नेभिगेशन
सिमकोट
सिमकोट गाउँपालिका

बरामद गरिएका औषधि सिमकोट गाउँपालिका द्धारा नष्ट


हुम्ला । सदरमुकाम सिमकोट बजारमा सञ्चालीत औषधि पसलहरुबाट बरामद गरिएका औषधि सिमकोट गाउँपालिकाले आज नष्ट गरेको छ । सदरमुकाममा सञ्चालीत औषधि पसलहरुले कालोबजारी गर्नुका साथै बिचौलीयाको हाबी भएको भन्ने जनगुनासो आएपछि बिहिबार गाउँपालिकाले अनुगमन गरेको थियो । 
सि.पि औषधि पसलमा डाक्टरको अनुमतिमा प्रयोग गरिने ट्रामाडोल (TRAMA) चार सय ट्याब्लेट औषधि भेटिएको थियो ।

यस्तै हेल्थ अस नेपाल(HealthUSNepal)  मेडिकल सेन्टर फार्मेसीमा पनि डाक्टरको अनुमतिमा प्रयोग गरिने फेनाइटोन चार सय दश, फोलोफाजेपाइम चार सय दश टाब्लेट बरामद गरिएको थियो । भने अनुगमनमा भेटिएका ती सबै औषधि विहिबार बराद गरेर आज शुक्रबार एक मुचुल्का उठाएर गाउँपालिकाले आफ्नो कार्यालय अगाडी नष्ट गरेको स्वास्थ्य संयोजक भण्डारीले जानकारी दिनुभयो । गाउँपालिका जनप्रतिनिधि,जिल्ला समन्वय समिती, जिल्ला प्रशासन, सञ्चारकर्मी, स्वास्थ्य कार्यालय र स्वास्थ्यकर्मीहरुको रोबहरमा जलाएर नष्ट गरिएको हो । 


ती मेडिकलमा मनपरी औषधि बेचेको, एक व्यक्तिको लाइसेन्समा अर्को व्यक्तिले मेडिकल खोलेर बसेको, औषधि र क्लिनिकको अनुमति नलिइ सञ्चालनमा भेटिएका थिए । 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप सिमकोट
सिमकोट गाउँपालिकाको आर्थिक वर्ष २०८२÷८३ को वार्षिक प्रगति समीक्षा कार्यक्रम सम्पन्न

सिमकोट गाउँपालिकाको आर्थिक वर्ष २०८२÷८३ को वार्षिक प्रगति समीक्षा कार्यक्रम सम्पन्न

सिमकोट गाउँपालिकाले आर्थिक वर्ष २०८२÷८३ मा सम्पादन गरेका विकास निर्माण, सेवा प्रवाह तथा विभिन्न क्षेत्रका उपलब्धिहरूको समीक्षा गर्दै वार्षिक प्रगति समीक्षा कार्यक्रम सम्पन्न गरेको छ । गाउँपालिकाका अध्यक्ष...
सिमकोट गाउँपालिका पूर्ण खोप दिगोपना सुनिश्चित घोषणा

सिमकोट गाउँपालिका पूर्ण खोप दिगोपना सुनिश्चित घोषणा

हुम्लाको सिमकोट गाउँपालिकालाई पूर्ण खोप दिगोपना सुनिश्चित गाउँपालिका घोषणा गरिएको छ । गाउँपालिकाका आठ वटै वडालाई पूर्ण खोप घोषणा गरिसकेपछि एक औपचारिक कार्यक्रमका बीच सिमकोट गाउँपालिकालाई पूर्ण खोप...
सिमकोट गाउँपालिकाद्वारा २० वटा सामुदायिक विद्यालयलाई कम्प्युटर वितरण

सिमकोट गाउँपालिकाद्वारा २० वटा सामुदायिक विद्यालयलाई कम्प्युटर वितरण

हुम्लाको सिमकोट गाउँपालिकाले शिक्षामा सूचना प्रविधिको पहुँच विस्तार गर्ने उद्देश्यले २० वटा सामुदायिक विद्यालयलाई कम्प्युटर वितरण गरेको छ। करिब ४५ लाख रुपैयाँ बराबरको लागतमा कम्प्युटर वितरण गरिएको गाउँपालिकाले...
सिमकोट गाउँपालिकाको  ९ करोड भन्दा बढी बेरुजु

सिमकोट गाउँपालिकाको ९ करोड भन्दा बढी बेरुजु

हुम्लाको सिमकोट गाउँपालिकाको बेरुजु रकम ९ करोडभन्दा बढी पुगेको तथ्य सार्वजनिक भएको छ । महालेखा परीक्षकको कार्यालयले शुक्रबार राष्ट्रपतिलाई बुझाएको ६३ औँ वार्षिक प्रतिवेदन अनुसार गाउँपालिकाको हालसम्मको अध्यावधिक...