नेभिगेशन
सिमकोट

हुम्लामा प्रभावकारी बन्दै अनलाईन कक्षा

विकट उच्च हिमाली जिल्ला हुम्लाको सदरमुकाम सिमकोटमा रहेको कैलाश बोधि स्कुलले शुरु गरेको अनलाईन कक्षा प्रभावकारी देखिएको छ ।

हप्दौ देखि महिनासम्म फोन इन्टरनेटले काम गर्न छोड्ने हुम्लामा केही दिनयता देखि प्रभावकारी बन्दै गएको छ भने विद्यार्थीहरुको सहभागिता बढेको बताइएको छ ।

लामो समय देखि दोस्रो लहरका रुपमा फैलिएको नोवेल कोरोना भाइरस कोभिड १९ को संक्रमण देशभर फैलिदै गएपछि नेपाल सरकारले शैक्षिक संस्था बन्द गरेपछि पठन पाठनलाई सुचारु गर्नको लागी पहिलो पटक विद्यालयले अनलाइनबाट पठन पाठन सुचारु गर्ने प्रयास गरेको हो ।

कोरोनाको कारण नयाँ शैक्षिक शत्र सुरु भएको भएपनि पठन पाठन सुरु नभएको बेला बैकल्पीक माध्यम अनलाईनबाट कक्षा पाँच देखि आठसम्मको सुरु गरिएको विद्यालयका प्रिन्सीपल छवाङ लामाले बताए ।

सरोकारवाला पक्षले भौतिक रुपमा पठन पाठन सुचारु गर्ने बारेमा कुनै बिकल्प दिन नसकेपछि विद्यालयले असार १५ गतेबाट पठनपाठन सञ्चालन गर्ने निर्णय गरेको भएपछि केही केही दिन यता देखि नियमीत अनलाईन कक्षाबाट पठनपाठन गरीरहेको प्रिन्सीपल लामाले बताए ।

सुरुका दिनमा दुई तीन जना बिधार्थी मात्र अनलाईन कक्षामा सहभागी भएपनि त्यो संख्या प्रतिकक्षा हाल १५ जनासम्म पुगेको छ । गाउँ गाउँमा रहेका अविभावकहरु सम्पर्कमा आएर बिधार्थी सदरमुकाममा पठाउन थालेकोले विद्यालयको प्रयास सफल हुन थालेको उनले जानकारी दिए ।
हाललाई चारवटा मुख्य बिषयहरु, अंग्रेजी, नेपाली, गणित र विज्ञान विषयका विषयहरु पठन पाठन पठनपान भईरसहेको छ ।

अनलाइन कक्षाको प्रभावकारीता बढ्दै गएको र नेट इन्टरनेटले राम्रो काम गर्दै गएको खण्डमा सबै कक्षाहरु सञ्चालन गर्ने भएको लामाले बताए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप सिमकोट
सिमकोट गाउँपालिका पूर्ण खोप दिगोपना सुनिश्चित घोषणा

सिमकोट गाउँपालिका पूर्ण खोप दिगोपना सुनिश्चित घोषणा

हुम्लाको सिमकोट गाउँपालिकालाई पूर्ण खोप दिगोपना सुनिश्चित गाउँपालिका घोषणा गरिएको छ । गाउँपालिकाका आठ वटै वडालाई पूर्ण खोप घोषणा गरिसकेपछि एक औपचारिक कार्यक्रमका बीच सिमकोट गाउँपालिकालाई पूर्ण खोप...
सिमकोट गाउँपालिकाद्वारा २० वटा सामुदायिक विद्यालयलाई कम्प्युटर वितरण

सिमकोट गाउँपालिकाद्वारा २० वटा सामुदायिक विद्यालयलाई कम्प्युटर वितरण

हुम्लाको सिमकोट गाउँपालिकाले शिक्षामा सूचना प्रविधिको पहुँच विस्तार गर्ने उद्देश्यले २० वटा सामुदायिक विद्यालयलाई कम्प्युटर वितरण गरेको छ। करिब ४५ लाख रुपैयाँ बराबरको लागतमा कम्प्युटर वितरण गरिएको गाउँपालिकाले...
सिमकोट गाउँपालिकाको  ९ करोड भन्दा बढी बेरुजु

सिमकोट गाउँपालिकाको ९ करोड भन्दा बढी बेरुजु

हुम्लाको सिमकोट गाउँपालिकाको बेरुजु रकम ९ करोडभन्दा बढी पुगेको तथ्य सार्वजनिक भएको छ । महालेखा परीक्षकको कार्यालयले शुक्रबार राष्ट्रपतिलाई बुझाएको ६३ औँ वार्षिक प्रतिवेदन अनुसार गाउँपालिकाको हालसम्मको अध्यावधिक...
सिमकोट गाउँपालिकामा ९ करोड भन्दा बढी बेरुजु

सिमकोट गाउँपालिकामा ९ करोड भन्दा बढी बेरुजु

हुम्लाको सिमकोट गाउँपालिकाको बेरुजु रकम ९ करोडभन्दा बढी पुगेको तथ्य सार्वजनिक भएको छ । महालेखा परीक्षकको कार्यालयले शुक्रबार राष्ट्रपतिलाई बुझाएको ६३ औँ वार्षिक प्रतिवेदन अनुसार गाउँपालिकाको हालसम्मको अध्यावधिक...
भर्खरै