नेभिगेशन
सिमकोट

११ सदसिय युवा सर्कल समिति गठन

जिल्ला रेडक्रस मार्फत ११ सदसिय युवा सर्कल समिति गठन गरिएको छ । सिमकोट गाउँपालिका वार्ड नम्वर २ देखि ६ वार्डसम्म रेडक्रस मार्फत युवा सर्कल समिति गठन गरिएको हो ।

विगतका दिनहरुमा विभिन्न विद्यालयहरुमा सो समिति गठन गरिएको थियो भने यतिखेर गाउँ स्तरीय सो सर्कल गठन गरिएको रेडक्रस जिल्ला शाखाका बरिष्ठ कार्यालय सहायक छिरिन पाल्देन लामाले बताए । उक्त युवा सर्कल गठन जिल्लाकै पहिलो पठक गरिएको बकास लामाको भनाई छ। सो युवा सर्कल सामुदाय आधारीत रहने भएको छ ।

सिमकोट र बरगाउँमा ११÷११ सदसिय सर्कल समिति गठन गरिएको छ । त्यस्तै सर्कल गठनका क्रममा सहभागि युवाहरूलाई रेडक्रस केन्द्रिय कार्यालयका जुरेस विभाग हेर्ने लिला खनाल र लछिमा भट्टराइले अभिमुखिकरण दिइएको लामाले जानकारी दिए । उक्त समिति गठन भदौ १० र ११ गते गरिएको थियो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप सिमकोट
सिमकोट गाउँपालिकाको आर्थिक वर्ष २०८२÷८३ को वार्षिक प्रगति समीक्षा कार्यक्रम सम्पन्न

सिमकोट गाउँपालिकाको आर्थिक वर्ष २०८२÷८३ को वार्षिक प्रगति समीक्षा कार्यक्रम सम्पन्न

सिमकोट गाउँपालिकाले आर्थिक वर्ष २०८२÷८३ मा सम्पादन गरेका विकास निर्माण, सेवा प्रवाह तथा विभिन्न क्षेत्रका उपलब्धिहरूको समीक्षा गर्दै वार्षिक प्रगति समीक्षा कार्यक्रम सम्पन्न गरेको छ । गाउँपालिकाका अध्यक्ष...
सिमकोट गाउँपालिका पूर्ण खोप दिगोपना सुनिश्चित घोषणा

सिमकोट गाउँपालिका पूर्ण खोप दिगोपना सुनिश्चित घोषणा

हुम्लाको सिमकोट गाउँपालिकालाई पूर्ण खोप दिगोपना सुनिश्चित गाउँपालिका घोषणा गरिएको छ । गाउँपालिकाका आठ वटै वडालाई पूर्ण खोप घोषणा गरिसकेपछि एक औपचारिक कार्यक्रमका बीच सिमकोट गाउँपालिकालाई पूर्ण खोप...
सिमकोट गाउँपालिकाद्वारा २० वटा सामुदायिक विद्यालयलाई कम्प्युटर वितरण

सिमकोट गाउँपालिकाद्वारा २० वटा सामुदायिक विद्यालयलाई कम्प्युटर वितरण

हुम्लाको सिमकोट गाउँपालिकाले शिक्षामा सूचना प्रविधिको पहुँच विस्तार गर्ने उद्देश्यले २० वटा सामुदायिक विद्यालयलाई कम्प्युटर वितरण गरेको छ। करिब ४५ लाख रुपैयाँ बराबरको लागतमा कम्प्युटर वितरण गरिएको गाउँपालिकाले...
सिमकोट गाउँपालिकाको  ९ करोड भन्दा बढी बेरुजु

सिमकोट गाउँपालिकाको ९ करोड भन्दा बढी बेरुजु

हुम्लाको सिमकोट गाउँपालिकाको बेरुजु रकम ९ करोडभन्दा बढी पुगेको तथ्य सार्वजनिक भएको छ । महालेखा परीक्षकको कार्यालयले शुक्रबार राष्ट्रपतिलाई बुझाएको ६३ औँ वार्षिक प्रतिवेदन अनुसार गाउँपालिकाको हालसम्मको अध्यावधिक...
भर्खरै