नेभिगेशन
सिमकोट

आगलागी हुँदा रु १५ लाखको क्षेती

बिहिबार दिउँसो हुम्लाको सिमकोट गाउँपालिकाको वडा ७ डाडाफयाको जबुका गाउँमा विद्युतको तारबाट एक घरमा अचानक आगलागी हुँदा करिब रु १५ लाख बराबरको क्षेति पुगेको शुक्रबार प्रहरीले मुचुल्का गरेको छ ।

विहिबार आगलागी भएको भएपनि अविरल वर्षाका कारण शुक्रबार विहान प्रहरी आगलागी भएको घट्नास्थलमा पुगेर विशाल सिंहको घरमा विद्युत सर्ट हुँदा सल्केर लागेको आगोले सिराम शाही, डबल शाही, गोपि सिंहको घरमा समेत क्षेति पुराउँदा चार जनाको घरमा गरेर रु १४ लाख ९८ हजार बराबरको क्षेति पुगेको जानकारी दिएको छ ।

सुरुमा विद्युत सर्ट भएर आगलागी भएको विशाल सिंहको घरमा रु ९ लाख ३५ हजारको क्षेति भएको छ भने सिंहको घरबाट सल्केर क्षेति पुराएको सिराम शाहीको घरमा रु ३ लाख २० हजार, डबल शाहीको घरमा रु १ लाख २७ हजार र गोपि सिंहको घरमा आगलागी हुँदा रु १ लाख १६ हजारको क्षेति पुगेको स्थानीय विर बहादुर सिंहले जानकारी दिए । विहिबार दिउँसो तीन बजेको समयमा विशाल सिंहको घरमा विद्युत सर्ट भएर आगलागी हुँदा लाखौको धनमाल जलेर नष्ट भएको थियो ।

आगलागी हुँदा घरमा रहेको अन्नपात, भाडाकुडा, लत्ताकपडा सहित घरमा राखिएको अति आवशयक महत्वपुर्ण कागजत समेत जलेर नष्ट भएको स्थानीय सिंहले बताउनुभयो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप सिमकोट
विभिन्न चार वटा निर्णय गर्दै सिमकोटका विपद व्यवस्थापन समिति बैठक सम्पन्न

विभिन्न चार वटा निर्णय गर्दै सिमकोटका विपद व्यवस्थापन समिति बैठक सम्पन्न

सिमकोट गाउँपालिकाको विपद व्यवस्थापन समितिको बैठक बसेको छ । सिमकोट गाउापालिकाले अहिले सम्म विपदका घटनाका विवरण संकलनका बारेमा जानकारी गराएको थियो । आउने दिनमा कसरी विपदमा रहेर काम...
भर्खरै