नेभिगेशन
सिमकोट
सिमकोट गाउँपालिका

योजना सम्झौता तिब्र गतिमा भएपछि असारे बिकास नहुने अधिकृत आले

सिमकोट । चालु आर्थिक वर्षको बजेट तथा कार्यक्रमले तर्जुमा गरेका कुल योजना मध्ये हालसम्म पचहत्तर प्रतिशत भन्दा बढी योजनाको सम्झौता कार्य गर्न हुम्लाको सिमकोट गाउँपालिका सफल भएको छ । यसअघि फागुन चैत र वैशाख महिनामा मात्र सम्झौता हुने योजनाहरू यस वर्ष भने अधिकांश योजनाहरू समयमानैै सम्झौता भएर निर्माण कार्य समेत धमाधम भई रहेको पाइएको हो ।

पहिलो पटक गाउँपालिकाले माघ १५ गते सम्म त्रिहत्तर दशमलव २७ प्रतिशत योजनाहरूको गाउँपालिकाले सम्झौता गर्न सफल भएको पमुख प्रशासकिय अधिकृत शुवास आलले बताउनु भएको छ । आफुले १५ गते सोही लिष्ट सार्वजनिक गरेको भएपनि माघ मसान्त सम्मा ७५ प्रतिशत योजनाको सम्झौता भइसकेको बताउनुभयो । यो दर उक्त गाउँपालिकाको गत वर्ष १७ प्रतिशत रहेको थियो । उहाँले गाउँपालिकाले सार्वजनिक सूचना जारी गरेर माघ महिनासम्म सम्झौता गर्नै पर्ने जनाएपछि उपभोक्ताहरू सम्झौताका लागि तातेको बताउनुभयो ।

गाउँपालिका लक्ष शतप्रतिशत योजनाको सम्झौता गर्ने रहे पनि त्यो भने पुरा हुन नसकेको र यति बेला फेरी सम्झौता चाँडो गर्नका लागि सूचना जारी गरिएको बताउनुभयो । चालु आर्थिक वर्षका लागि कुल ११६ वटा योजनाहरू गाउँपालिकाका रहेको र त्यस मध्य माघ मसान्तसम्म ८५ वटाको सम्झौता भएर काम सुरु भई रहेको बताउनु भएको छ । अझै ३१ वटा योजनाहरूको सम्झौता गर्न बाँकी रहेको पाइएको हो । उहाँले पहिलो पटक गाउँपालिका माघ महिना भित्र धेरै योजनाहरूको सम्झौता गरेर निर्माण कार्य अगाडी बढाउन सफलता प्राप्त गरेको बताउँदै गरेपछि हुन्छ भन्ने मान्यता स्थापित भएको बताउनुभयो । विगतका वर्षहरूमा योजनाहरूको सम्झौता कार्य फागुन चैत र वैशाख महिनामा मात्र मात्र हुने गरेको थियो ।

सम्झौता भएका ती योजनाहरूमा ६८ वटा उपभोक्ता र सत्र वटा ठेक्काबाट निर्माण गर्ने रहेका छन । त्यसको ३४ वटालाई पेस्की समेत गई सकेको छ भने १७ वटा योजनाकालागि काम सम्पन्न भएर अन्तिम भुक्तानी समेत गई सकेको अधिकृत आलेले जानकारी दिनु भएको छ । यस पटकको यो प्रयासले गाउँपालिकालाई समयमै योजनाहरू सम्पन्न गर्न सहयोग पुग्ने विश्वास गरिएको बताउनु भएको छ । जिल्लाका अन्य छ वटा गाउँपालिकाहरूको योजना सम्झौता गर्ने कार्य भने भरखर सुरु भएको पाइएको छ । कतिपय गाउँपालिका सम्झौताकालागि बेखबर समेत बन्न पुगेका छन ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप सिमकोट
सिमकोट गाउँपालिका पूर्ण खोप दिगोपना सुनिश्चित घोषणा

सिमकोट गाउँपालिका पूर्ण खोप दिगोपना सुनिश्चित घोषणा

हुम्लाको सिमकोट गाउँपालिकालाई पूर्ण खोप दिगोपना सुनिश्चित गाउँपालिका घोषणा गरिएको छ । गाउँपालिकाका आठ वटै वडालाई पूर्ण खोप घोषणा गरिसकेपछि एक औपचारिक कार्यक्रमका बीच सिमकोट गाउँपालिकालाई पूर्ण खोप...
सिमकोट गाउँपालिकाद्वारा २० वटा सामुदायिक विद्यालयलाई कम्प्युटर वितरण

सिमकोट गाउँपालिकाद्वारा २० वटा सामुदायिक विद्यालयलाई कम्प्युटर वितरण

हुम्लाको सिमकोट गाउँपालिकाले शिक्षामा सूचना प्रविधिको पहुँच विस्तार गर्ने उद्देश्यले २० वटा सामुदायिक विद्यालयलाई कम्प्युटर वितरण गरेको छ। करिब ४५ लाख रुपैयाँ बराबरको लागतमा कम्प्युटर वितरण गरिएको गाउँपालिकाले...
सिमकोट गाउँपालिकाको  ९ करोड भन्दा बढी बेरुजु

सिमकोट गाउँपालिकाको ९ करोड भन्दा बढी बेरुजु

हुम्लाको सिमकोट गाउँपालिकाको बेरुजु रकम ९ करोडभन्दा बढी पुगेको तथ्य सार्वजनिक भएको छ । महालेखा परीक्षकको कार्यालयले शुक्रबार राष्ट्रपतिलाई बुझाएको ६३ औँ वार्षिक प्रतिवेदन अनुसार गाउँपालिकाको हालसम्मको अध्यावधिक...
सिमकोट गाउँपालिकामा ९ करोड भन्दा बढी बेरुजु

सिमकोट गाउँपालिकामा ९ करोड भन्दा बढी बेरुजु

हुम्लाको सिमकोट गाउँपालिकाको बेरुजु रकम ९ करोडभन्दा बढी पुगेको तथ्य सार्वजनिक भएको छ । महालेखा परीक्षकको कार्यालयले शुक्रबार राष्ट्रपतिलाई बुझाएको ६३ औँ वार्षिक प्रतिवेदन अनुसार गाउँपालिकाको हालसम्मको अध्यावधिक...