नेभिगेशन
सिमकोट
सिमकोट गाउँपालिका

सिमकोट गाउँपालिकाका नयाँ प्रमुख प्रशासकिय अधिकृत आलेले गरे आजबाट हाजिर

हुम्ला । सिमकोट गाउँपालिकाका लागि आउनु भएका नयाँ प्रमुख प्रशासकिय अधिकृत शुवास आलेले आजबाट गाउँपालिका कार्यालयमा हाजिर गर्नु भएको छ । यस अघिको संघिय सरकारको निर्णय अनुसार हुम्लाका सात वटै गाउँपालिकामा पनि नयाँ प्रमुख प्रशासकीय अधिकृत खटाउने निर्णय गरेपछि जिल्लामा नयाँ प्रमुख प्रशासकीयहरु सम्वन्धित गाउँपालिका केन्द्रमा पुग्नेक्रम बढ्दै गएको छ ।

सोमबार जिल्ला बाहिरबाट आउनु भएका अधिकृत आलेले सिमकोट गाउँपालिकामा आफ्नो कार्यभार सम्हालेको सिमकोट गाउँपालिका अध्यक्ष विजय भण्डारीले बताउनु भएको छ । अध्यक्ष भण्डारीका अनुसार सिमकोट गाउँपालिकामा तोकिएका आलेललाई आजै एक कार्यक्रमका विचि स्वागत गरि काम कार्य अघि बढेको छ ।

नेपालगंजदेखि सोमबार आउनु भएका आलले गाउँपालिका केन्द्रमा पुगी गाउँपालिकाले स्वागत गर्दै कार्यभार सम्हाल्नु भएको छ । अधिकृत आले पालिकामा पुगे संगै गाउँपालिका अध्यक्ष बिजय भण्डारीले प्रशासकीय अधिकृत आलेलाई टसि खादा लगाएर कार्यालयमा स्वागत गर्नु गर्नु भएको थियो । स्वागत कार्यक्रममा अध्यक्ष भण्डारीले मन्त्रालयले प्रमुख प्रशासकिय अधिकृत पठाएर गाउँपलिकामा पुगेपछि काम गर्न पनि सहज हुने बताउनु भएको छ ।

आफ्नो जिम्मेवारी सम्हाल्नुहुँदै अधिकृत आलेले इमानदारीताका साथ काम गर्ने जानकारी दिंदै दुर्गम भए पनि सुशासन कायम हुने गरी लाग्ने बताउनु भएको छ । यसअघि निमित्त प्रशासकिय अधिकृत रुपमा काम गरीरहेको सिमकोट गाउँपलिकाले अब सहज तरीकाले काम गर्न सकने भएको बताइएको छ ।

गाउँपालिकाको केही फरक पहिचान बनाउने गरी काम गर्ने सोचमा रहेको बताउनुहुँदै उहाँले यसका लागि जनप्रतिनिधिहरूको सहयोगको अपेक्षा समेत राख्नु भएको छ । जिल्लाका सातवटा स्थानिय तह मध्य आन्तरिक स्रोत धेरै भएको गाउँपालिका भित्र सिमकोट गाउँपालिका पर्ने गरेको छ । उहाँले भएकै साधन र स्रोतबाट आगामी दिनहरुमा लाभ पुग्ने कामका लागि आफ्नो प्राथमिकता रहने बताउनु भएको छ ।

यसअघि गाउँपालिकाले उपाध्यक्षको अध्यक्षतामा कार्यपालिका बैठक बसी बाहिरको मान्छेले काम गर्न नसक्ने र जिल्लामा टिक्न नसक्ने भन्दै मन्त्रालयलाई परिपत्र समेत पठाएको भएपनि अन्तमा सिमकोट गाउँपालिकामा संघिय सरकारले खटाएका प्रमुख प्रशासकिय अधिकृतले आफ्नो कार्यभार सम्हाल्नु भएको छ । मन्त्रलयले जिल्लाका सबै स्थानिय तहका लागि प्रमुख प्रशासकीय अधिकृत पठाएको सुचना प्रकाशन पछि सो निर्णय गरिएको भएपनि बदर भएको छ ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप सिमकोट
सिमकोट गाउँपालिका पूर्ण खोप दिगोपना सुनिश्चित घोषणा

सिमकोट गाउँपालिका पूर्ण खोप दिगोपना सुनिश्चित घोषणा

हुम्लाको सिमकोट गाउँपालिकालाई पूर्ण खोप दिगोपना सुनिश्चित गाउँपालिका घोषणा गरिएको छ । गाउँपालिकाका आठ वटै वडालाई पूर्ण खोप घोषणा गरिसकेपछि एक औपचारिक कार्यक्रमका बीच सिमकोट गाउँपालिकालाई पूर्ण खोप...
सिमकोट गाउँपालिकाद्वारा २० वटा सामुदायिक विद्यालयलाई कम्प्युटर वितरण

सिमकोट गाउँपालिकाद्वारा २० वटा सामुदायिक विद्यालयलाई कम्प्युटर वितरण

हुम्लाको सिमकोट गाउँपालिकाले शिक्षामा सूचना प्रविधिको पहुँच विस्तार गर्ने उद्देश्यले २० वटा सामुदायिक विद्यालयलाई कम्प्युटर वितरण गरेको छ। करिब ४५ लाख रुपैयाँ बराबरको लागतमा कम्प्युटर वितरण गरिएको गाउँपालिकाले...
सिमकोट गाउँपालिकाको  ९ करोड भन्दा बढी बेरुजु

सिमकोट गाउँपालिकाको ९ करोड भन्दा बढी बेरुजु

हुम्लाको सिमकोट गाउँपालिकाको बेरुजु रकम ९ करोडभन्दा बढी पुगेको तथ्य सार्वजनिक भएको छ । महालेखा परीक्षकको कार्यालयले शुक्रबार राष्ट्रपतिलाई बुझाएको ६३ औँ वार्षिक प्रतिवेदन अनुसार गाउँपालिकाको हालसम्मको अध्यावधिक...
सिमकोट गाउँपालिकामा ९ करोड भन्दा बढी बेरुजु

सिमकोट गाउँपालिकामा ९ करोड भन्दा बढी बेरुजु

हुम्लाको सिमकोट गाउँपालिकाको बेरुजु रकम ९ करोडभन्दा बढी पुगेको तथ्य सार्वजनिक भएको छ । महालेखा परीक्षकको कार्यालयले शुक्रबार राष्ट्रपतिलाई बुझाएको ६३ औँ वार्षिक प्रतिवेदन अनुसार गाउँपालिकाको हालसम्मको अध्यावधिक...