नेभिगेशन
सिमकोट
सिमकोट गाउँपालिका

हाम्रो सिमकोट स्थानीय पाठ्यक्रम पुस्तक तयार

हुम्ला । सिमकोट गाउँपालिकाले यसअघि मस्यौदाको रूपमा रहेको स्थानीय पाठ्यक्रमलाई पुस्तकका रूपमा तयार पारेको छ । यसै शैक्षिक सत्रबाट विद्यालयमा पठनपाठन गर्ने उद्देश्यका साथ सिमकोट गाउँपालिकाले स्थानीय पाठ्य पुस्तक तयार पारेको हो । 

स्थानीय पाठ्यक्रम “हाम्रो सिमकोट” लाई अन्तिम रूप दिँदै छपाई गरेर पुस्तकका रूपमा छापिएको गाउँपालिका शिक्षा युवा तथा खेलकुद शाखाका नायव सुब्बा कृष्ण प्रसाद आचार्यले जानकारी दिनु भएको छ । उहाँले स्थानीय पाठ्यक्रमको पुस्तक छापिएर जिल्लामा आइपुगेकाले अब चाँडै विद्यालयहरूलाई वितरण गरिने बताउनुभयो । हाललाई दुई सय थान पाठ्यक्रमका पुस्तक छापिएर कार्यालयमा पुगेका छन । 

पालिकाले पाठ्यक्रमलाई अन्तिम रूप दिनका लागि गत पुस ७ गते सरोकारवाला पक्षसँग राय सुझाव माग गरिएको थियो । अब स्थानीय पाठ्यक्रम तयार भएकाले विद्यालयमा पठनपाठन सुरु भएपनि गाउँपालिकाका २५ वटै सामुदायिक र संस्थागत विद्यालयहरूमा पढाई सुरु हुने बित्तिकै स्थानिय पाठ्यक्रमपनि अध्यन हुने भएको छ । पालिकाले सोही पाठ्यक्रम कक्षा एकदेखि आठसम्मको तयार गरिएको छ ।

कक्षा अनुसार एकदेखि तीनसम्म पाठ्यक्रमले समेटेका विषयहरूमा गाउँ र वडाको सामान्य परिचय, स्थानीय प्राकृतिक श्रोत तथा सम्पदा र पर्यटकीय स्थलको पहिचान, भाषिक, सांस्कृतिक, भौगोलिक, धार्मिक, शैक्षिक सचेतना विकास, स्थानीय परम्परागत खेल, पेसा, व्यवसाय र प्रविधिसँग परिचित, घरभित्र र बाहिर हुने विपद्को पहिचान र स्थानीय कृषिसँग परिचित गरिएको छ । 

त्यसैगरि कक्षा चारदेखि पाँचसम्मको पाठ्यक्रममा सिमकोटको संक्षिप्त परिचय, नक्शांकन र अवस्था पहिचान, स्थानीय धार्मिक ऐतिहासिक, सांस्कृतिक तथा पर्यटकीय स्थलको परिचय महत्वबोध, स्थानीय स्तरको सामाजिक आर्थिक, भाषिक तथा शैक्षिक अवस्थाको पहिचान, स्थानीय परम्परागत खेल, पेसा व्यवसाय, प्रविधि प्रति सम्मान तथा सीपको अभ्यास, स्थानीय कृषिसँग परिचित र अभ्यास, प्राकृतिक विपद् र मानव सृजित विपद्का प्रभाव तथा असरहरू बताउन, स्थानीय प्रकोप तथा जोखिमका क्षेत्रहरूको पहिचान र स्थानीय स्तरका प्राकृतिक श्रोत तथा जैविक विविधताको पहिचानका आधार कक्षामा पठन पाठन गर्न सकिने भएको छ । 

कक्षा छ देखि कक्षा आठ सम्मको स्थानीय पाठ्यक्रममा समेटिएका विषयहरूमा सिमकोटको संक्षिप्त परिचय, नक्शांकन र इतिहासको जानकारी, सिमकोटको सामाजिक, आर्थिक शैक्षिक अवस्थाको पहिचान, सिमकोट भित्रको भाषा, लोक साहित्य, भेषभूषा चाडपर्व, रीतिरिवाज, संस्कार र संस्कृतिको खोजी पहिचान र संरक्षण, स्थानीय धार्मिक तथा पर्यटकीय स्थलहरूको खोज, पहिचान र संरक्षणमा तत्परता, स्थानीय कृषिसँग परिचित र अभ्यास, स्थानीय परम्परागत पेसा, सीप, व्यवसाय र प्रविधिको परिचय, महत्त्व, सम्भावना र सीपको अभ्यास, स्थानीय स्तरका प्राकृतिक श्रोत तथा जैविक विविधताको पहिचान र खोजी, स्थानीय प्रकोप र जोखिम व्यवस्थापनको अवधारण बोध र व्यवस्थापनमा सहयोग, वन पैदावार, खोलानाला, दह, कुण्ड, नदी, हिमालको पहिचान र महत्व रहेको छ ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप सिमकोट
सिमकोट गाउँपालिका पूर्ण खोप दिगोपना सुनिश्चित घोषणा

सिमकोट गाउँपालिका पूर्ण खोप दिगोपना सुनिश्चित घोषणा

हुम्लाको सिमकोट गाउँपालिकालाई पूर्ण खोप दिगोपना सुनिश्चित गाउँपालिका घोषणा गरिएको छ । गाउँपालिकाका आठ वटै वडालाई पूर्ण खोप घोषणा गरिसकेपछि एक औपचारिक कार्यक्रमका बीच सिमकोट गाउँपालिकालाई पूर्ण खोप...
सिमकोट गाउँपालिकाद्वारा २० वटा सामुदायिक विद्यालयलाई कम्प्युटर वितरण

सिमकोट गाउँपालिकाद्वारा २० वटा सामुदायिक विद्यालयलाई कम्प्युटर वितरण

हुम्लाको सिमकोट गाउँपालिकाले शिक्षामा सूचना प्रविधिको पहुँच विस्तार गर्ने उद्देश्यले २० वटा सामुदायिक विद्यालयलाई कम्प्युटर वितरण गरेको छ। करिब ४५ लाख रुपैयाँ बराबरको लागतमा कम्प्युटर वितरण गरिएको गाउँपालिकाले...
सिमकोट गाउँपालिकाको  ९ करोड भन्दा बढी बेरुजु

सिमकोट गाउँपालिकाको ९ करोड भन्दा बढी बेरुजु

हुम्लाको सिमकोट गाउँपालिकाको बेरुजु रकम ९ करोडभन्दा बढी पुगेको तथ्य सार्वजनिक भएको छ । महालेखा परीक्षकको कार्यालयले शुक्रबार राष्ट्रपतिलाई बुझाएको ६३ औँ वार्षिक प्रतिवेदन अनुसार गाउँपालिकाको हालसम्मको अध्यावधिक...
सिमकोट गाउँपालिकामा ९ करोड भन्दा बढी बेरुजु

सिमकोट गाउँपालिकामा ९ करोड भन्दा बढी बेरुजु

हुम्लाको सिमकोट गाउँपालिकाको बेरुजु रकम ९ करोडभन्दा बढी पुगेको तथ्य सार्वजनिक भएको छ । महालेखा परीक्षकको कार्यालयले शुक्रबार राष्ट्रपतिलाई बुझाएको ६३ औँ वार्षिक प्रतिवेदन अनुसार गाउँपालिकाको हालसम्मको अध्यावधिक...