नेभिगेशन
सिमकोट
सिमकोट गाउँपालिका

सिमकोट गाउँपालिकाले २०८१ का लागि शैक्षिक क्यालेन्डर प्रकाशन गर्ने

हुम्ला । हुम्लाको सदरमुकाममा रहेको सिमकोट गाउँपालिकाले २०८१ का लागि शैक्षिक क्यालेन्डर प्रकाशन गर्ने भएको छ । बुधबार विहान सिमकोट गाउँपालिकाका प्रमुख प्रशासकिय शुवास आलेको संयोजकत्वमा शैक्षिक क्यालेण्डर निर्माण समिति गठन गरिएको हो । बैठकले २०८१ बैशाख १ गते पालिका भित्र रहेका प्रत्येक विद्यालयमा पुग्ने गरी क्यालेन्डर प्रकाशन गरिने भएको छ ।  गाउँपालिकाले शैक्षिक सत्र २०८१ को शैक्षिक कार्यक्रम र अतिरिक्त क्रियाकलापको कार्यक्रम समेटेर वार्षिक शैक्षिक क्यालेण्डर सार्वजनिक गर्ने तयारी भइरहेको शिक्षा शाखा प्रमुख कृष्ण आर्चायले बताए ।  
शिक्षण सिकाइ क्रियाकलाप प्रभावकारी बनाउन आवश्यक एकाइ योजना, पाठयोजना तथा अतिरिक्त क्रियाकलाप समेटेर शैक्षिक क्यालेन्डर निकाल्ने भएको गाउँपालिकाको शिक्षा शाखा प्रमुख आचार्यले बताउनुभयो । बार्षिक शैक्षिक गतिविधि, अतिरिक्त क्रियाकलाप, पालिका स्तरीय कार्यक्रम र पालिका भित्रका विद्यालयको तस्वीर र विभिन्न शिक्षा सम्बन्धी जानकारी समेटिएको शैक्षिक क्यालेण्डर प्रकाशन हुने भएको हो । यस्तै बाल दिवसको अवसर पारेर माध्यामिक तहका लागि बक्तीत्व कला, आधारभुत तहका लागि नृत्य समेटिएको क्यालेन्डर प्रकाशन हुने भएकोछ । 
विद्यालयको कक्षा कोठाभित्र र बाहिरका क्रियाकलाप सञ्चालन गर्न, योजनाबद्ध रूपमा शैक्षिक गतिविधि सञ्चालन गर्न सजिलो बनाउन क्यालेन्डर बनाएको गाउँपालिका अध्यक्ष विजय भण्डारी (प्रतिरोध)ले बताए । 
 
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप सिमकोट
सिमकोट गाउँपालिका पूर्ण खोप दिगोपना सुनिश्चित घोषणा

सिमकोट गाउँपालिका पूर्ण खोप दिगोपना सुनिश्चित घोषणा

हुम्लाको सिमकोट गाउँपालिकालाई पूर्ण खोप दिगोपना सुनिश्चित गाउँपालिका घोषणा गरिएको छ । गाउँपालिकाका आठ वटै वडालाई पूर्ण खोप घोषणा गरिसकेपछि एक औपचारिक कार्यक्रमका बीच सिमकोट गाउँपालिकालाई पूर्ण खोप...
सिमकोट गाउँपालिकाद्वारा २० वटा सामुदायिक विद्यालयलाई कम्प्युटर वितरण

सिमकोट गाउँपालिकाद्वारा २० वटा सामुदायिक विद्यालयलाई कम्प्युटर वितरण

हुम्लाको सिमकोट गाउँपालिकाले शिक्षामा सूचना प्रविधिको पहुँच विस्तार गर्ने उद्देश्यले २० वटा सामुदायिक विद्यालयलाई कम्प्युटर वितरण गरेको छ। करिब ४५ लाख रुपैयाँ बराबरको लागतमा कम्प्युटर वितरण गरिएको गाउँपालिकाले...
सिमकोट गाउँपालिकाको  ९ करोड भन्दा बढी बेरुजु

सिमकोट गाउँपालिकाको ९ करोड भन्दा बढी बेरुजु

हुम्लाको सिमकोट गाउँपालिकाको बेरुजु रकम ९ करोडभन्दा बढी पुगेको तथ्य सार्वजनिक भएको छ । महालेखा परीक्षकको कार्यालयले शुक्रबार राष्ट्रपतिलाई बुझाएको ६३ औँ वार्षिक प्रतिवेदन अनुसार गाउँपालिकाको हालसम्मको अध्यावधिक...
सिमकोट गाउँपालिकामा ९ करोड भन्दा बढी बेरुजु