नेभिगेशन
सिमकोट

चर्को लोडसेडिङ हुन थालेपछि सिमकोटका महिला आन्दोलित

हुम्लाको सदरमुकाम सिमकोटमा दैनिकब तीन पटक चर्को लोडसेडिङ हुन थालेपछि यहाँका महिला आक्रोसित भएर विद्युत कार्यालय घेराउ गरेका छन् ।

सिमकोटमा दैनिक १२ घण्टा बढी लोडसेडिङ हुँदा यहाँका सेवाग्राही आन्दोलीत भएका हुन् । नेपाल विद्युत प्राधिकरण हेल्दुङ वितरण केन्द्र हुम्लाले चरम लापारबाही गरेको भन्दै सिमकोट गाउँपालिका वडा ६ का स्थानीय महिला विद्युत कार्यालयमा पुगेर कार्यालय घेराउ गर्नुका साथै आन्दोलन गरेका हुन् ।

दिउँसो केही समय विद्युत आपुर्ति भएपनि साँझ चारदेखि लोडसेडिङ भएर राति दश पछि मात्रै विद्युत आउने हुँदा एसइई तयारी गरिरहेका विद्यार्थी सहित अन्य विद्यार्थीको पठनपाठनमा समस्या निम्त्याएको भन्दै वडा ६ का महिलाहरु आक्रोसित भएका हुन् ।

विद्युत समयमै उपलब्ध नहुँदा विद्यार्थी र वृद्धवृद्धालाई बढी समस्या बनाएको वडा ६ का महिला हंसकला रोकायाले बताउनुभयो । सोमबार सम्म विद्युत कार्यालयले भनेको समयमा आर्पुति नगरे विद्युतलाइन कटौती गर्नुका साथै आफ्नो जग्गामा गाडिएका पोल सोही कार्यालयमा निवेदन दिएर उखेलेर फ्याक्ने चेतावनी दिएका छन् ।

लामो समयको लकडाउन पछि बल्लतल्ल विद्यालय जान पाएका विद्यार्थीलाई लोडसेडिङको मारले विद्यालयमा शिक्षकले दिएको होमर्क गर्न बाधा पुगेको स्थानीय उम्मकला रावतले गुनासो गर्नुभयो । चाहिने समयमा विद्युत आउँदैन् नचाहिने समयमा दिभरी आउँछ रोकायाले भन्नुभयो ।

कोरोना सङ्क्रमण त्रासले विद्यालय नखुलेर पढ्न नपाएका विद्यार्थीले हिउँदको समयमा सिमकोटमा लामो समय लोडसेडिङ हुन थालेपछि एसइईमा नम्बर राम्रो नआउने भएको भन्दै विद्यर्थाीले चिन्ता गर्न थालेका छन् । दिउँसो देखि राती १२ बजे सम्म लोडसेडिङ हुँदा समस्या बनाएको अर्का स्थानीय महिला सुन्तला रावतले बताउनुभयो ।

नेपाल विद्युत प्राधिकरण हेल्दुङ वितरण केन्द्र हुम्लाको मुहानमा पानीको स्रोत कम भएपछि सेवाग्राहीले लोडसेडिङको मार खेप्नुपरेको निमित्त कार्याललय प्रमुख राज कुमार बोहराले बताउनुभयो । यहाँका स्थानीयको माग सम्बोधन गर्ने र लोडसेडिङको अन्त्य भने नहुने निमित्त बोहराले बताउनुभयो ।

चर्काे लोडसेडिङले जेठमा एसइई तयारी गर्नका लागि सदरमुकाम सिमकोट आसपासका गाउँबाट सिमकोटमा ट्युसन पढ्न आएका विद्यार्थीसहित सदरमुकाम सिमकोटवासीको दैनिकीमा समस्या भएको छ ।

हेल्दुङ वितरण केन्द्र हुम्लाले वर्षेनी विभिन्न बाहनामा मर्मतका लागी भन्दै लाखौ रकम खर्च गर्ने गरेको छ । यता सेवाग्राहीले पुरानै सल्लाहको दियालो बालेर दैनिकी चलाउन बाध्यछन् । यस विषयमा सम्बन्धित कार्यालयले समयमै ध्यान दिन जरुरी छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप सिमकोट
विभिन्न चार वटा निर्णय गर्दै सिमकोटका विपद व्यवस्थापन समिति बैठक सम्पन्न

विभिन्न चार वटा निर्णय गर्दै सिमकोटका विपद व्यवस्थापन समिति बैठक सम्पन्न

सिमकोट गाउँपालिकाको विपद व्यवस्थापन समितिको बैठक बसेको छ । सिमकोट गाउापालिकाले अहिले सम्म विपदका घटनाका विवरण संकलनका बारेमा जानकारी गराएको थियो । आउने दिनमा कसरी विपदमा रहेर काम...
भर्खरै