नेभिगेशन
सर्केघार्ड

सुख्खा रुख ढलेर ढुङगामुढा खस्दा एकजनाको मृत्यु

हुम्लाको मध्ये क्षेत्रमा रहेको सर्केगाड गाउँपालिका सुख्खा रुखले च्यापेर एकजना पुरुषको मृत्युभएको छ । वडा चार दुल्ली गाउँका ३५ वर्षिय प्रेम बहादुर थापाको मङ्बार साँझ खुख्खा रुख ढलेर पहिरो आउँदा त्यसबाट खसेको ढुङ्गामुढा र रुखले च्यापेर मृत्युभएको हो ।

गाउँ नजिक रहेकों दुल्ली प्राथामिक विद्यालयबाट छुट्टी भएर घर फिर्ता हुने क्रममा पहिरा खोला भन्ने स्थानमा रुख ढलेर थापाको मृत्युभएको आफन्त ढिल्ली महताराले जानकारी दिनुभयो । विद्यालय र गाउँको विचमा पर्ने एक घण्टा लाग्ने पहिरा खोला भन्ने स्थानमा थापाको मृत्युभएको जानकारी प्राप्त भएको छ ।

मृतक थापाको पोष्टमार्टमका लागी जिल्ला अस्पतालबाट डाकटर नविन रोकायाको टोली गएकाले पोष्टमार्टम पछि मात्रै अन्त्यष्टि गरिने भएको महतराले जानकारी दिनुभयो । विद्यालयबाट वडा चारमा रहेको घर न्यासीमा फिर्ता हुनेक्रममा थापाको मृत्युभएको हो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप सर्केघार्ड
“चरन खर्क सुधार“ कार्यक्रम अन्तर्गत ४८ किसानलाई आवश्यक सामग्री वितरण

“चरन खर्क सुधार“ कार्यक्रम अन्तर्गत ४८ किसानलाई आवश्यक सामग्री वितरण

हुम्लाको सर्केगाड गाउँपालिकाले “चरन खर्क सुधार“ कार्यक्रम अन्तर्गत किसानलाई आवश्यक सामग्री वितरण गरेको छ । पशुपालन तथा चरन व्यवस्थापनलाई थप प्रभावकारी बनाउने उद्देश्यले गाउँपालिकाका १ देखि ८ वटै...
सर्केगाड उपनिर्वाचनमा ६६ प्रतिशत मतदान 

सर्केगाड उपनिर्वाचनमा ६६ प्रतिशत मतदान 

आइतबार बिहान ७ बजेबाट सुरु भएको १२ वटा मतदान स्थल र १ मतदान केन्द्रमा गरी जम्म ६६ प्रतिशत मत खसेको मुख्य निर्वाचन अधिकृत शम्भु प्रशाद बरालले बताए ।...
भर्खरै