नेभिगेशन
अर्थ
पत्रकारिता

जय बहादुर रोकाया स्मृति पत्रकारिताबाट महतारा पुरस्कृत

हुम्ला । नेपाल पत्रकार महासंघ हुम्ला शाखाको ८ औँ साधारणसभाको अवसरमा पूर्व नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य तथा रेडियो कर्णाली आवाजका स्टेशन म्यानेजर,रेडियो श्रीनगरका संस्थापक अध्यक्ष नवराज महतारा पुरस्कृत हुनु भएको छ ।

पत्रकार महतारालाई जय बहादुर रोकाया स्मृति पत्रकारिता पुरस्कारबाट नगदसहित पुरस्कृत गरिएको हो । नगद रु दश हजार रुपैयाँ सहित प्रमाणपत्र प्रदान गरिएको थियो । महतारा काम विशेषले अदानचुलीको श्रीनगर भएर उपस्थित हुन नसक्दा रेडियो कर्णाली आवाजका लेखा प्रमुख सुरेश परियारले पुरस्कार बुज्नुभएको थियो ।

पत्रकार महताराले हुम्लाको पत्रकारिता क्षेत्रमा अमूल्य, उल्लेखनीय भूमिका खेल्दै जिल्लाका कुनाकान्द्राका समस्यालाई उठान गर्दै आएको हुनाले रोकाया स्मृति पत्रकारिता पुरस्कारबाट परस्कृत गरिएको हो । महतारा पछिल्लो समय राजिनितीकमा होमिनुभएको छ । केही महिना अगाडी नेकपा एमाले कर्णाली प्रदेशका प्रदेश कमिटी सदस्यमा निर्वाचीत हुनुभएको हो ।

यस्तै लामो समयदेखि पत्रकारी क्षेत्रमा काम गर्दै आएका राष्ट्रिय समाचार समिती ९रासस०का हरिबहादुर रावत र रेडियो पत्रकारिता र केही समय कान्तिपूर पत्रिकामा काम गर्नुभएका छपाल लामा दुई जनालाई सम्मान सहित रु दुई हजार नगद पुरस्कार प्रदान गरिएको महासंघ हुम्ला शाखाका सदस्य लक्ष कामीले बताउनुभयो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अर्थ
महाअष्टमीको अवसरमा हुम्लाका ६२ घरधुरीलाई खाद्यन्न वितरण (भिडियोसहित) 

महाअष्टमीको अवसरमा हुम्लाका ६२ घरधुरीलाई खाद्यन्न वितरण (भिडियोसहित) 

गएको फागुन महिनादेखि राम्रोसँग पानी नपरेका कारण खडेरीले भदौमा पाक्न् बाली नपाक्दा खाद्यन्न समस्या झेलिरहेका हुम्लाको अदानचुली १ कल्खेका ५२ घरधुरीलाई दशैको महाअष्टमीको अवसरमा चामल, तेल र सल...