नेभिगेशन
अर्थ
सालट्रेनिङ काँपोरेशन

दुर्गम मासपुर गाउँ र नेप्का गाउँमा अनुदानको नुन नपुगेको गुनाशा

 हुम्ला । नेपाल सरकारबाट दिने अनुदानको नुन हुम्लाको ताजाकोट गाउँपालिका वडा नम्बर ३ मासपुर गाउँ र चंखेली गाउँपालिका वडा नम्बर ५ को नेप्का गाउँमा अहिलेसम्म पुग्न सकेको छैन । गाउँमा अनुदानको नुन मासपुर गाउँ र नेप्का गाउँमा नपुग्दा ढिके नुन खान बाध्य देखिएका छन । गाउँमा अनुदानका नुन अहिलेसम्म देख्न नपाएको ताजाँकोट गाउँपालिका वडा नम्बर ५  मासपुर गाउँकी गहँुकला रोकायाले जानकारी दिनुभयो । सरकारले दिने नत अनुदान चामल पाउछौ नत अनुदान नुन पाउछौ आएपनि गाउँपालिकातिरै आउँछ होला हामी पाउदैनौ रोकायाले बताउनुभयो । अनुदानको आयोडिनयुत्त नुन नपुग्दा परम्परागतदेखि ढिके नुनकै भर पर्नेु परेको रोकायाको भनाइ छ । यस्तै हुम्लाको चंखेली गाउँपालिका वडा नम्बर ५ नेप्काबासी पनि आयोडिनयुत्त नुन गाउँमा नपुग्ने गरेपछि ढिके नुनकै उपभोग गर्न बाध्य छन । चीनको हरियाचौरबाट चार वर्ष पहिल्े नै ल््याएको नुन खादै आएको चंखेली गाउँपालिका वडा नम्बर ५ का स्थानीय रामचन्द्र तामाङले बताउनुभयो । ठेकेदारले कति बेला नुन ल्याउँछन हामी गाउँका नागरिकलाई थाहा हुदैन तामाङको भनाई छ । हुम्लाको दुई गाउँका नागरिकहरू ढिके नुनकै भर पर्न बाध्य देखिएका छन ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अर्थ
हुम्लाका स्याउलाई बजार आउन भदौ पहिलो साता लाग्ने (बैठकको निर्णय हेर्नुहोस्)

हुम्लाका स्याउलाई बजार आउन भदौ पहिलो साता लाग्ने (बैठकको निर्णय हेर्नुहोस्)

‘हुम्लाको मौशम र यहाँ फल्ने स्याउँको प्रजातीका आधारमा पनि वुटाबाट निकाल्ने र बजारमा विक्रि वितरणका लागि स्याउ लैजाने उपयुक्त समय भनेकै भदौ महिनाको पहिलो सातापछि हो’, कृषि विकास...
महाअष्टमीको अवसरमा हुम्लाका ६२ घरधुरीलाई खाद्यन्न वितरण (भिडियोसहित) 

महाअष्टमीको अवसरमा हुम्लाका ६२ घरधुरीलाई खाद्यन्न वितरण (भिडियोसहित) 

गएको फागुन महिनादेखि राम्रोसँग पानी नपरेका कारण खडेरीले भदौमा पाक्न् बाली नपाक्दा खाद्यन्न समस्या झेलिरहेका हुम्लाको अदानचुली १ कल्खेका ५२ घरधुरीलाई दशैको महाअष्टमीको अवसरमा चामल, तेल र सल...