नेभिगेशन
चंखेली

शिक्षकद्धारा स्वास्थ्य संयोजक कुटिए

हुम्लाको दक्षिण क्षेत्रमा रहेको चंखेली गाउँपालिकामा होम आईशोलेसनमा रहेका कोरोना संक्रमित श्रमतिको दैनिक दिन उपचार गर्न नआएको भन्दै एक जना शिक्षकले गाउँपालिकाका स्वास्थ्य संयोजक माथि हातपात गरेका छन् ।

संक्रमित महिला होम आइसोलेशनमा बसेको र दैनिक दिन बिरामी भेट्न नआएको भन्दै चंखेली गाउँपालिकाका स्वास्थ्य संयोजक काली बहादुर बुढालाई शिक्षक अम्रित रोकायाले हातपात गरेका हुन् ।

दिनहुँ उपचार गर्न किन नआएको भन्दै आफूमाथि शिक्षक रोकायाले हातपात गरेको संयोजक बुढाले बताए ।

सम्बन्धित घट्नास्थलमा प्रहरी चौकीको टोली पुगेर छलफल गरी रहेको प्रमुख जिल्ला अधिकारी गणेश आचार्यले जानकारी दिए ।

घटनाको बारेमा जानकारी आएको र प्रहरीले सत्य तत्थ्य बुझेर प्रक्रिया अगाडी बढ्ने भएको प्रमुख जिल्ला अधिकारी आचार्यले बताए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप चंखेली
चंखेली गाउँपालिका पुर्ण खोप सुनिश्चितता पालिका घोषणा

चंखेली गाउँपालिका पुर्ण खोप सुनिश्चितता पालिका घोषणा

’स्थानीय स्वामित्व र सहभागितामा, पूर्ण खोप सुनिश्चितता हाम्रो प्रतिबद्धता’ भन्ने नाराका साथ खोप समन्वय समितिले घोषणा गरेको हो ।