाउँपालिकाको  ९ करोड भन्दा बढी बेरुजु

सिमकोट गाउँपालिकाको ९ करोड भन्दा बढी बेरुजु

हुम्लाको सिमकोट गाउँपालिकाको बेरुजु रकम ९ करोडभन्दा बढी पुगेको तथ्य सार्वजनिक भएको छ । महालेखा परीक्षकको कार्यालयले शुक्रबार राष्ट्रपतिलाई बुझाएको ६३ औँ वार्षिक प्रतिवेदन अनुसार गाउँपालिकाको हालसम्मको अध्यावधिक...
सिमकोट गाउँपालिकामा ९ करोड भन्दा बढी बेरुजु

भर्खरै