नेभिगेशन
सिमकोट

१६ गते साँझ हराएका बोहरा मृत भेटिए

हुम्लाको सिमकोट गाउँपालिका वडा २ का ४५ वर्षिय रुन बोहरा १६ गते साँझ देखि हराएको भएपनि सोमबार राती मृतअवस्थामा भेटिएका छन् ।

बोहरा आइतबार हराएपनि सोमबार दिनभर छिमेकी गाउँ, ताक्ला, दोजाम, कुम्लिक लगायतका गाउँमा खोजतलास गर्दा कतै नभएको जानकारी आएपछि ताक्ला गाउँका देवताले तारा ढुङ्गाको खोला आसपास क्षेत्रमा रहेको बताएपछि सोमबार राती देखि यस क्षेत्रमा खोजी गर्दा मृत अवस्थामा भेटिएका हुन् ।

सोमबार दिनभर सम्म कोही कसैलाई थाहा नभएको तर सामेबार राती आठ बजे देखि प्रहरीलाई खबर गरेर दोजाम प्रहरी र स्थानीय मिलेर राता ढुङ्गा क्षेत्रको आसपासमा खोजतलास गर्दा राती १२ बजेको समयमा एक हजार मिटर तल खसेर मृतअवस्थामा भेटिएको ठेहेबाट अर्जुन बोहराले जानकारी दिए ।

१६ गते विहान गाउँबाट नजिक एक घण्टाको पैदल क्षेत्रमा रहेको ग्याग्रुकको जिगामुल भन्ने स्थानमा गाईवस्तु गोठालो गएर साँझ घर फिर्ता हुँदा त्यो दिन मौसम खराब हुनुका साथै बादल लागेर अध्यारो जस्तै बनाएको र त्यहिभएर लडेर मृत्यु भएको हुन सक्ने स्थानीयले बताएका छन् ।

गाउँ नजिकै रहेको राता ढुङ्गा भन्ने क्षेत्रमा १६ गते साँझ अन्दाजी ६ देखि ७ बजेको समयमा बोहराको लडेर मृत्युभएको हुन सक्ने अनुमान गरीएको छ ।

ट्याक खोलिएको सडकबाट खसेर झण्डै हजार मिटर तल खसेर मृतअवस्थामा भेटिएको बताइएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप सिमकोट
सिमकोट गाउँपालिका पूर्ण खोप दिगोपना सुनिश्चित घोषणा

सिमकोट गाउँपालिका पूर्ण खोप दिगोपना सुनिश्चित घोषणा

हुम्लाको सिमकोट गाउँपालिकालाई पूर्ण खोप दिगोपना सुनिश्चित गाउँपालिका घोषणा गरिएको छ । गाउँपालिकाका आठ वटै वडालाई पूर्ण खोप घोषणा गरिसकेपछि एक औपचारिक कार्यक्रमका बीच सिमकोट गाउँपालिकालाई पूर्ण खोप...
सिमकोट गाउँपालिकाद्वारा २० वटा सामुदायिक विद्यालयलाई कम्प्युटर वितरण

सिमकोट गाउँपालिकाद्वारा २० वटा सामुदायिक विद्यालयलाई कम्प्युटर वितरण

हुम्लाको सिमकोट गाउँपालिकाले शिक्षामा सूचना प्रविधिको पहुँच विस्तार गर्ने उद्देश्यले २० वटा सामुदायिक विद्यालयलाई कम्प्युटर वितरण गरेको छ। करिब ४५ लाख रुपैयाँ बराबरको लागतमा कम्प्युटर वितरण गरिएको गाउँपालिकाले...
सिमकोट गाउँपालिकाको  ९ करोड भन्दा बढी बेरुजु

सिमकोट गाउँपालिकाको ९ करोड भन्दा बढी बेरुजु

हुम्लाको सिमकोट गाउँपालिकाको बेरुजु रकम ९ करोडभन्दा बढी पुगेको तथ्य सार्वजनिक भएको छ । महालेखा परीक्षकको कार्यालयले शुक्रबार राष्ट्रपतिलाई बुझाएको ६३ औँ वार्षिक प्रतिवेदन अनुसार गाउँपालिकाको हालसम्मको अध्यावधिक...
सिमकोट गाउँपालिकामा ९ करोड भन्दा बढी बेरुजु

भर्खरै