नेभिगेशन
सिमकोट

कोरोना संक्रमणको उच्च जोखिममा सिमकोट

हुम्लामा निषेधाज्ञा खुकुलो बनाएसँगै सदरमुकाम सिमकोटमा संक्रमणको जोखिम बढ्नुका साथै कोरोना संक्रमितको संख्या दैनिक दिन बढ्न थालेको छ ।

गएको असार दोस्रो साता देखि हुम्लामा दैनिक दिन कोरोना संक्रमित पुष्टि हुने गरेका छन् भने संक्रमितको संख्या बढ्दै गएको छ ।

विहिबार जिल्ला अस्पताल हुम्लामा पाँच जनालाई एन्टिजेन विधिबाट परीक्षण गर्दा एक जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य सेवा कार्यालयका सूचना अधिकारी भक्ति फडेराले जानकारी दिए ।

तीनजना पुरुष दुई जना महिलामा कोरोना परिक्षण गर्दा एक जना पुरुषमा संक्रमण पुष्टि भएको सूचना अधिकारी फडेराले बताए । जिल्लामा हालसम्म एक हजार आठ सय ९२ जनालाई कोरोना परीक्षण गरिएका मध्ये दुई सय ७५ जनामा संक्रमण पुष्टि भएको थियो भने ४८ जना मात्रै सक्रिय संक्रमित रहेका छन । अन्य सबै निको भएर घर गईसकेको बताइएको छ ।

पछिल्लो समय भौतिक दूरी कायम नहुँदा र आवतजावतका क्रममा मास्कको समुचित प्रयोगमा ध्यान नदिँदा पनि जोखिम बढेको स्वास्थ्यकर्मीहरुले बताउने गरेका छन् ।

संक्रमितको संख्यामा कमी देखिए पनि जोखिम यथावत् रहेको जिल्ला अस्पताल हुम्लाका डाक्टर टसी आंजुक लामाले बताए । डाक्टर लामाले भन्नुभयो ‘संक्रमणको जोखिम टरेको छैन , जनस्वास्थ्यका मापदण्डलाई पूर्णतः कार्यान्वयन गर्न आवश्यक छ ।

संक्रमणबाट जोगिन मास्कको समुचित प्रयोग, व्यक्तिगत सरसफाइ र भौतिक दूरी कायम नै अचुक उपाय रहेको बताइएको छ । सिमाकोटमा मानिसहरुको बाक्लो भिडभाडका साथै स्वास्थ्य मापदण्ड पूर्णरुपमा पालना नगर्दा जोखिम बढ्नुका साथै दैनिक दिन संक्रमित पुष्टि हुने गरेको उनले बताए ।

जिल्लाका अन्य गाउँपालिका भन्दा सिमकोट बढी जोखिममा रहेको बताइएको छ । असारमसान्तमा मानिसहरुको सिमकोटमा बाक्लो उपस्थित हुने भएकाले जोखिम बढी रहेको हो । सरकारी कार्यालय बैंक तथा वित्तिय संस्थामा बढी भिडभाड हुनेभएकाले संक्रमण जोखिम थप बढेको जिल्ला अस्पताल हुम्लाले जानकारी दिएको छ । सिमकोटमा विभिन्न कार्यालयबाट रकम निकासा गर्न गाउँघरबाट नागरीकहरुको बाक्लो उपस्थित भएपछि थप जोखिम बढेको हो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप सिमकोट
विभिन्न चार वटा निर्णय गर्दै सिमकोटका विपद व्यवस्थापन समिति बैठक सम्पन्न

विभिन्न चार वटा निर्णय गर्दै सिमकोटका विपद व्यवस्थापन समिति बैठक सम्पन्न

सिमकोट गाउँपालिकाको विपद व्यवस्थापन समितिको बैठक बसेको छ । सिमकोट गाउापालिकाले अहिले सम्म विपदका घटनाका विवरण संकलनका बारेमा जानकारी गराएको थियो । आउने दिनमा कसरी विपदमा रहेर काम...
भर्खरै