नेभिगेशन
सर्केघार्ड

सर्केगाड गाउँपालिकाको वडा पाँच सिल

जिल्लाको मध्ये क्षेत्रमा रहेको सर्केगाड गाउँपालिकामा चार जना स्थानीयमा कोरोना संक्रमण पुष्टि भएको छ । वडा पाँचमा आज १५ जनामा एन्टिजेन विधिबाट कोरोना परीक्षण गर्दा चार जनामा संक्रमण पुष्टि भएको जानकारी प्राप्त भएको छ । आज संक्रमण पुष्टि भएका चार जना सबै पुरुष रहेका छन् । संक्रमणको दर थप फैलिन नदिका लागी आजबाट दश दिन सम्मका लागी वडा पाँचलाई सिल गरीएको गाउँपालिका अध्यक्ष कृष्ण रोकायाले जानकारी दिनुभयो ।

चारजनामा संक्रमण देखिए लगत्तै सिल गरीएको अध्यक्ष रोकायाले जानकारी दिए । जिल्ला बाहिरबाट आएका नागरीकमा कोरोना नदेखिएर गाउँमा रहेका स्थानीयमा संक्रमण देखिएको उनले बताए । गाउँपालिकामा उपलब्ध भएसम्मका स्वास्थ्य उपकरणबाट संक्रमितहरुको चेकजाँच भईरहेको छ । आजबाट सिल भएपछि एक घरबाट अर्को घरमा समेत जानलाई रोक लगाईनुका साथै गउँमा स्वयम सेवक परिचालन गरीएको गाउँपालिका अध्यक्ष रोकायाले बताए ।

गाउँपालिकामा रहेका प्रत्येक वडाहरुमा प्ररिक्षणको गरीने भएको र यसको दायरालाई बढाईने भएको उनको भनाई छ । गाउँपालिकाले खरिद गरेका आइसोलेशन बेडका सामाग्री बाटोमा आउँदै गरेकाले गाउँमा पुगेपछि थप व्यवस्थीत बनाइने भएको उनले बताए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप सर्केघार्ड
“चरन खर्क सुधार“ कार्यक्रम अन्तर्गत ४८ किसानलाई आवश्यक सामग्री वितरण

“चरन खर्क सुधार“ कार्यक्रम अन्तर्गत ४८ किसानलाई आवश्यक सामग्री वितरण

हुम्लाको सर्केगाड गाउँपालिकाले “चरन खर्क सुधार“ कार्यक्रम अन्तर्गत किसानलाई आवश्यक सामग्री वितरण गरेको छ । पशुपालन तथा चरन व्यवस्थापनलाई थप प्रभावकारी बनाउने उद्देश्यले गाउँपालिकाका १ देखि ८ वटै...
सर्केगाड उपनिर्वाचनमा ६६ प्रतिशत मतदान 

सर्केगाड उपनिर्वाचनमा ६६ प्रतिशत मतदान 

आइतबार बिहान ७ बजेबाट सुरु भएको १२ वटा मतदान स्थल र १ मतदान केन्द्रमा गरी जम्म ६६ प्रतिशत मत खसेको मुख्य निर्वाचन अधिकृत शम्भु प्रशाद बरालले बताए ।...
भर्खरै