नेभिगेशन
अर्थ

कर्णालीमा एमबीबीएस पढाइका लागि कार्यदल गठन

७ भदौं, काठमाडौं । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चिकित्सा विषयको स्नातक तह (एमबीबीएस) तहमा भर्नासम्बन्धी अध्ययन शुरु गर्न स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका चिकित्सक श्रीकृष्ण गिरीको संयोजकत्वका कार्यदल गठन गरिएको छ ।

कार्यदलमा चिकित्सकद्वय जीवन क्षेत्री, केदार बराल तथा कर्णाली प्रदेश सरकारका प्रतिनिधि, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका प्रतिनिधि एवं सुर्खेत अञ्पतालका प्रतिनिधिसमेत रहने शिक्षा मन्त्रालयले जनाएको छ ।

सरकार र चिकित्सक डा. गोविन्द केसीका बीचमा साउन १० गते भएको सहमति कार्यान्वयन गर्न सो कार्यदल गठन गरिएको हो । सहमतिको प्रमुख बुँदाका रूपमा रहेको चिकित्सा शिक्षा विधेयक संशोधनका क्रममा प्रतिनिधिसभा, शिक्षा र स्वास्थ्य समितिमा छलफलका क्रममा रहेको र सो विधेयकमाथि २२ वटा संशोधन दर्ता भएको छ ।   रासस

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अर्थ
हुम्लाका स्याउलाई बजार आउन भदौ पहिलो साता लाग्ने (बैठकको निर्णय हेर्नुहोस्)

हुम्लाका स्याउलाई बजार आउन भदौ पहिलो साता लाग्ने (बैठकको निर्णय हेर्नुहोस्)

‘हुम्लाको मौशम र यहाँ फल्ने स्याउँको प्रजातीका आधारमा पनि वुटाबाट निकाल्ने र बजारमा विक्रि वितरणका लागि स्याउ लैजाने उपयुक्त समय भनेकै भदौ महिनाको पहिलो सातापछि हो’, कृषि विकास...
महाअष्टमीको अवसरमा हुम्लाका ६२ घरधुरीलाई खाद्यन्न वितरण (भिडियोसहित) 

महाअष्टमीको अवसरमा हुम्लाका ६२ घरधुरीलाई खाद्यन्न वितरण (भिडियोसहित) 

गएको फागुन महिनादेखि राम्रोसँग पानी नपरेका कारण खडेरीले भदौमा पाक्न् बाली नपाक्दा खाद्यन्न समस्या झेलिरहेका हुम्लाको अदानचुली १ कल्खेका ५२ घरधुरीलाई दशैको महाअष्टमीको अवसरमा चामल, तेल र सल...