नेभिगेशन
सिमकोट

सिमकोटले पायो अक्सिजन कन्सन्ट्रेटर सहयोग

हुमलाको सदरमुकाम सिमकोटमा रहेको सिमकोट गाउँपालिकाले चारवटा अक्सिजन कन्सन्ट्रेटर सहयोग पाएको छ । गाउँपालिकाका अध्यक्ष पदम बहादुर लामा, स्वास्थ्य संयोजक दान बहादुर बोहरा, ध्रुब सिंहको पहलमा कोरोना संक्रमितको उपचारमा प्रयोग हुने आवश्यक सामग्री आज जिल्लामा आई पुगेर चारवटा स्वास्थ्यचौकीलाई वितरण गरीएको हो ।

राष्ट्रिय आविष्कार केन्द्रबाट तीनवटा र बौद्धिष्ट विहार बुढानिलकण्ठ काठमाण्डौबाट एकवटा गरी चारवटा अक्सिजन कन्सन्ट्रेटर सहयोग स्वरुप जिल्लामा पुगेर आज नै पालिका भित्र रहेका चारवटा स्वास्थ्यचौकीमा वितरण गरीएको गाउँपालिकाका स्वास्थ्य संयोजक दान बहादुर बोहराले जानकारी दिए ।

वडा दुईमा रहेको ठेहे स्वास्थ्य चौकी, वडा तीनमा रहेको बरगाउँ स्वास्थयचौकी , वडा सातमा रहेको डाडाफयाँ स्वास्थ्यचौकी र वडा आठमा रहेको स्याडा स्वास्थ्यचौकीलाई एक एक वटा अक्सिजन कन्सन्ट्रेटर आज नै वितरण गरीएको संयोजक बोहराले बताए ।

राष्ट्रि आविष्कार केन्द्रबाट तीनवटा र बौद्धिष्ट विहार बुढानिलकण्ठ काठमाण्डौले अक्सिजन कन्सन्ट्रेटर सहित अन्य स्वास्थ्य सामाग्री समेत सहयोग पाएको बोहराले बताए ।

सेनिटाइजर, मास्क, पिपिइ सेट, लगायतका स्वास्थ्य सामाग्री पनि सहयोग पाएको बताइएको छ । दुईवटा संस्थाबाट करिब रु नौ लाख मुल्य बराबरको सामाग्री सहयोग पाएको उनले बताए ।

अक्सिजन कन्सन्ट्रेटर आज वितरण गरीएको हो । जिल्लामा दोस्रो लहरको रुपमा फैलिएको कोरोना संक्रमणको नियन्त्रणमा यसले थप सहयोग पुग्ने भएको गाउँपालिका अध्यक्ष पदम बहादुर लामाले बताए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप सिमकोट
सिमकोट गाउँपालिकाको आर्थिक वर्ष २०८२÷८३ को वार्षिक प्रगति समीक्षा कार्यक्रम सम्पन्न

सिमकोट गाउँपालिकाको आर्थिक वर्ष २०८२÷८३ को वार्षिक प्रगति समीक्षा कार्यक्रम सम्पन्न

सिमकोट गाउँपालिकाले आर्थिक वर्ष २०८२÷८३ मा सम्पादन गरेका विकास निर्माण, सेवा प्रवाह तथा विभिन्न क्षेत्रका उपलब्धिहरूको समीक्षा गर्दै वार्षिक प्रगति समीक्षा कार्यक्रम सम्पन्न गरेको छ । गाउँपालिकाका अध्यक्ष...
सिमकोट गाउँपालिका पूर्ण खोप दिगोपना सुनिश्चित घोषणा

सिमकोट गाउँपालिका पूर्ण खोप दिगोपना सुनिश्चित घोषणा

हुम्लाको सिमकोट गाउँपालिकालाई पूर्ण खोप दिगोपना सुनिश्चित गाउँपालिका घोषणा गरिएको छ । गाउँपालिकाका आठ वटै वडालाई पूर्ण खोप घोषणा गरिसकेपछि एक औपचारिक कार्यक्रमका बीच सिमकोट गाउँपालिकालाई पूर्ण खोप...
सिमकोट गाउँपालिकाद्वारा २० वटा सामुदायिक विद्यालयलाई कम्प्युटर वितरण

सिमकोट गाउँपालिकाद्वारा २० वटा सामुदायिक विद्यालयलाई कम्प्युटर वितरण

हुम्लाको सिमकोट गाउँपालिकाले शिक्षामा सूचना प्रविधिको पहुँच विस्तार गर्ने उद्देश्यले २० वटा सामुदायिक विद्यालयलाई कम्प्युटर वितरण गरेको छ। करिब ४५ लाख रुपैयाँ बराबरको लागतमा कम्प्युटर वितरण गरिएको गाउँपालिकाले...
सिमकोट गाउँपालिकाको  ९ करोड भन्दा बढी बेरुजु

सिमकोट गाउँपालिकाको ९ करोड भन्दा बढी बेरुजु

हुम्लाको सिमकोट गाउँपालिकाको बेरुजु रकम ९ करोडभन्दा बढी पुगेको तथ्य सार्वजनिक भएको छ । महालेखा परीक्षकको कार्यालयले शुक्रबार राष्ट्रपतिलाई बुझाएको ६३ औँ वार्षिक प्रतिवेदन अनुसार गाउँपालिकाको हालसम्मको अध्यावधिक...
भर्खरै