नेभिगेशन
सिमकोट

हिल्दुम गाउँमा सामुदायिक स्वास्थ्य इकाई कार्यालय स्थापना

हुम्लाको सिमकोट गाउँपालिका वडा चारमा रहेको हिल्दुम गाउँमा पहिलो पटक सामुदायिक स्वास्थ्य इकाई स्थापना गरिएको छ । स्वास्थ्य सेवाबाट कोही पनि नागरिक बञ्चित नहुन भन्ने उदेश्यले स्वास्थ्य इकाई स्थापना गरिएको हो ।

शनिबार एक कार्यक्रमका विच वडा चारका वडाध्यक्ष छविचन्द्र लामाको अध्यक्षमा र जिल्ला अस्पतालका सिनियर अनमी सरिता बोहराको प्रमुख आथित्यमा सामुदायिक स्वास्थ्य इकाई कार्यालय उद्घाटन गरेर स्थापना गरीएको हो ।

कर्णाली प्रदेश सरकारको सहयोगमा पुरानो बालविकास विद्यालयको भवनको एक कोठामा स्वास्थ्य इकाई स्थापना गरीएको हो । भवन बनाउँदा सम्मका लागी उक्त विद्यालयको एक कोठाबाट सेवा प्रदान गरीने भएको छ ।

आजै स्थापना भएको उक्त स्वास्थ्य इकाई कार्यालयमा तीन जना कर्मचारीको दरबन्दी इकाई प्रमुख कबिन्द्र शाहीले जानकारी दिनुभयो । एकजना अहेब, एकजना अनमी र एक जना कार्यालय सहयोगी गरेर तीनजना कर्मचारीको दरबन्दी रहेको शाहीले जानकारी दिए ।

घरदैलोमै स्वास्थ्य सेवा दिन खोलिएको इकाई स्वास्थ्य चौकीको पहुँच बाहिर रहेका यहाँका सर्वसाधरणलाई राहत दिने वडाध्यक्ष छविचन्द्र लामाले बताए । स्वास्थ्य संस्था नभएको कारण यहाँका स्थानीय बासिन्दा सामान्य विरामी हुँदा स्वास्थ्य सेवा लिन जिल्ला सदरमुकाम सिमकोट पुग्नुपर्ने बाध्यता रहेको थियो । स्वास्थ्य संस्था नभएको यस वडामा सामुदायिक स्वास्थ्य इकाई सञ्चालनमा ल्याइएको वडाध्यक्ष लामाले बताए ।

नयाँ संरचना अनुसार स्वास्थ्य संस्था नभएका वडाहरुमा आवश्यक जनशक्तिको दरबन्दी सहित सामुदायिक स्वास्थ्य इकाई स्थापना गर्ने क्रममा वडा ४ मा पनि प्रदेश सरकारले नै कार्यक्रम स्वीकृत गरे अनुरुप सामुदायिक स्वास्थ्य इकाई स्थापना गरिएको हो ।

इकाई स्थापना भएपछि यहाँका सर्वसाधारण हर्षित भएका छन् । स्वास्थ्य सेवा लिन आधि घण्टाको पैदल हिडेर सदरमुकाम सिमकोट पुग्नुपर्ने बाध्यता यहाँका स्थानीयलाई अबका दिनबाट हट्ने भएको छ । जटिल विरामीका बाहेक अन्य सम्पुर्ण सेवा स्वास्थ्य इकाईबाट नै गरीने भएको प्रमुख शाहीले बताए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप सिमकोट
सिमकोट गाउँपालिका पूर्ण खोप दिगोपना सुनिश्चित घोषणा

सिमकोट गाउँपालिका पूर्ण खोप दिगोपना सुनिश्चित घोषणा

हुम्लाको सिमकोट गाउँपालिकालाई पूर्ण खोप दिगोपना सुनिश्चित गाउँपालिका घोषणा गरिएको छ । गाउँपालिकाका आठ वटै वडालाई पूर्ण खोप घोषणा गरिसकेपछि एक औपचारिक कार्यक्रमका बीच सिमकोट गाउँपालिकालाई पूर्ण खोप...
सिमकोट गाउँपालिकाद्वारा २० वटा सामुदायिक विद्यालयलाई कम्प्युटर वितरण

सिमकोट गाउँपालिकाद्वारा २० वटा सामुदायिक विद्यालयलाई कम्प्युटर वितरण

हुम्लाको सिमकोट गाउँपालिकाले शिक्षामा सूचना प्रविधिको पहुँच विस्तार गर्ने उद्देश्यले २० वटा सामुदायिक विद्यालयलाई कम्प्युटर वितरण गरेको छ। करिब ४५ लाख रुपैयाँ बराबरको लागतमा कम्प्युटर वितरण गरिएको गाउँपालिकाले...
सिमकोट गाउँपालिकाको  ९ करोड भन्दा बढी बेरुजु

सिमकोट गाउँपालिकाको ९ करोड भन्दा बढी बेरुजु

हुम्लाको सिमकोट गाउँपालिकाको बेरुजु रकम ९ करोडभन्दा बढी पुगेको तथ्य सार्वजनिक भएको छ । महालेखा परीक्षकको कार्यालयले शुक्रबार राष्ट्रपतिलाई बुझाएको ६३ औँ वार्षिक प्रतिवेदन अनुसार गाउँपालिकाको हालसम्मको अध्यावधिक...
सिमकोट गाउँपालिकामा ९ करोड भन्दा बढी बेरुजु

सिमकोट गाउँपालिकामा ९ करोड भन्दा बढी बेरुजु

हुम्लाको सिमकोट गाउँपालिकाको बेरुजु रकम ९ करोडभन्दा बढी पुगेको तथ्य सार्वजनिक भएको छ । महालेखा परीक्षकको कार्यालयले शुक्रबार राष्ट्रपतिलाई बुझाएको ६३ औँ वार्षिक प्रतिवेदन अनुसार गाउँपालिकाको हालसम्मको अध्यावधिक...
भर्खरै