नेभिगेशन
सिमकोट

बन्दाबन्दीको समयमा अतिविपन्न परीवारलाई खाद्यान्‍न सहयोग

जिल्लाको सिमकोट गाउँपालिका वडा सातका दुई सय ५० घरधुरीलाई लकडाउनको समयमा खाद्यान्‍न राहत वितरण गरीएको छ ।

हुम्लामा कोरोना संक्रमितको संख्यामा वृद्धिभएपछि डिसिसिएसिले तेस्रो पटक पनि निषेधाज्ञा गरेपछि बन्दाबन्दीमा परेका नागरीकलाई डाडाफया गाउँका स्थानीय बलिविर शाहीले खाद्यान्‍न सहयोग गरेका हुन् ।

वडा ७ डाडाफया गाउँका स्थानीय बलिविर शाहीले आफ्नो व्यक्तिगत सहयोगमा बन्दाबन्दीले आर्थिक अवस्था कम्जोर भएका डाडाफया गाउँका नागरीकलाई आज खाद्यान्‍न सामाग्री वितरण गरेका हुन् ।

शाहीले अतिविपन्न लाई दुई बोरा चामल, एक पोका तेल, दुई चक्की हातमुख धुने सावुन् सहयोग हुन भने मध्यम खालका घरपरिवारलाई एक बोरा चामल र गाउँका अन्य बाँकी घरधुरीलाई एक घरपरिवार वापत १५ केजी चामल, एक पोका तेल, दुई चक्की हातमुख धुने साबुन निशुल्क सहयोग पाउँदा खुसि लागेको स्थानीय विर बहादुर सिंहले बताउनुभयो ।

आजै मध्यम खालका परीवारलाई १ बोरा, अति विपन्न परीवारलाई दुई बोराका दरले खाद्यान्‍न वितरण गरीएको हा । करिब दुई हप्ता देखिको निषेधाज्ञाले गाउँबाहिर आन्तरिक काम गर्न नपाएर, दैनिकी चलाउन समस्यामा परेका तथा आर्थिक अवस्था कम्जोर भएका डाडाफयाका नागरीकलाई केही राहत मिलेको छ ।

मर्दापर्दा चाहिने गाउँका नागरीक नै भएकाले यो बन्दाबनन्दीको समयमा आफुले चामल, तेल र सावुन सहयोग गर्न पाउँदा अलिकती भएपनि उनिहरुलाई राहत मिलेको शाहीले बताउनुभयो ।

बन्दाबन्दीको समयमा हातमुख जोड्न समस्या भएको बेला खाद्यान्‍न राहत पाउँदा खुसि भएको यहाँका स्थानीयले बताएइका छन् ।
यस्तै पाम्लाथुङ, चौगनफाय, र धारापोरी गाउँका नागरीकलाई खाद्यान्‍न राहत केही दिनपछि वितरण गरीने भएको उहाँले बताउनुभयो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप सिमकोट
सिमकोट गाउँपालिका पूर्ण खोप दिगोपना सुनिश्चित घोषणा

सिमकोट गाउँपालिका पूर्ण खोप दिगोपना सुनिश्चित घोषणा

हुम्लाको सिमकोट गाउँपालिकालाई पूर्ण खोप दिगोपना सुनिश्चित गाउँपालिका घोषणा गरिएको छ । गाउँपालिकाका आठ वटै वडालाई पूर्ण खोप घोषणा गरिसकेपछि एक औपचारिक कार्यक्रमका बीच सिमकोट गाउँपालिकालाई पूर्ण खोप...
सिमकोट गाउँपालिकाद्वारा २० वटा सामुदायिक विद्यालयलाई कम्प्युटर वितरण

सिमकोट गाउँपालिकाद्वारा २० वटा सामुदायिक विद्यालयलाई कम्प्युटर वितरण

हुम्लाको सिमकोट गाउँपालिकाले शिक्षामा सूचना प्रविधिको पहुँच विस्तार गर्ने उद्देश्यले २० वटा सामुदायिक विद्यालयलाई कम्प्युटर वितरण गरेको छ। करिब ४५ लाख रुपैयाँ बराबरको लागतमा कम्प्युटर वितरण गरिएको गाउँपालिकाले...
सिमकोट गाउँपालिकाको  ९ करोड भन्दा बढी बेरुजु

सिमकोट गाउँपालिकाको ९ करोड भन्दा बढी बेरुजु

हुम्लाको सिमकोट गाउँपालिकाको बेरुजु रकम ९ करोडभन्दा बढी पुगेको तथ्य सार्वजनिक भएको छ । महालेखा परीक्षकको कार्यालयले शुक्रबार राष्ट्रपतिलाई बुझाएको ६३ औँ वार्षिक प्रतिवेदन अनुसार गाउँपालिकाको हालसम्मको अध्यावधिक...
सिमकोट गाउँपालिकामा ९ करोड भन्दा बढी बेरुजु

सिमकोट गाउँपालिकामा ९ करोड भन्दा बढी बेरुजु

हुम्लाको सिमकोट गाउँपालिकाको बेरुजु रकम ९ करोडभन्दा बढी पुगेको तथ्य सार्वजनिक भएको छ । महालेखा परीक्षकको कार्यालयले शुक्रबार राष्ट्रपतिलाई बुझाएको ६३ औँ वार्षिक प्रतिवेदन अनुसार गाउँपालिकाको हालसम्मको अध्यावधिक...
भर्खरै